दक्षिण कोरियामा बन्दाकोपीको अभाव भएपछि त्यहाँको प्रमुख खानेकुरा किम्ची पाउन मुश्किल पर्न थालेको छ । अगस्ट र सेप्टेम्बर महिनामा कोरियाली प्रायद्वीपमा आँधीतुफान, बाढी र पहिरो आएकाले बन्दाकोपीहरू नष्ट भएका थिए । त्यसपछि बन्दाकोपीको मूल्य ह्वात्तै बढेको छ ।यसले गर्दा दक्षिण कोरियालीहरूले किम्चीको तिक्खर अचार खान पाएका छैनन् । त्यहाँका सबै भोजनमा किम्ची अनिवार्य हुन्छ । बर्गरको बीचमा अनि पिज्जाको माथि पनि किम्ची राखेर खाने गरिएको छ र संसारभरि यो प्रसिद्ध छ ।बन्दाको अभाव भएपछि मूल्य ६० प्रतिशतसम्म बढेको छ । अझ किम्ची बनाउने मौसम शुरू हुनै लाग्दा यस्तो अभाव देखिएको हो । दक्षिण कोरियालीहरू बन्दाकोपीमा खुर्सानीको धूलो, लसुन र अन्य मसला राखेर किम्चीको अचार खाँद्छन् । किम्ची बनाउने कामलाई किमजाङ भनिन्छ र सन् २०१३ मा यूनेस्कोले यसलाई सांस्कृतिक सूचीमा राखेको थियो ।
READ MORE NEWS
सदर चिडियाखानालाई ललितपुर महानगरले दियाे १० लाख