सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुलुक भरि आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले काठमाडौंको मुटु असनमा आजदेखि असन शाखा संचालनमा ल्याएको छ ।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

READ MORE NEWS

कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडाैं उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ ।यी मध्ये सुदूरपश्चिम प्रदेशको बझाङस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कल हुन् ।नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

शुक्रबारदेखि क्लीनफीड लागू

  • Clean-Feed-1_10_22_2020_4_58_15.jpg
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित  (क्लीनफीड) लागू गर्नका लागि तयारी पूरा भएको जानकारी गराएका छन् । मन्त्री गुरुङले शुक्रबार (कात्तिक ७ गते देखि क्लीनफीड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिए ।मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने व्यवस्था गरेअनुसार नै तयारी पूरा भएको बताए ।उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ ।

टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

11Shares
facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
messenger sharing button
sharethis sharing button
सिन्धुलीको फिक्कल गाउँपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले टोलटोलमै पुगेर भत्ता वितरण गर्न थालेको हो । टोलटोलमा गएर गाउँपालिकाका एक हजार २०० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकका उपाध्यक्ष पार्वती सनुवारले बताइन्। लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले बताइन् । हालसम्म वडा नं ५ र ६ का लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बुझिसकेको तथा वडा नं १, ३, ४ मा वितरण भइरहेको उनले जानकारी दिइन् । जिल्ला अरु स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आए पनि फिक्कलले भने कोरोनाको सङ्क्रमण फैलन सक्ने भन्दै घरैमा पुगेर भत्ता बाँड्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारको भनाइ छ ।

साक्षर हुन अण्डा बिक्री

साक्षर हुन अण्डा बिक्री

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोट पानीमूल गाउँको महिला समूहले आफू साक्षर हुनका लागि अण्डा र तरकारी बिक्री गरी आएको पैसाले शिक्षिकालाई पारिश्रमिक दिने गरेको छ ।२५ महिलाको समूहले साक्षरता कक्षाका लागि शिक्षिका राखी अण्डा र तरकारी बेची प्राप्त आय उनलाई दिने गरेको हो । सहभागी देवीसरा जैसीले सबैतिर विभिन्न संघसंस्था, गाउँपालिकालगायतले साक्षर कक्षा सञ्चालन गरेको देखेपछि आफूहरु महिला मिली पढ्ने योजना बनाएको बताइन् । उनले भनिन्, “आफ्नो गाउँका २५ जना महिलाको एक महिला समूह बनाएका छौं, समय मिलाएर बिहान, बेलुकी पढ्ने गर्छौं ।” विसं २०७७ साउन २ गतेदेखि सञ्‍चालन भएको साक्षरता कक्षाबाट दुई महिनाका अवधिमा ल्याप्चेबाट आफूहरु अहिले हस्ताक्षर गर्ने भएको सहभागी महिलाले बताएका छन् । यति मात्र नभएर कोही महिला त सानातिना हिसाब पनि गर्न सक्ने भएको अर्का सहभागी देउरुपा जैसी बताइन् ।देवीसरा भन्छन्,  “श्रीमान्‌बाट पैसा लुकाएर, अण्डा बेचेर  बचत गरेको पैसा र आम्दानी शिक्षिकालाई दिने गरेका छौँ । यो सबै महिलाको निर्णय हो ।” कुनै सभा, भेलामा अगाडि जाँदा पनि अनपढ भनी हेलाँ गरेपछि पढ्ने निधो गरेको उनको भनाइ छ । उनले थपिन्, “आमाबुवा शिक्षित भएको भए हामीलाई पनि पढाउँथे होला, नभएकाले आज दुःख भोगेका छौं ।”महिलाहरुले प्रतिसदस्य पहिलो महिना रु २५ र अहिले रु ५० उठाएर पढिरहेका छन् । अब गाउँका अन्य महिलालाई पनि समेट्ने र गाउँ नै साक्षर बनाउने उनीहरुको लक्ष्य  छ । कक्षा सञ्चालनको जानकारीपछि अहिले गाउँपालिका र सामाजिक संघसंस्थाले केही सहयोग गर्ने आश्वासन दिएको समूहले जनाएको छ ।

पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना पुष्टि

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको उनले जनाएका छन् । उनले आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको ट्वीट गरेर जानकारी दिएका हुन् ।उनले ट्वीटमा भनेका छन् ‘मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित ।’ उनले आफ्ना दुई छोराको भने रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराएका छन् ।

 


Your Views
Related News