काठमाडौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी र प्रहरीको छविमा आमूल परिवर्तन आउने भएकोले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित १(१८)औं समूह (पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स ११औं समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निर बहादुर बानियाँ, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दीक्षित भई कार्यक्षेत्रमा खटिन जाने प्रहरी कर्मचारी अब नाम वा व्यक्ति मात्र नभई संस्था एवम् सार्वजनिक व्यक्तित्व भएको उल्लेख गर्दै संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गर्नुभयो । आम नागरिकले प्रहरीमा राष्ट्र देख्छ, त्यसकारण निसहाय नागरिक प्रहरी समक्ष न्याय र सहयोगको निम्ति आएमा प्रहरीको व्यवहार दुरुस्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

कहिलेकाँही चुनौती अवसरको रुपमा पनि आउने र ती चुनौती तथा समस्याको समाधानका प्रयासले दीक्षित हुने प्रशिक्षार्थीहरुको आगामी दिन निर्धारण गर्ने बताउँदै उहाँले असल, जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जन उत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न समेत दीक्षित हुने प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा।हरि प्रसाद अधिकारीले प्रहरीलाई थप दक्ष एवम् सक्षम बनाउनका लागि समयानुकूल पाठ्यक्रम अबलम्बन गर्नुपर्ने बताउनुभयो ।

उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा अपराध अनुसन्धान विद्यालयका निमित्त प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द राज आचार्यले तालिम सम्बन्धि प्रतिवेदन तथा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । २०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ८ महिला सहित कुल १ सय ८ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगितीक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दिक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।

दीक्षान्त समारोहमा पिजीडिपिएस कार्यक्रम सल्लाहकार प्रा।डा। राजिव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

READ MORE NEWS

 

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडीकल कलेजमा आज दिउँसो ४ः३० बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमानै बसेर उपचार गराई रहेको अवस्थामा आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।


Your Views
Related News