महोत्तरी । महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका–७ झिंगास्थान बस्ने सुरेन्द्र सहनीको १४ वर्षीय छोरा राजु सहनीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्युतीय प्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । बजारमा पाइनी विद्युती प्लग अत्यन्तै जोखिमका छन् ।

कमसल मुल्यका प्लग बेचिरहेका छन् । उक्त प्लगपनि बाहिरसम्म करेन्ट प्रवाह हुने खालको भेटिएको छ । प्लगबाट करेन्ट बाहिर प्रवाहहुँदा चार्जर जोड्ने क्रममा उनलाई करेन्ट लाग्यो । पैतालामा केही लगाएका थिएनन् । करेन्ट अर्थिङ सहितको भएकाले उनलाई क्षति भयो ।

यदि खुट्टामा चप्पल वा केही लगाएका थिए भने यस्तो हुने थिएन । सबैले जान्नुपर्ने के छ भने सिंगल प्लस (पोजेटिभ) करेन्ट शरीरमा प्रवाह भयो र शरीर अरु कुरामा छोइएको छ भने त्यहाँ माइनस (नेगेटिभ) को काम गर्छ । प्लस, माइनस नै टच भएको खण्डमा करेन्टले ठूलो क्षति गर्छ ।

तर पोजेटिभ मात्र करेन्ट प्रवाह भयो नेगेटिभ प्राप्त गर्ने स्रोत कहि भटेन भने त्यती ठूलो क्षति नहुन सक्छ । यसैले विद्युतीय सामान करेन्टमा जोड्नु भन्दा पहिले आफ्नो शरीर अरु भागमा छोएको छ की छैन ख्याल गर्नुहोला ।

यस्तो अवस्थामा खुट्टामा चप्पल वा त्यस्तै केही लगाउँने र सिधा उभिएर जोड्न सक्नुहुन्छ । चप्पल लगायतका बस्तुले करेन्ट प्रवाहलाई रोक्छ ।

READ MORE NEWS

युवा-युवती मृत अवस्थामा फेला

काठमाडौ । अर्घाखाँची, सन्धिखर्क नगरपालिका–११ थुल्कीमा सोही ठाउँ धारापानी बस्ने २० वर्षीय पारस नेपाली मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ओखलढुङगा, सिद्धिचरण नगरपालिका–५ खोलाघरस्थित ठोट्ने खोला हाईड्रोपावरको पानी जम्मा गरेको पोखरीबाट पाईपमा लगेको कुलोको पानीमा सोही ठाउँ बस्ने ३२ वर्षीया सुस्मा राई मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

READ MORE NEWS

आम नागिरकलाई प्रहरीले गर्ने व्यवहार दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्छ : आइजीपी

काठमाडौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी र प्रहरीको छविमा आमूल परिवर्तन आउने भएकोले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित १(१८)औं समूह (पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स ११औं समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निर बहादुर बानियाँ, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दीक्षित भई कार्यक्षेत्रमा खटिन जाने प्रहरी कर्मचारी अब नाम वा व्यक्ति मात्र नभई संस्था एवम् सार्वजनिक व्यक्तित्व भएको उल्लेख गर्दै संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गर्नुभयो । आम नागरिकले प्रहरीमा राष्ट्र देख्छ, त्यसकारण निसहाय नागरिक प्रहरी समक्ष न्याय र सहयोगको निम्ति आएमा प्रहरीको व्यवहार दुरुस्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कहिलेकाँही चुनौती अवसरको रुपमा पनि आउने र ती चुनौती तथा समस्याको समाधानका प्रयासले दीक्षित हुने प्रशिक्षार्थीहरुको आगामी दिन निर्धारण गर्ने बताउँदै उहाँले असल, जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जन उत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न समेत दीक्षित हुने प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा।हरि प्रसाद अधिकारीले प्रहरीलाई थप दक्ष एवम् सक्षम बनाउनका लागि समयानुकूल पाठ्यक्रम अबलम्बन गर्नुपर्ने बताउनुभयो ।

उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा अपराध अनुसन्धान विद्यालयका निमित्त प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द राज आचार्यले तालिम सम्बन्धि प्रतिवेदन तथा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । २०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ८ महिला सहित कुल १ सय ८ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगितीक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दिक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।

दीक्षान्त समारोहमा पिजीडिपिएस कार्यक्रम सल्लाहकार प्रा।डा। राजिव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।


Your Views
Related News