कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पु(याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिलसमेत अध्ययन हुँदै गरेको बताए ।प्रहरी प्रवक्ता एसएसपी कडायतले भने, ‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ ।’ उनले पहिले अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुंगिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन् । १० साउन २०७५ मा पन्तको घरनजिकै उखुबारीमा बलात्कार पछि हत्या गरिएको थियो । प्रहरीले उनको शवलाई ११ गते बिहान नियन्त्रणमा लिएको थियो ।

READ MORE NEWS

बेथानचोक-५ च्यासिंखर्कको आग्रह, ‘यो वर्षको दशैं, जहाँ छौ त्यहि मनाऔॅं’

काभ्रे । बेथानचोक गाउॅंपालिका-५ वडा कार्यालय च्यासिंखर्कले परिवारमा सिमित रहेर चाडपर्व मनाउन आग्रह गरेका छन । कार्तिक ५ गते वडा कार्यालयले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।वडा अध्यक्ष खजेन्ची बहादुर लामाले भिडभाड नगरी आ-आफ्नै घरमा बसेर दशै तिहार र छठ पर्ब मनाउॅंन आग्रह गर्नु भयो । चाडपर्वहरु हरेक वर्ष आइरहने हुँदा यो वर्षको चाडलाई कोरोना महामारीका कारण आवतजावत नगर्ने भनेर आफ्ना आफन्तजन, इष्टमित्र, छरछिमेकलाई अवगत गराउनु जरुरी छ । अध्यक्ष लामाले भन्नु भयो -“कोरोना भाइरसको जोखिम रहेकोले यो वर्ष चाडपर्वलाई परिवारका सदस्यहरु बीच मात्रै सीमित राख्दा बुद्धिमत्तापुर्ण हुनेछ । तपाई हाम्रो व्यक्तिगत सावधानीले नै कोरोना भाइरसको यो त्रासदीपुर्ण महामारीबाट जोगिन सकिने हुँदा सबैले जिम्मेवारीपुर्वक आफ्नो आचरण र व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ ।”

यस्तो छ च्यासिंखर्क बासीलाई वडा कार्यालयको आग्रह
‘विगतको बर्षहरुमा जस्तै आफन्तकोमा जाने, खेलकुद कार्यक्रम गर्ने, जुवातास खेल्ने, जाडरक्सी खाने, होहल्ला गर्ने, भीडभाड गर्ने, नाचगान गर्ने, घरघरमा टिका टालो गर्दै हिड्ने, र पिङ हाल्ने काम नगर्नु नगराउनु हुन सबैमा सूचित गरिन्छ । साथै बाहिर जिल्लाबाट आउने गाउॅंबासीहरु आ-आफ्नो घरमा सुरक्षित बस्नु होला ।कोरोना संक्रमण जोखिम न्यूनिकरण गर्न सहजिकरण गरिदिनु हुन सबै राजनैतिक दलहरु, स्वास्थ्य चौॅंकी, प्रहरी चौॅंकी, विद्यालय परिवार, बिभिन्न संघ/संस्था, संचार माध्यम,क्लबहरु, स्थानिय स्वास्थ्यकर्मीहरु लगायत सबै गाउॅंबासीमा हार्दिक अपिल गरिन्छ ।’

५ हजारभन्दा बढीको स्वाब लिएका संक्रमित विद्यार्थीको अनुभव : कार्यक्षेत्रमा फर्किन आतुर छु

कोरोना भाइरसको महामारीसँगै लकडाउन घोषणा हुनुअघि सबैजसो क्याम्पसहरु नियमित रुपमा चलिरहेकै थिए । हामी पढ्ने केन्द्रीय प्रविधि क्याम्पस (हात्तिसार धरान) मा पनि नियमित रुपमा कक्षा सञ्चालन भइरहेकै थियो । अध्ययन अध्यापनमात्रै नभएर क्याम्पसमा विद्यार्थीहरुका राजनीति गतिविधि समेत नियमित थिए । तर माइक्रोबायालोजी पढ्ने हाम्रो दिनचर्या फरक थियो ।अध्ययनको समयभन्दा बाहेक माइक्रोबायोलोजी समूहका विद्यार्थीको टिमले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार धरान उपमहानगरपालिकाभरी जनचेतनामूलक कार्यक्रम सञ्चालन  गरिरहेका थियौं । सेनिटाइजरको हाहाकार मच्चिरहेको बेला हामीले घरमा नै हेन्ड सेनिटाइजर समेत बनाउने तालिम दिँदै थियौँ  ।कोभिड १९ ले नेपालमा मे–१६ मा पहिलो पटक एकजना व्यक्तिको ज्यान गएको खबरले हामी सबैमा बेग्लै किसिमको त्रास सिर्जना भएको थियो । लकडाउनको अन्त्य कहिले हुने भन्ने अलमलमा परेका बेला यो बीचमा धरानमा अलपत्र विद्यार्थी साथीहरुलाई आफ्नो घर जाने बन्दोवस्तको सहजीकरण पनि हुँदै थियो । तर हामी घर गएका थिएनौं ।नेपालमा लकडाउन अलिक खुकुलो हुँदै गर्दा धरानमा पनि कोरोनाको संक्रमण देखा पर्न थाल्यो । एक दिन बेलुका माइक्रोबायालोजी विभागको विभागीय प्रमुख धिरेन (लिम्बु) सरको कल आयो–‘हामीलाई नगरपालिकाले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्नका लागि पत्र पठाएको छ, तिमीहरुको टीम तयारीमा जुट ।’ म अलमलमा परेँ, के गर्ने ? कसो गर्ने ? म होस्टलमा बस्ने भएकोले क्याम्पस प्रशासनलाई यस विषयमा जानकारी गराएँ ।  प्रशासनका तर्फबाट हेमन्त सरले हामीलाई सल्लाह दिँदै खुब प्रोत्साहन गर्नुभयो । हामी माइक्रोबायोलोजीका विद्यार्थीहरुलाई जनाताको डर भन्दा पनि सेवा गर्ने मौका हो भन्ने लाग्यो । मनमा डर र कर्तव्यबोधको आभास एकैचोटी भइरहेको थियो  ।अनुहारमा त्यो डरको भाव नदेखाउने प्रयत्नसहित झ्यालबाट नियाल्दै थिएँ । एक्कासी हस्पिटलको गेटमा पुगे पछि झस्किएँ । कोभिड हस्पिटल नजिकै हाम्रो गाडी रोकिएपछि श्वास फुलेर आयो । हात्तीसार क्याम्पसमा हामीसँगै पढ्ने साथीहरु आकृति (गुरुङ), मिसा (शाक्य) र मोजेस (चौधरी) लाई हेरेँ, उनीहरुको अनुहारमा डर स्पष्ट देखिन्थ्यो । डर लुकाउने मेरो प्रयास पनि अब भने विफल भइसकेको थियो ।भोलिपल्ट बिहान नगरपालिकाबाट स्वास्थ्य महाशाखा प्रमुख उमेश (मेहता) सरले फोन गर्नुभयो । उहाँसँगै हामी नगरपालिकाको गाडीमा चडेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतिर लाग्यौं । मनमा धेरै प्रश्नहरु उब्जिए । अखबार, रेडियो  टेलिभिजनका खबरले हामीलाई त्रसित बनाइरहेको थियो । लाखौँ मानिस दिनहुँ संक्रमित भएका र मृत्युका खबरहरु सामान्य बन्न थालेको बेला आफु पनि संक्रमित भइने त होइन भन्ने डर थियो । अनुहारमा त्यो डरको भाव नदेखाउने प्रयत्नसहित झ्यालबाट नियाल्दै थिएँ । एक्कासी हस्पिटलको गेटमा पुगे पछि झस्किएँ । कोभिड हस्पिटल नजिकै हाम्रो गाडी रोकिएपछि श्वास फुलेर आयो । हात्तीसार क्याम्पसमा हामीसँगै पढ्ने साथीहरु आकृति (गुरुङ), मिसा (शाक्य) र मोजेस (चौधरी) लाई हेरेँ, उनीहरुको अनुहारमा डर स्पष्ट देखिन्थ्यो । डर लुकाउने मेरो प्रयास पनि अब भने विफल भइसकेको थियो ।हामीले अध्ययन त धेरै गरेका थियौँ । तर, कोरोना शंकास्पद व्यक्तिहरुको स्वाब लिनुपर्ने थियो । त्यसमाथि स्वाब संकलन टिमको संयोजकको जिम्मेवारी भएकोले आफुलाई निडर र शान्त  देखाउनु थियो । हामीलाई जनताको सेवा गर्ने यो भन्दा ठूलो अवसर आजसम्म मिलेको थिएन । यो अवसर गुमाउने पक्षमा हामी थिएनौँ । त्यसैले मनोबल निकै दह्रो बनाएर काम गर्ने निश्चय गर्यौं ।कोभिड अस्पतालमा स्वाब संकलन गर्नेको भिड देखेर हाम्रो टिम अन्यौलको स्थितिमा थियो । के गर्ने ? के नगर्ने पत्तै भएन ? निकै गहिरो सोचमा म हराउन थालेँ तर स्वाब संकलन गर्नेको चाप देखेर हामीलाई जनशक्ति कम भएको महशुस भयो । हामी ३ जनाले यति धेरै मानिसको चाप थेग्न सक्ने अवस्था पनि थिएन । पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथी सहयोगीको रुपमा आउनुभयो ।हामीले पहिलोपटक पीपीई लगाउँदा शरीर निकै काँपेको थियो । त्यसदिन निकै गर्मी थियो । पीपीई लगाएपछि त सोचेको भन्दा निकै धेरै गर्मी हुने रहेछ । सास फेर्न पनि निकै कठिन । स्वाब लिँदै गर्दा बेलाबेलामा लामो लामो श्वास लिने गर्थेँ । एकछिन सहज महशुस हुन्थ्यो । केहीछिनमा फेरि गाह्रो भइहाल्ने । आँखामा बाफ जमेर केही देखिँदैन्थ्यो । अन्दाजको भरमा पनि कतिको स्वाब लियौँ । प्रचण्ड गर्मीको ढाडसमा पीपीई लगाएर निरन्तर ५ घण्टासम्म स्वाब लिँदा हाम्रो शरिरमा पानीको मात्रा निकै कमी भएछ । विशेषगरी मलाई रिङ्गटा लाग्न थाल्यो । मैले निष्पट अँध्यारो मात्र देखेँ । एकजना साथीले मलाई कुर्सीमा राख्नुभएछ । बिस्तारै पीपीई खोल्न थालेँ । जब पीपीई  खोलेँ, मैले हतार हतार लामो लामो श्वास लिएँ । त्यो हावाको मिठासको पनि बेग्लै आनन्द थियो । पहिलो दिन नै हामीले २९२ जनाको स्वाब सङ्कलन गरेका थियौं ।दोस्रो दिन हामी एन्फा क्वारेन्टाइन स्वाब संकलन गर्न गयौँ । त्यहाँ पुग्दा पूर्वतयारी भएको थिएन, धेरै मानिसहरु ४ देखि ५ घण्टासम्म कुर्नु भएको रहेछ । हामीलाई थाहा थिएन, तर जब हामी पीपीई लगाएर स्पट तिर गयौँ । तातो घाममा उभिएका कोरोना परीक्षण गर्न आउनुभएका सबै जनाले हामीलाई ताली बजाएर स्वागत गर्नुभयो ।हामी धेरै नै खुसी भयौँ । हामीप्रतिको माया र सम्मान देखेर झन् उर्जा मिल्यो । काम गर्नलाई अझ प्रेरित गर्यो । यस्तै गरि काम गर्दै जाँदा कोरोना संक्रमितको चाप बढेकोले  हाम्रो टिम अझ ठूलो र मजबुत बनाउनुपर्ने भयो । नगरपालिकाले आफ्नो स्टाफ लुना  म्याम र चन्द्रकला  म्यामलाई पठायो । हाम्रो टिमबाट मिसा  र साहिलहरु सहितको एकमुष्ट टिम बनाएर काम गर्न थालेको झन्डै ३ महिना भइसक्यो ।हामीले आज सम्म ५००० भन्दा माथिको स्वाब सङ्कलन गरिसकेका छौँ ।  १७०० भन्दा माथि पोजेटिभ भएका छन् । अहिले पनि धरान उपमहानगरपालिका भित्रका सबै शंकास्पद  र लक्षण देखेकाहरुको हामीले नै स्वाब संकलन गरिरहेका छौं । यो हाम्रो लागि एउटा चुनौती र जोखिमपूर्ण काम थियो । तर यो जोखिमलाई हमीले जिम्मेवारीका रुपमा ग्रहण गयौं । हामीलाई धेरै कुराको अनुभव बटुल्ने अवसर पनि भएको छ ।कोरोना विरुद्धको अभियानमा काम गर्दै गर्दा हामीलाई हौसला दिनका धरानका उपमेयर  मञ्जु भण्डारीले आफ्नो जन्मदिन हामीसँग मैदानमा नै आएर मनाउनुभयो । यो हाम्रो लागि सम्मान थियो । नेपालको अरु विभिन्न ठाउँहरुमा स्वास्थ्यकर्मीलाई घ्रृणाको रुपमा हेरे पनि हामीलाई धरान र त्यहाँका जनताले जहिले माया र सम्मान दर्शाउनुभयो ।कोरोनाको संक्रमितको संख्या धेरै बढ्न थाले । धरानको कोभिड अस्पतालमा बेडहरु भरिन थाले । संक्रमितहरु छताछुल्ल भए । यति धेरै संक्रमितलाई व्यवस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे भयो । यो अवस्था देखेर हामी सबै हात्तीसार क्याम्पसका विद्यार्थी र धरान मेडिकल टिमका साथी एउटा निश्कर्षमा पुग्यौं ।उचित सम्मान र अवसर भएमा मानिसले जस्तोसुकै चुनौती पनि पार तयार हुन्छ । हामीले हामीसँग भएको जनशक्तिलाई सही ढंगले प्रयोगमा ल्याउन सकेमा कोरोनाबाट बच्न मात्र होइन । ठूलो जनधनको क्षति हुनबाट पनि बच्न सक्ने सम्भावना अझै छ । स्वास्थ्य क्षेत्रमा अनवरत खटिने जनशक्तिलाई आफ्नै माटोमा निर्धक्क साथ काम गर्ने वातावरण हुने हो भने कोभिड १९ मात्र होइन, भावी दिनमा आउनसक्ने अरु रोगलाई समेत परास्त गर्न सकिन्छ ।होम आइसोलेसनमा बस्ने कोरोना पोजेटिभहरुलाई ‘एक व्यक्ति एक स्वास्थ्यकर्मी’ दिने अभियान चलाउने सुरुवात गर्यौ । आजसम्म होम आइसोलेसनमा बस्नुभएका ३५० भन्दा माथि संक्रमितलाई हामीले परामर्श र स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्य गरिरहेका छौं । त्यस्तैगरी नेपालको एक मात्र क्याम्पस केन्द्रीय प्रविधि क्याम्पसमा पढाइ हुने पोषण तथा आहारविद्ले होम आइसोलेसनमा बस्नु भएका जोकोही बिरामीलाई न्युट्रिसन थेरापी गराइरहनु भएको छ । जसमा रोग प्रतिरोधात्मक क्षमतालाई कसरी वृद्धि गराउने भन्ने बिषयमा र कोरोनाका लागि स्पेशल डाइट चार्ट (तालिका) बनाएर जनतालाई टेवा पुर्याउँदै आएका छन् । बाँकी हात्तीसारका माइक्रोबायोलोजी र धरान मेडिकल टिमले संयुक्त रूपमा मेडिकल काउन्सिलिङ गरिरहेका छ ।हामीले कोरोना विरुद्धको अभियानमा काम गर्दै गर्दा हामीलाई तुच्छ नजरले हेर्ने, बार्दलीबाट टीकाटिप्पणी गर्नेहरु पनि धेरै थिए । हामीले अध्ययन गरेको बिषय नै यस्तो थियो कि कुनै न कुनै दिन हामीले चिकित्सा प्रयोगशालामा काम गर्नुपर्ने नै थियो । यति चाँडो नै हामीले यसरी कोरोना विरुद्धको अभियानमा संलग्न भएर काम गर्न पाउने कुरा चाहिँ सोचिएकमे थिएन । अहिलेको स्थितिमा हामी जस्ता मेडिकल ब्याकग्राउण्ड भएका विद्यार्थीहरुले देशका जनताको सेवा गर्न पाउने मौका पनि हो । हामी विद्यार्थीहरुलाई यस्तो परिस्थितिमा सेवामूलक काम गर्दै गर्दा व्यावहारिक शिक्षा प्रति चासो र भोलिका दिनमा  अझ सशक्त ढंगले खोजमुलक अनुसन्धान गर्नमा समेत प्रेरित गर्दछ ।यस विषम परिस्थितिमा धरानमा काम गर्दै गर्दा हाम्रो टिमका साथीहरुलाई पनि कोरोना पोजेटिभ भयो । म स्वयम् होम आइसोलेसनमा बसिरहेको छु । हामी उच्च मनोबलका साथ स्वास्थ्य लाभ लिइरहेका छौँ । शीघ्र स्वास्थ्य भएर चाँडैनै मैदानमा फर्कनेछौं । यसरी नै नेपालका अरु नगरपालिकाहरुले हामी जस्ता युवा जनशक्तिलाई परिचालन गर्न सकेमा कोरोना विरुद्धको अभियानमा अझ सशक्त ढङ्गले अगाडि बढ्न सक्छ ।उचित सम्मान र अवसर भएमा मानिसले जस्तोसुकै चुनौती पनि पार तयार हुन्छ । हामीले हामीसँग भएको जनशक्तिलाई सही ढंगले प्रयोगमा ल्याउन सकेमा कोरोनाबाट बच्न मात्र होइन । ठूलो जनधनको क्षति हुनबाट पनि बच्न सक्ने सम्भावना अझै छ । स्वास्थ्य क्षेत्रमा अनवरत खटिने जनशक्तिलाई आफ्नै माटोमा निर्धक्क साथ काम गर्ने वातावरण हुने हो भने कोभिड १९ मात्र होइन, भावी दिनमा आउनसक्ने अरु रोगलाई समेत परास्त गर्न सकिन्छ ।

Your Views
Related News