वीरगंज, ६ कात्तिक । भारतले एकतर्फी सीमानाका खोलेपछि वीरगंज–रक्सौलमा आवागमन शुरु भएको छ । शंकराचार्य गेट हुँदै नेपालीहरु भारततर्फ र भारतीयहरु नेपालतर्फ पैदल, साइकल आउन जान थालेका छन् ।नेपालले भने कार्तिक ३० गतेसम्म सीमा बन्द गरेको छ । आज बिहान प्रहरीले यात्रीहरुलाई रोक्न खोजेपनि रोक्न सकेन । सीमामा तैनाथ सशस्त्र प्रहरीले उनीहरुलाई हजारीमल फुलबारीको बाटो भएर जान दिएका थिए । त्यस्तै आज बिहान केही भारतीय नं।का गाडीहरु पनि वीरगंजको मुख्य नाका भएर नेपाल प्रवेश गरेका थिए ।यसैगरी नेपालीहरु पनि भारततर्फ किनमेल गर्न जान थालेका छन् । त्यस्तै पर्साका विभिन्न सीमा नाकामा पनि आवागमन भइरहेको समाचार स्रोतले जनाएको छ ।भारतीय महाबाणिज्य दुतावास वीरगजका अधिकृत सुरेश कुमारले भारतको गृहमन्त्रालयले अक्टोबर २२ देखि नेपालसँग सिमा जोडिएका नाका खुला गर्ने निर्णय गरेसँगै विहानैबाट वीरगंज रक्सौल लगाएका नाकाहरू खुलेको जानकारी हो।रक्सौलबाट नेपाल प्रवेश गर्न खोज्नेहरूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले रोकेपछि अहिले रक्सौलमा सयौ नेपाली अलपत्र परेका छन् ।यता पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले भारतले एकतर्फी रूपमा सिमा खोलेपछि समस्या भएको र भारतबाट नेपाल भित्रीने भारतीय नागरिकहरूलाई रोक्न नेपाल भारत सीमा क्षेत्रमा आज विहानबाटै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको थप बल परिचालन गरिएको जानकारी दिए ।सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले नेपाल सरकारको पछिलो निर्णय अनुसार कार्तिक ३० गतेसम्म सीमा बन्द रहने बताउदै कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारको निर्देशन अनुरूप भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई रोक्ने जानकारी दिए ।यस्तै चाडवाड भित्रिने क्रम शुरू भएसँगै वीरगंजबाट लुकिछिपी भारतीय बजारमा किनमेल गर्न रक्सौलमा नेपालका विभिन्न शहरबाट यात्रीहरु आउने गरेका छन् ।
READ MORE NEWS
क्लिन फिड लागू भएपछि ग्राहकले थप शुल्क तिर्नुपर्ने !

दसैंमा मूर्तिको अर्डर नै आएन

विराटनगर–२ कै राम दास पनि मूर्तिको अर्डर नआएपछि फुर्सदमा छन्। ‘दसैंमा त फोन पनि उठाउन समय हुँदैनथ्यो। यसपालि इ… यस्तो छ हेर्नुस् न,’ दासले गत वर्षको दसैं सम्झिए। पोहोर सालको दसैंमा रामले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए। व्यवसाय ठप्प भएपछि परिवार चलाउन कठिनाइ भएको उनले सुनाए।दासले भने, ‘लकडाउन खुलेपछि मूर्ति व्यवसाय पनि चल्ला भने आश थियो, तर हुन सकेन।’ दासका अनुसार विराटनगरमा मात्रै एक दर्जनभन्दा बढी मूर्ति व्यवसायी छन्। चाडपर्वको समयमा विराटनगरका व्यवसायीले मात्र माग धान्न नसक्दा भारतबाट समेत मूर्ति खरिद हुने गरेको उनले बताए।