काठमाडौं । अभिनेता ऋतिक रोशनकी आमा पिन्की रोशनलाई कोरोना संक्रमण देखिएको छ । अहिले उनी होम-आइसोलेसनमा नै छिन् । डाक्टरका अनुसार उनको शरीरमा भाइरस अत्यधिक छ । अर्थात उनको रिपोर्ट चाँडै नेगेटिभ आउने सम्भावना छ । खबरका अनुसार पिन्कीको शरिरमा १५ दिनदेखि नै भाइरस थियो तर उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । यसो हुनुको कारण उनको दैनिक योगा र एक्सर्साइजले गर्दा उनको शरीरलाई भाइरसले कमजोर बनाउन नसकेको हो । खण्डालास्थित फार्महाउसमा रहेका रोशन परिवारले परिवारका सदस्य र घरमा काम गर्ने कर्मचारीहरुको हरेक २०-२० दिनमा कोरोना परिक्षण गर्ने गरेका छन् । सोही परीक्षणका क्रममा पिन्की रोशनको रिर्पोट पोजेटिभ आएको हो । अब दोस्रो परीक्षण २३ अक्टोबर शुक्रकार (भोलि) गरिने पिन्कीले बताएकी छिन् ।

READ MORE NEWS

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट अध्ययन प्रतिवेदन सार्वजनिक

आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरुको मनोबलमा वृद्धि गर्न सकिने

काठमाडौं,  I नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यस अध्ययन प्रतिवेदनबाट आएका निष्कर्षहरुले आउने दिनमा मातहत कर्मचारीहरुलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको चर्चा गर्नुभयो ।आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरुको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । यस सम्बन्धी विगतमा थुप्रै अनुसन्धानका कार्यहरु भएको उल्लेख गर्दै अब बनाईने कार्ययोजना तथा नीतिहरुलाई कार्यान्वयनमा ल्याईने उहाँले बताउनुभयो ।कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय The Research Centre for Nepal And Asian Studies (सिनास) का कार्यकारी निर्देशक मृग्रेन्द्र बहादुर कार्की र गृहमन्त्रालयका सह-सचिव थानेश्वर गौतमले अध्ययन प्रतिवेदन सन्दर्भमा आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।उक्त अवसरमा प्रहरी उपरीक्षक मनोज कुमार केसीले अध्ययन प्रतिवेदन सार्वजनिकीकरण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय लगायत ७ वटै प्रदेशका विभिन्न १५ जिल्लाहरुमा उक्त सर्वेक्षण गरिएको जानकारी दिनुभयो ।कार्यक्रममा पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स (पिजिडिपिएस) कार्यक्रम सल्लाहकार प्रा.डा. राजिव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

दशैंँका बेला कहीँं पनि बत्ती ननिभाेस् : मन्त्री पुन

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिनुभयो ।मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, त्यही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक आयोजना गरी मन्त्री पुनले याे निर्देशन दिनुभएको हो ।’दशैंँका बेला कहीँं पनि विद्युत् काटिने समस्या नआओस्’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले भन्नुभयो, ‘मलाई विश्वास छ, ग्राहकबाट विद्युत् प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन ।’  प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टोली रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो । उहाँले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गर्नुभयो । ‘जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनूस्’, निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भन्नुभयो, ‘त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नुस् ।’मन्त्री पुनले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गएकाे चैतमा लकडाउन घोषणा गरेलगत्तै प्राधिकरण सञ्चालक समितिले भारप्रेषण केन्द्रसहित संवेदनशील निकायका प्राविधिक कर्मचारीलाई आइसोलेशन वा क्वरेण्टीनमा राखेर काम गराउने निर्णय गरेको स्मरण गर्दै पूर्वतयारीकै कारण विद्युत् सेवा प्रवाह प्रभावित नभएकामा खुसी व्यक्त गर्नुभयो ।’भारप्रेषण केन्द्र, नो लाइट र प्राधिकरणको मुख्यालयमा महामारी फैलिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो’,  मन्त्री पुनले भन्नुभयो, ‘सञ्चालक समितिले योजनाबद्ध रुपमा आफ्नै आइसोलेशन र क्वरेण्टीन बनाउने निर्णय गरेका कारण समुदायमा व्यापक रुपमा कोरोना महामारी फैलिँदासमेत प्राधिकरणको सेवा बन्द भएको छैन ।’महामारीका कारण ९० लाख विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेको र तीमध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत् सेवा अनियमित हुँदा उनीहरुको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो । उहाँका अनुसार बडादशैँ सकिएपछि तिहारका लागि फेरि अर्को बैठक बसेर योजना तय गरिने छ  ।  मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय प्रणालीमा पर्याप्त मात्रामा विद्युत् उपलब्ध रहेको जानकारी दिँदै विद्युत् सेवा नियमित गराउनका लागि इमानदारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई आग्रह गर्नुभयो ।प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले कोरोना महामारीका कारण उद्योगहरु पूर्ण क्षमतामा नचलेका कारण विद्युत् मागको चाप गएकाे वर्षको यही समयका तुलनामा कम रहेको जानकारी दिनुभयो । माग कम रहेको तथा वितरण र प्रसारणको अवस्था राम्रो रहेकाले चाडपर्वका समयमा विद्युत् सेवा अनियमित हुने कुनै सम्भावना नरहेको कोइरालाको भनाइ थियो ।भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईले अहिले प्राधिकरण र निजी क्षेत्रको गरी एक हजार ११० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा रहेको र माग भने सातदेखि आठ सय मेगावाटसम्म मात्र रहेको बताउनुभयो । विद्युत् पर्याप्त रहेकाले सेवा अनियमित हुने कुनै सम्भावना नरहेको भट्टराईले स्पष्ट गर्नुभयो ।प्राधिकरण, प्रसारण निर्देशनालयका प्रमुख चौधरीले प्रणालीमा कुनै समस्या नरहेको जानकारी दिनुभयो ।


Your Views
Related News