काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले प्रधानमन्त्रीसँग भेट गरेको खुल्न आएको छ । ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग २ घण्टा भेटवार्ता गरेका हुन् ।

बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका प्रमुख गोयलले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेको जनाइएको छ । भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन ।

नेपाल भारत सीमा विवादमा भारतले नेपालसँग कुटनीतिक र राजनीतिक वार्ता गर्न आनाकानी गरिरहेका बेला गोयल अचानक नेपाल आएर प्रधानमन्त्री ओली लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गर्नुलाई विशेष अर्थमा लिइएको छ । गोयलको गोप्य नेपाल भ्रमण र उनको भेटवार्तालाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौं आएको थियो । उनीहरु बिहीबार (आज) बिहान भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानबाट फर्केका छन् ।

READ MORE NEWS

कोरोना भाइरसलाई लिएर आयो अर्को चिन्ताजनक खबर

काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसलाई लिएर एक चिन्ताजनक खबर आएको छ । ब्राजिलमा कोरोना खोपको चिकित्सकीय परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले संयुक्त रुपमा बनाइरहेको कोरोना खोपको परीक्षणमा सहभागी एक जनाको ज्यान गएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार सहभागीको मृत्यु भए पनि ब्राजिलले चिकित्सकीय परीक्षण जारी राख्ने बताएको छ । रोयर्टसले अक्सफोर्ड विश्वविद्यालयलाई उद्धृत गर्दै लेखेको छ, ‘चिकित्सकीय परीक्षणको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था छैन । एस्ट्राजेनेकाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।’

रोयटर्सले स्रोतलाई उद्धृत गर्दै सहभागी व्यक्ति कोरोना खोपको परीक्षणमा सहभागी भए पनि मेनेन्जाइटिसको खोप दिइएको जनाएको छ । यदि उनलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइएको थियो भने कोरोना खोपको परीक्षण रोकिने जानकारी स्रोतले दिएको समाचारमा उल्लेख गरेको छ ।

ब्राजिलमा तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेको साओपाउलोको संघीय विश्वविद्यालयका अनुसार यस घटनाको छानबिनका लागि बनाइएको स्वतन्त्र समितिले परीक्षण जारी राख्न सुझाव दिएको छ । विश्वविद्यालयले यसअघि कोरोना खोपको परीक्षणमा सहभागी व्यक्ति ब्राजिलका नागरिक भएको जानकारी दिएको थियो ।

सीएनएन ब्राजिलका अनुसार मृत्यु हुने व्यक्ति रियो डि जेनेरियोका २८ वर्षीय व्यक्ति हुन् । उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाट सिर्जित जटिलताका कारण भएको पनि दाबी गरिएको छ । विश्वविद्यालयका प्रवक्ताका अनुसार ब्राजिलका ६ सहरका करिब ८ हजार जनालाई कोरोना खोपको पहिलो डोज दिइएको छ । तीमध्ये केहीलाई दोस्रो डोज पनि दिइएको विश्वविद्यालयले जनाएको छ ।

READ MORE NEWS

कोरोना रोगले छट्पटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन भन्न सक्छन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको कडा शब्दमा आलोचना गर्नुभएको छ । उहाँले कोरोना महामारीमा रोगले छट्पटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्छन् भनेर प्रतिकृया दिनु भएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले सरकारलाई कडा शब्दमा चेतावनी दिनु भएको हो । उहाँले संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको कुरा उल्लेख गर्नुभएको छ ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा हरेक जनतालाई कुनै भेदभाव नगरी स्वास्थ्य सेवा दिनु राज्यको अनिवार्य दायित्व भएको उहाँले स्पष्ट पार्नुभएको छ ।

सरकारकै हेलचक्राईले कोरोना भाइरस समुदायस्तरमा फैलिएर संक्रमति भएका सर्वसाधरणको निःशुल्क उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवार निर्णय मात्रै होईन, संविधानको ठाडो उल्लंघन भएको उहाँको बुझाई रहेको छ ।

उहाँले भन्नु भएको छ, ‘महामारीमा जनताको निःशुल्क उपचार गर्नु राज्यको आधारभूत दायित्व हो । यस्तै महामारीमा राज्यको भरोसा हुन्छ भनेरै जनताले सरकारलाई कर तिर्ने हो । तर महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्छन् ।’

देउवाले सरकारलाई तत्काल सशुल्क उपचार गर्ने निर्णय खारेज गरि सर्वोच्च अदालतको पटक पटकको आदेशलाई समेत पालना गर्दै हरेक नागरिकको पीसीआर परिक्षण र कोरोनाको उपचार निःशुल्क गराउन जोडदार माग गर्नुभएको छ । यस्तो छ फेसबुकमा स्टाटस

~~महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्छन् ~~

संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा हरेक जनतालाई कुनै भेदभाव नगरी स्वास्थ्य सेवा दिनु राज्यको अनिवार्य दायित्व हो।

तर सरकारकै हेलचक्राईले कोरोना भाइरस समुदायस्तरमा फैलिएर संक्रमति भएका सर्वसाधरणको निःशुल्क उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवार निर्णय मात्रै होईन, संविधानको ठाडो उल्लंघन पनि हो ।

महामारीमा जनताको निःशुल्क उपचार गर्नु राज्यको आधारभूत दायित्व हो । यस्तै महामारीमा राज्यको भरोसा हुन्छ भनेरै जनताले सरकारलाई कर तिर्ने हो । तर महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्छन् ।

म सरकारलाई तत्काल सशुल्क उपचार गर्ने निर्णय खारेज गरि सर्वोच्च अदालतको पटक पटकको आदेशलाई समेत पालना गर्दै हरेक नागरिकको पीसीआर परिक्षण र कोरोनाको उपचार निशुल्क गराउन जोडदार माग गर्दछु। – जय नेपाल।


Your Views
Related News