काठमाडौ । बलिउड अभिनेत्री कङ्गना राणावत पहिलो पटक नयाँ स्वरुपमा देखा परेकी छिन् । उनी हालै आफ्नो भाइ र बुहारीसँग देखा परेकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो साझा गरेको छिन्, जसमा उनी आफ्ना भाइ र बुहारीसँग देखिन्छन् । कंगनाका भाई करणको हालै विवाह भएको छ । उनी यस उत्सवको वातावरणको आनन्द लिइरहेकी छिन् ।

कंगनाले भिडियो साझा गर्दै लेखिन्, ‘धन्य करण र अंजली, आज हाम्रो छोरी घर फर्की आएको छन्, तर जब म अंजलीका बाबुआमालाई सम्झन्छु, मेरो हृदय भारी हुन्छ । आज तिनीहरूको घर उजाड भएको छ, तिनीहरूले आफ्नो मुटुको एक टुक्रा हामीलाई दिएका छन् । आज उनको छोरीको कोठा खाली भएको हुनुपर्छ, कन्यादान भन्दा ठुलो कुनै दान हुँदैन ।’

 

तपाँईलाई जानकारी गराउँ कि कंगना पछिल्ला दिनहरुमा भाईको बिहेमा व्यस्त छिन् । उनी अहिले कार्यस्थल मुम्बईदेखि टाढा छिन् । हाल मनालीमा उनी सबै खालका विवादहरुलाई भुलेर परिवारसँगै रमाउँदै छिन् । उनका दुई भाइ विवाह गर्दैछन् । हालसालै, उनले आफ्नो भाइको मेहन्दी समारोहको भिडियोहरू साझा गरेकी थिइन् ।

कंगनाले भिडियो साझा गर्दै लेखेकी थिइन्, ‘रंगोलीको विवाह पछि, १० बर्ष भन्दा बढी भयो र घरमा विवाह भएको थिएन । तपाईं यसको लागि मलाई धन्यवाद दिन सक्नुहुन्छ । तर मेरा भाइहरू करण र अक्षतले यो चेन तोडे र हाम्रो घर फेरि विवाहको उत्सवमा डुबेको छ, तीन हप्तामा तीन विवाह हुनेछ र करणको हल्दी सुरु हुँदैछ ।

 

तपाई पाठकलाई थाहा भएको हुनुपर्छ कंगना पछिल्लो समय निक्कै विवादित सेलिब्रेटी हुन् । उनको घर गैरकानूनी स्थानमा बनेको भन्दै मुम्बाई सरकारले भत्काएको छ । त्यसपछि उनी सरकारको तिव्र आलोचनामा उत्रिएकी छिन् ।

READ MORE NEWS

कंगनाविरुद्ध मुद्दा दर्ता, आखिर के गरिन् त्यस्तो

नयाँ दिल्ली (एजेन्सी) । बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध शनिबार मुम्बईमा मुद्दा दायर गरिएको छ। मुम्बई प्रहरीको बान्द्रास्थित चौकीमा एफआईआर दायर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। कंगना र उनकी दिदी रंगोली चन्दलविरुद्ध प्रहरीमा एफआईआर दायर गरिएको हो।

मुम्बईको एक अदालतले कंगनाविरुद्ध एफआईआर दर्ता गराउन आदेश दिएपछि प्रहरीले एफआईआर दर्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। समाचार अनुसार कंगना र उनकी दिदीले ट्वीटरको माध्यमबाट समाजमा असहज अवस्था फैलाउने कार्यमा लागेको आरोप लगाइएको छ।

यस्तै बलिउड उद्योगलाई असर पार्न लागेको आरोप लगाइएको छ। कंगनाले बलिउडका हिन्दु र मुस्लिम कलाकरबीच विभाजन ल्याएकोसमेत आरोप लगाइएको छ।

कंगना लगातार ट्वीटरका माध्यमबाट बलिउडमा आफ्न्तवाद रहेको बताउँदै आएकी थिइन्। उनले आफू हिन्दु रहेको देखाउन विभिन्न मन्दिरमा गएर पूजा गरेको तस्वीरहरुसँग पोस्ट गर्दै आएकी छन्।

उनले मुम्बईलाई पाकिस्तान प्रशासित कश्मीरवाला फिलिंग दिएकोसमेत बताएपछि महाराष्ट्रको सत्तारुढ दल शिवसेना र कंगनाबीच विवादसमेत भएको थियो। यही विवादका बीच कंगनाकी आमा भाजपा प्रवेश गरेकी थिइन् भने कंगना भाजपामा जाने चर्चा चलिरहेको छ।


Your Views
Related News