भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुर बनेपा खण्डको एक मात्र वैकल्पिक सडकका रुपमा रहेको च्याम्हासिंह–ताथली–नाला सडक जीर्ण हुँदा यस सडक भएर यात्रा गर्ने यात्रु र स्थानीयले सास्ती भोग्नु परेको छ। सडकमा जताततै खाल्डाखुल्डी परेको र सडक मर्मत गर्ने ठेकेदारले जथाभावी निर्माण सामग्री थुपारेका कारण पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको हो।यो सडक खाल्डाखुल्डी परेर जीर्ण बनेपछि डिभिजन सडक कार्यालयले हाल मर्मत कार्य गरिरहेको छ। ब्राइट तेज स्लेट जेभीले यो सडकको सुधार मर्मतको ठेक्का पाएको छ। निर्माण कम्पनीले सडक मर्मतका क्रममा भएको कालोपत्रेसमेत डोजरले कोतरेर निकालेपछि सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ।‘सडक बनाउन भन्दै ठेकेदारले भएको कालोपत्रे बिगार्दा केही पनि नदेखिने गरी धुलो उड्छ, घरबाट सफा लुगामा गएका व्यक्ति च्याम्हासिंह पुग्दा धुलाम्य भइसक्छ,’ ताथली ल्होपाँका स्थानीय कान्छा प्रजापतिले भने।सडक निर्माणका लागि भन्दै निर्माण कम्पनीले सडकको ठाउँठाउँमा रिटेनिङ पर्खाल लगाएको छ, सडक खण्डका विभिन्न भागहरुको कालोपत्रे उप्काएर थुपारेको छ, सडकमै ठेकेदारले गिटी, बालुवा, ढुंगाको चिप्स थुपारेको छ। ‘सडक बनाउन भन्दै यसरी मनलाग्दी तरिकाले काम गर्दा बसी नसक्नु गरी धुलो उड्छ, सासै फेर्न गाह्रो हुन्छ,’ प्रजापतिले भने।
दैनिक दुई मेयरको ओहोरदोहोर
यो सडक भएर चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा कार्यालय आउँदा जाँदा दैनिक ओहोरदोहोर गर्ने गर्छन्। तर पनि यो सडकको स्तरोन्नति र मर्मत छिटो सक्न चासो नदिएको स्थानीयको आरोप छ।‘यही बाटो भएर दैनिक दुई जना मेयर हिँड्नुहुन्छ, उहाँहरूलाई यहाँको दुःख थाहा नभएको हैन, यसो काम के भइरहेको छ भनी सोधीखोजी गरे ठेकेदारले काम छिट्टै गर्थ्यो,’ स्थानीय बल मानन्धरले भने।यो सडक तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१५ सालमा शिलान्यास गरेका थियो। निर्माण पाँच दशकसम्म कच्ची बाटोको रुपमा रहेको यो सडकलाई ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना क्षेत्र विकास योजना भक्तपुरले एसियाली विकास बैंक, ओएफआइडी, ओपेक र नेपाल सरकारको संयुक्त लगानीमा पुनर्निर्माण गरेको थियो ।करिब ५ किमि ८०० मिटरको यो सडक सन् २०१२ मा रु. ६ करोड ३७ लाख ९४ हजार चार सय ९१ मा दातृ निकायको सहयोगबाट निर्माण सकिएको थियो।स्तरोन्नति पूर्व करिब ११ फिट चौडाइ रहेको कच्ची सडकलाई साढे पाँच मिटर चौडाइमा विस्तार गरी कालोपत्रे गरिएको थियो। नालीसहित २२ फिट चौडाइको यो सडक निर्माण सकिएको तीन महिनामा नै कालोपत्रे उप्किन थालेपछि विवादसमेत भएको थियो। भक्तपुरको च्याम्हासिंहबाट ताथली हुँदै नाला पुग्ने सडकका अधिकांश खण्ड जीर्ण भएपछि डिभिजन सडककले वर्षेनी खाल्डाखुल्डी टाल्ने काम गर्दै आएको थियो।
सडकबारे व्यापक गुनासो
चाँगुनारायण नगरपालिकाका नगरप्रमुख मिश्रले सडकबारेमा व्यापक गुनासो आउने गरेको स्वीकारे। उनले ठाउँठाउँमा सडक बिग्रिँदा आवतजावतमा समस्या भएको विषयमा आफूलाई थाहा भएको र जनताको समस्या समाधानका लागि पहल गरिरहेको बताए।सडक डिभिजन कार्यालयका इञ्जिनियर आश्मा न्यौपाने उक्त सडकको स्तरोन्नतिको काम भइरहेको बताउँछिन्। उनले बिग्रेको भाग कोतर्ने, ठाउँठाउँमा टालटुल गरी नयाँ सर्फेस(पीच) गर्ने, आवश्यक ठाउँमा ढलान गर्ने काम हुने जानकारी दिइन्।ठेकेदारमार्फत् काम भइरहेको उक्त सडकको स्तरोन्नतिका लागि रु. ५ करोड गत वर्ष नै विनियोजन भएको उनको भनाइ छ। उनले गत वर्षको चैतबाट सरकारले लागू गरेको लकडाउनको कारण काममा ढिलाइ भइरहेको बताइन्। ‘ठेकेदारले गत असारमै सबै काम सकाउनु पर्ने थियो, तर परिस्थिति सहज नहुँदा तोकिएको समयमा काम हुन सकेन, तर अहिले काम अघि बढेको छ,’ उनले भनिन्।उनले सडक विस्तारअन्तर्गत नाली बनाइएको, फराकिलो बनाइएको बताउँदै ठेकेदारले आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र काम सकाउनुपर्ने जानकारी दिईन। यता सब इञ्जिनियर राकेश श्रेष्ठले आगामी पुससम्मका बजेट अनुसारको काम सम्पन्न हुने बताए।
READ MORE NEWS
ऋषिङमा खानेपानी समस्या समाधान
काठाडौं। तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा खानेपानीको समस्या हटेको छ।विगत दुई महिनादेखि एक सय १४० मेगावट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मुख्य प्रभावित क्षेत्रको रूपमा रहेको झापुटार र बेलटारका बासिन्दाले खानेपानीको अभावमा चर्को समस्या भोग्दै आएका थिए।तनहुँ जलविद्युत् आयोजनाको सक्रियतामा अवरुद्ध हुँदै आएको खानेपानी सञ्चालनमा आएको हो।तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माणको क्रममा पाइपमा क्षति पुगेपछि खानेपानीको समस्या झेल्दै आएका झापुटारवासी मङ्गलबारदेखि भने खुशी भएका छन्। लामो समयपछि धारामा पानी आउँदा खुशी लागेको स्थानीय कालीमाया थापाले बताइन्।“करिब ‘एक-डेढ घण्टा लगाएर पाटन, बन्चरेलगायत स्थानमा पुगेर पानी लिन जानु पर्ने बाध्यता थियो”, उनले भनिन्, “दशैँमा पानीको जोहो गर्न गाह्रो हुन्छ कि भन्ने लागेको थियो, तर धारामा पानी आएसँगै खुशी लागेको छ।”आयोजनाले अवरुद्ध बनेको खानेपानी सञ्चालन गरिदिएपछि स्थानीयवासीमा खुशीको सीमा रहेको छैन। विगत लामो समयदेखि धारामा पानी नआउँदा यसपालिको दशैँमा पानी बोकेरै जाने भयो भन्ने सोचेकी थिएँ तर धारामा पानी आएपछि त्यो चिन्ता हटेको अर्का स्थानीय रेखा सिञ्जाली मगरले बताइन्। झापुटारमा निर्माणाधीन आयोजनाले सुरुङ निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी अवरुद्ध भएको थियो। यसबाट करिब ५०० घरधुरीले खानेपानीको समस्या भोग्दै आएका थिए।“बस्तीदेखि करिब दुई किलोमिटर दूरीमा पर्ने मुर्कुलुङ खानीडाँडाबाट ल्याइएको पानीको करिब २०० मिटर पाइपमा क्षति हुँदा स्थानीयवासीले खानेपानीको समस्या भोग्नुपरेको जीविकोपार्जन विज्ञ दीपेन्द्र शाहीले बताए।“खानेपानीको समस्या भएपछि आयोजनाले स्थानीयवासीलाई ट्याङ्करको माध्यमबाट पानी वितरण गरे पनि पर्याप्त मात्रामा पुर्याउन सकेका थिएनौँ”, उनले भने, “निरन्तर प्रयासका कारण दशैँअगावै प्रभावित क्षेत्रका झापुटार र बेलटारवासीको खानेपानी समस्या समाधान गर्न सफल भएका छौं।”आयोजनालाई पटक–पटक स्थानीयवासीले खानेपानी समस्याका बारेमा दबाब दिएपछि धारामा पानी आएको बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले बताए। “हामीले आयोजनासमक्ष धेरै माग राखेका छौं”, उनले भने, “हाम्रा माग क्रमशः पूरा नभए आन्दोलन गर्न पछि हट्ने छैनौँ।”आयोजना प्रभावित क्षेत्रका बासिन्दाले राखेका माग जायज रहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाको बताए। एकै चोटी धेरै माग राखेको हुँदा प्राथामिकताको आधारमा पूरा गर्दै जाने उनले बताए।
सिद्धार्थ बैंकको दशैं धमाका
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले चाडपर्वको अवसर पारी ग्राहक महानुभावहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफवानसफ्ट सँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्घार्थ बैंक स्र्माटमार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहक महानुभावहरुले बैंक स्मार्ट मार्फत कारोबार गर्दा निम्न क्यास ब्याक पाउन सक्नुहुनेछ ।
१. सिद्घार्थ बैंक स्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअप ।
– कार्तिक ६ देखि मंसिर ५ गते सम्म प्हिलो पटक बैंक स्मार्ट एपक्रियाशील गर्दा रु ५० को मोबाइल टपअप ।
२. डिजिटल दक्षिणा ।
– कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरणमा दक्षिणा लेखि तीन पटक रकम न्यूनतम रु १०० ट्रान्सफर गर्दा रु ३०० क्यास ब्याक ।
३. पहिलो र थप तीन कारोबारमा क्यास ब्याक ।
– कार्तिक ६ देखि मंसिर ५ गते सम्म कारोबारको विवरणमा माई फस्ट लेखि पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २०५ अधिकतम रु १०० क्यास ब्याक ।
– थप तीन कारोबार गर्दा रु ३०० क्यास ब्याक ।
– यस क्यास ब्याक पाउन रु ५०० वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्ने ।
यसै गरीे कार्तिक ६ देखि मंसिर ५ गते सम्म कम्तीमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफवान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहक महानुभावहरुलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ । यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अभैm प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यास ब्याक योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।