काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी–पछ्यैरी’लगायतका चर्चित गीतका लोकप्रिय गायक आशिष सचिन (गौतम) को नयाँ गीत ‘पानी बादलु’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छन् । डान्सिङ शैलीमा तयार भएको गीतमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द तथा संगीत सृजना समावेश रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायक आशिषसँगै मोडल एलिशा शर्मा, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ ।

साथै भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय देख्न सकिन्छ । पछिल्लो समयका चर्चित निर्देशक गम्भीर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमको छायांकन रहेको छ ।

निर्देशक विष्टकै कोरियोग्राफी रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको गीतको छायांकन अर्जुन तिवारी र उनको टिमले गरेको हो ।

जसको मिक्सिगं श्यामश्वेत रसाइलीले गरेका हुन् । भिडियोलाई ओएसआर डिजिटलले तयार पारेको हो । कोरोना महामारीको समयमा पनि आफ्ना फ्यानलाई दशैँ विशेष कोशेलीका रुपमा ‘पानी बादलु’को भिडियो दिन पाउँदा खुशी लागेको गायक आशिष बताउँछन् ।

READ MORE NEWS

चर्चित बलिउड अभिनेता संजय दत्तले आफ्ना फ्यानहरुलाई दिए यस्तो खुःशीको खबर

काठमाडौं । चर्चित बलिउड अभिनेता संजय दत्तले आफूले क्यान्सरलाई जितेको बताएका छन् । बुधबार ट्विटरमार्फत् उनले क्यान्सरसँगको लडाईंमा आफू विजयी भएको जानकारी दिएका हुन् ।

पछिल्लो समय परिवारका लागि कठिन भए पनि आफूले रोगलाई हराएपछि सबै कुरा ठीक हुँदै आएकोसमेत उनले उल्लेख गरेका छन् । ६१ वर्षिय अभिनेताले लेखेका छन, ‘पछिल्लो केही हप्ता मेरो परिवार र मेरो लागि निकै कठिन समय थियो । तर, भनिन्छ नि भगवानले आफ्नो बलियो योद्धालाई निकै गाह्रो लडाईं दिन्छ ।

आज म मेरा छोराछोरीको जन्मदिनको अवसरमा यो लडाईंबाट विजयी भएको छु । र, उनीहरुलाई उपहार दिन सफल भएको छु ।’ उनले यो लडाँईमा साथ दिने परिवार, साथीहरु र सबै फ्यानहरुप्रति आभार प्रकट गरेका छन् ।

READ MORE N EWS

तपाइपनि जित्ने हैन त सुन्दरीको ताज, आजैदेखि आवेदन खुल्यो

काठमाडौं । सामान्यतयाः सुन्दरी प्रतियोगिता अविवाहित महिलाको हुने गर्दछ । तर अब विवाहित महिलाको सौन्दर्य निखार्दै उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले सौन्दर्य प्रतियोगिता सुरु हुने भएको छ । ई–प्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को तयारी सुरु भएको जनाएको छ ।

आयोजनक ई–प्लानेट प्रालिले बुधबार विज्ञाप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जानकारी दिएको हो । ग्रिन आर्टस् नेपालको संयोजन रहने प्रतियोगितामा यो वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त व्यक्तिबाट आन्तरिक छनोटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स–२०१९’ अनिला श्रेष्ठलगायत विभिन्न व्यक्तिबाट प्रशिक्षण प्रदान गरिने जनाइएको छ। २१ देखि ५५ वर्ष उमेरबीचका विवाहित नेपाली महिलाले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताको शीर्ष उपाधि विजेताले विभिन्न उपहारका साथै सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्छन । यसअघि अनिला श्रेष्ठ, मनीषा डंगोल, पद्मिनी झा, रजनी थापा र मीना घिमिरेले ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गरेका छन् ।


Your Views
Related News