६ कार्तिक काठमाडौं । बुधबार प्याजको मूल्य औसतमा मंगलबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ।कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य मंगलबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ।प्याजको मूल्य आकाशिएसँगै उपभोक्ता मारमा परेका छन् । उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने बाध्यता रहेको छ ।मंगलबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी औसतमा १ सय १८ रुपैयाँ रहेको थियो।
READ MORE NEWS
‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ पुस्तक प्रकाशनार्थ दावा शेर्पाको आर्थिक सहयोग

काठमाडौं । बौद्धधर्म गुरु एवं आचार्य दावा साङ्बो योल्मोपाले भगवान बुुद्ध, बौद्धदर्शन र नेपालको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने अभियानका साथ ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पवित्र ग्रन्थ प्रकाशन गर्ने भएका छन् ।संखुवासभाको पावाखोला–७ निवासी तेन्जीज शेर्पा र पासा शेर्पाकी सुपुत्री समेत रहेकी दावाले तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व महासचिव स्व. अमर तामाङको असामहिक निधनप्रति प्रार्थनासहित श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । समाजसेवी समेत रहेकी दावाले ग्रन्थ प्रकाशन तथा व्यवस्थापन समितिलाई १० हजार ५५ अमेरिकी डलर सहयोग गरेकी छिन् ।दावाले गरेको सहयोगप्रति समितिले धन्यवाद व्यक्त गरेको छ । ‘यस प्रकारको महान अभियानका निम्ति विशेष आर्थिक सहयोग प्रदान गर्नुभएकोमा श्रीमती दावा शेर्पाज्यूको सु–स्वास्थ्य, दीर्घायु, सुख–शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति तथा समुन्नतिको कामना सहित हार्दिक धन्यवाद ज्ञापन प्रकट गर्दछौं ।’ ग्रन्थ प्रकाशन तथा व्यवस्थापन समितिले भनेको छ ।
सामलिङ पावर कम्पनीले १२ करोड ३० लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने