काठमाडौं । अहिलेको समयमा डेटिङ जाने कुरा समान्यजस्तै भएको छ । प्रेमी र प्रेमिकाको लागि डेटिङ एक सुनौलो अवसर पनि हुन्छ । तर चीनमा डेटिङ जाँदा जे भयो त्यसले सबैलाई चकित पारेको छ । यहाँ डेटिङ गएका एक युवक बीचमा भाग्नु परेको छ ।

प्रेमिका आफ्ना २३ साथी र आफन्तहरूसँगै रेष्टुरेन्टमा पुगेकी थिइन् । धेरैजना साथिहरु मिलेर ती युवकको पैसा सखाप पार्ने योजना थियो । नभन्दै रेष्टुरेन्टको बिल देखेपछि त्यहाँबाट ती युवा टाप कसेका हुन् ।

वास्तवमा, चीनको झेजियाङ्ग प्रान्तमा सुरुमा सामाजिक सञ्जालमार्फत चीनजान भएको एक जोडिको मित्रता फोनसम्म पुगेको थियो । त्यसरी एक–अर्काको नजिक आएका उनीहरुलाई भेट गर्न मन लाग्यो । यसको लागि उनीहरुले एउटा रेस्टुरेन्ट छनौट गरेर पहिलोपटक रमाइलो तरिकाले भेटघाट गर्ने योजना निर्माण गरेका थिए ।

उक्त युवक तोकिएको समयमा नै रेस्टुरेन्ट पुग्यो र आफ्नी प्रेमिकालाई भेट्न तयारी गर्न थाल्यो । तर रोचक कुरा के भयो भने ति युवती भनेको समयमा त्यहाँ जुन तरिकाले आईन् त्यसले सबैलाई चकित बनाएको छ । उनी केटालाई भेट्न आफ्ना २३ जना साथी र आफन्तहरूलाई पनि सँगै लिएर आएकी थिइन् ।

सुरुमा सबै कुरा ठीक थियो । उनीहरू एक अर्कालाई भेटेर सँगै खाना खाए । यस पछि, जब उक्त रेस्टुराँले ति युवकलाई बिल थमायो, तब बिल देखेर हैरान भएका प्रेमी त्यहाँबाट कुलेलाम ठोकेर भाग्न सफल भएका हुन् ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार ति युवकले ३ लाख ५१ हजार रुपैयाँ भन्दा धेरैको बिल तिर्नुपर्ने थियो । यत्रो रकम देखेपछि होसमा नभएका उनले त्यहाँबाट भाग्नु उत्तम मानेको बुझ्न सकिन्छ ।

यस विषयमा युवतीले दिएको बयान अझ रोचक आएको छ । उनले आफ्ना नयाँ प्रेमी कतिसम्म उदार स्वभावका छन् भनेर परीक्षण गर्नका लागि साथमा २३ जना साथी र आफन्तहरू ल्याएर डेटिङमा आएको बयान दिएकी छिन् ।

युवक भागेपछि उक्त केटीले ३ लाख रूपैयाँभन्दा बढीको बिल तिर्नुपरेको थियो । तर ती केटीले युवकको विरुद्ध प्रहरीमा उजुरी दर्ता गरिन् । युवतीले उजुरी दिएपछि उनले २ वटा टेबुलको मात्र बिल तिर्न तयार भएको समाचारमा बताइएको छ ।

READ MORE NEWS

दशैँको मुखमा चार स्थानमा भीषण आगलागी

काठमाडौ । बारा, जितपुर सिमरा उपमहानगरपालिका–१ सिमरास्थित कविराज सिग्देलको इलोक्ट्रोनिक मेसनरी पसलमा मंगलबार राति आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी बारा, निजगढ नगरपालिका–६ योजना टोल बस्ने भिम प्रसाद तिमिल्सिना गाई गोठ र भान्सा घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा ३ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दाङ, बबई गाउँपालिका–२ भरतपुर बस्ने ४० वर्षीय खिम बहादुर कुवरको घरमा चुलोमा बालेको आगोबाट मंगलबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी बारा माहागढीमाई नगरपालिका–६ पत्रहटी टोल बस्ने महेश सहनीको गाई गोठमा मंगलबार राति आगलागी हुँदा नगद १ लाख रुपैयाँ लगायत अन्य सामानहरु जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Your Views
Related News