पोर्चुगिच फुटबल स्टार एवं युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कोरोना भाइरस परीक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो ।परीक्षणको पछिल्लो रिपोर्ट पोजेटिभ देखिएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने भएका छन् । युभेन्ट्सले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोनासँग आगामी बुधबार खेल्दैछ ।यूईएफएको नियम अनुसार कोरोना संक्रमित खेलाडीको रिपोर्ट खेल भन्दा एक हप्ता अघि नेगेटिभ हुनु पर्नेछ ।

READ MORE NEWS

प्रहरी जवान र हवल्दारका आठ गुनासा : नियमअनुसारको बिदासमेत पाइएन

नेपाल प्रहरीका जवान र हवल्दारहरूले बिदा नपाएकोदेखि हाकिमहरूले दुव्र्यवहार गर्नेसम्मका गुनासो गरेका छन् । प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरूले मुख्यगरी आठवटा समस्या झेल्नुपरेको बताएका छन् । तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम अत्यधिक बढेपछि उनीहरूको समस्या बुझ्न प्रहरीले नौ महिना लगाएर स्थलगत रूपमै अध्ययन गरेको थियो । बिहीबार महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गरेका छन् । प्रतिवेदनमा प्रहरी जवान र हवल्दारले मुख्यगरी आठवटा समस्या बताएका छन् । जसको पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदासमेत नपाएको उनीहरूको गुनासो छ । बिदा नपाउँदा परिवार भेट्नसमेत नपाएको उनीहरूको दुःखेसो छ । प्रहरीले ३० दिन घर बिदा तथा १२ दिन भैपरी आउने बिदा पाउने व्यवस्था छ । तर, थोरै प्रहरीले मात्र यो बिदाको सदुपयोग गर्न पाउने गर्छन् ।

यस्ता छन् गुनासा 

– नियमअनुसारको बिदा पाइएन
– ड्युटी समय धेरै भयो
– सरुवा–बढुवा समयमा हुँदैन, पारदर्शी पनि भएन
– हाकिमद्वारा राम्रो व्यवहार हुँदैन
– स्केलका सामान पर्याप्त पाइँदैनन्
– खान पुग्ने रासन भत्ता पाएको छैन
– घरपायक सरुवा हुँदैन
– विदेश तालिम र शान्ति मिसनमा अवसर पाइएन

प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गर्न भन्दै मध्यपुरका मेयरले मन्त्रालयलाई लेखे चिठी

७ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई फिर्ता गर्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेका छन् ।सम्पदा पुनर्निर्माणलगायत उपभोक्ता समितिमार्फत भएका कामको भुक्तानी नदिई दुःख दिएको, आन्तरिक राजनीतिक गतिविधिमा सहभागी भएको र अनुचित आर्थिक लाभमा सहभागी भई नगरपालिकाका काममा असहयोग गरेको आरोप नगर प्रमुख श्रेष्ठले रिजाललाई लगाएका छन् ।बडादशैंका बेला नियमित वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तासमेत प्रशासकीय प्रमुख रिजालले रोकेको बताउँदै प्रमुख श्रेष्ठले भने, ‘कर्मचारीले नगरपालिकाको हितमा काम गर्ने हो, राजनीति गर्ने होइन, तर यहाँ त प्रशासकीय प्रमुखले नै राजनीति गर्ने, जनप्रतिनिधिसँग कार्यपालिका बैठक नै नराख्न मिलेमतो गर्ने, विकासका कामलाई लथालिङ्ग पार्ने काम भयो, नगरपालिकाविरुद्ध लागेको प्रमाण आएपछि बाध्य भएर कारवाही गरी फिर्ता पठाउन पत्र लेखेको हुँ।’अधिकृत रिजाललाई कर्मचारी भएर आन्तरिक राजनीतिक गतिविधिमा संलग्न भएको र गत वर्ष बेरुजु ठहर गर्दा पनि नगरपालिकाबाट थप मासिक रु १८ हजार भत्ता खाएको नगर प्रमुख श्रेष्ठले आरोप लगाए ।कोभिड–१९ को महामारीमा महिनामा एक दिन कार्यालय आउने र अरु दिन नगरपालिकाका कागजात घरमै लगेर कर्मचारीलाई घरमा धाउन बाध्य पारेको र दशैं अगाडि उपभोक्ता समितिलाई भुक्तानी नदिन प्रयास गरेको दोषापरोण पनि उनले गरे ।नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना प्रतिकार्यका लागि एक करोड रुपैयाँ निकासा गर्ने निर्णयविरुद्ध भूमिका खेलेको,  समयमै रकम नदिई कोरोना संक्रमित नगरवासीको उपचारमा असहयोग गरेको  र  कार्यपालिका बैठक बस्नै नदिन भूमिका निर्वाह गरेको आरोप पनि रिजालमाथि छ ।

व्यक्तिगत काममा भुक्तानी मागियो : रिजाल

प्रमुख प्रशासकीय अधिकृत रिजालले भने नगर प्रमुख श्रेष्ठले लगाएको आरोपको खण्डन गर्दै उपभोक्ता समितिका नाममा भएका कामको भुक्तानी दिन कार्यपालिका बैठकले निर्णय नगरेको र व्यक्तिगत रुपमा काममा लगाएर भुक्तानी मागेकाले रोकिएको जिकिर गरे ।अहिले अत्यावश्यकबाहेक काम नगर्ने निर्णय भएकाले अन्य कामका भुक्तानी रोकिएको बताउँदै उनले वडाहरुले विवरण नै नपठाएकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको बताए ।नगर प्रमुखले प्रशासकीय अधिकृत फेर्ने बहाना बनाएको बताउँदै उनले भने, ‘मलाई मन्त्रालयले सरुवा गर्ने हो, फिर्ता बोलाए पनि मन्त्रालयले बोलाउने हो, मेरो सरुवा नभएसम्म मेरो अधिकार यही नगरपालिकामा रहेर प्रयोग गर्छु ।’नगर प्रमुख र प्रशासकीय अधिकृतको द्वन्द्वका कारण मध्यपुरको विकासमा प्रत्यक्ष असर परेको कर्मचारी बताउँछन् ।नगर प्रमुख तत्कालीन नेकपा (एमाले)बाट विजयी भए पनि नगरपालिकामा दुई तिहाइ बहुमत नेपाली कांग्रेसको छ ।  नगरपालिकामा बिहीबारका लागि आह्वान गरिएको कार्यपालिका बैठकमा समेत जनप्रतिनिधिको उपस्थिति रहेन ।

पहिलो पटक छोएको त्यो हिउँ चितुवा

हिउँ चितुवाको अगाडिको खुट्टा हामीले थापेको पासोमा परेको थियो। अतालिएको अवस्थामा धुपीको बुट्यान वरिपरि फन्को लाइरहेको थियो।

चन्द्रजंग हमाल
माथिल्लो डोल्पाको भूगोल विचित्रको छ। यहाँको विशेषता पनि बेग्लै छ। नेपालमा हिउँ चितुवाको घनत्व बढी र जनघनत्व कम भएको जिल्ला हो, डोल्पा।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको अध्ययन गरेको थियो। त्यसका लागि हिउँ चितुवालाई ‘स्याटलाइट कलर’ गर्नुपर्ने थियो।२१ अक्टोबर २०१९ मा स्याटलाइट कलर कार्यक्रमको लागि विभिन्न संस्थाका प्रतिनिधि र स्थानीय नागरिकसहितको १८ जनाको प्राविधिक टोली राष्ट्रिय निकुञ्ज कार्यालय, सुलिगाडबाट माथिल्लो डोल्पास्थित मध्यवर्ती क्षेत्र भिजेरतर्फ प्रस्थान ग¥यो। त्यसक्रममा हामी ३,६४० मिटर उचाईमा रहेको फोक्सुण्डो तालको छेउमै अवस्थित बोन्पो धर्मको थासुङ छोलिङ गुम्बा पुगियो।उक्त गुम्बा सन् १५७४ मा वन्यजन्तु संरक्षण गर्नका लागि स्थापना भएको लामा गुरुले बताउनुभयो। गुम्बाको नामको अर्थ गजबको छ। ‘छो’ भन्नाले तालको छेउ र ‘सुङ’ भन्नाले सुरक्षा। गुम्बा नजिकैको सल्लाघारी वन कस्तुरी मृगको लागि राम्रो वासस्थान मानिन्छ।तालको माथिल्लो छेउ छोलफुबाट सेताम्मे कान्जिरोबा हिमाललाई पछ्याउदै ५,३६० मिटरको ङाडाला पासतर्फ बढ्यौँ। ३० जना भन्दा बढीको ‘एक्स्पेडिशन टिम’। ८७ वटा खच्चर र १७ वटा झोपाहरुको लस्कर। ङाडाला पसाको देउरालीबाट वरिपरि हिमाल देखिन्छ। त्यहाँबाट ओरालो सामान बोकेका खच्चरहरु हिउँमा चिप्लिँदै बडो मुस्किलले झरे।उच्च हिमाली भन्ज्याङ (पास) मा पनि ट्राफिक नियम ‘विस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न’ लागू गर्न सके यात्रा सुरक्षित र सुनिश्चित हुने रहेछ। सुलिगाडबाट हिँडेको नौ दिनपछि २९ अक्टोबरमा तिब्बततर्फको पाङसेरु र जेबोरोङ्ग हिमालको काखमा अवस्थित सुन्दर गाउँ भिजेर टाढाबाट देखियो।अन्ततः हाम्रो टोली स्याट्लाइट टेलिमेट्रिको लागि तय गरिएको ठाउँ, सन् ११८३ मा स्थापित सामलिङ गुम्बा आईपुग्यो। हामी नेपालीको महान चाड तिहारको भाइटीकाको दिन गएको वर्ष १२ कात्तिकमा ४,१५० मिटरमा अवस्थित सामालिङ गुम्बा पुगेका थियौं। १५ वटा टेन्ट खडा गरी २५ जना टीमका सदस्य २३ दिनसम्म गुम्बामा बस्यौं।हामीले ३१ अक्टोबरमा स्याटलाइट टेलिमेट्रि कार्यक्रम शुभारम्भ ग¥यौँ। हिउँ चितुवाको राम्रो गतिविधि हुने ठाउँमा पासो राख्यौँ। पासो राखेको अवधिभर हिउँ चितुवा उक्त पासो भएर नहिड्न पनि सक्छ। हिडे पनि खुटटा पासोमा पर्छ/पर्दैन निश्चित हुँदैन।त्यहाँ ३ नोभेम्बरमा ठीकै हिमपात भयो। जसले गर्दा फिल्डमा राखिएका पासोहरु धेरै भत्किए। फेरि बनाउँदा एकछिन दुःख हुन्थ्यो। तर, हिँउमा हिँउ चितुवाका पाइलाहरु प्रस्ट देख्दा रमाइलो लाग्थ्यो।  हामीले ३१ अक्टोबरमा स्याटलाइट टेलिमेट्रि कार्यक्रम शुभारम्भ ग¥यौँ। हिउँ चितुवाको राम्रो गतिविधि हुने ठाउँमा पासो राख्यौँ। पासो राखेको अवधिभर हिउँ चितुवा उक्त पासो भएर नहिड्न पनि सक्छ। हिडे पनि खुटटा पासोमा पर्छ/पर्दैन निश्चित हुँदैन।सामालिङ गुम्बामा करिब १५/१६ वर्षपछि ठुलो पूजा आयोजना हुदै थियो, जसलाई स्थानीय भाषामा ‘वालछु’ भनिन्छ। हामी पुगेको करीब एक सातामा पूजा सुरु भयो। भिजेर, सालदाङ र फोक्सुण्डोबाट २०० भन्दा बढी भक्तजन पूजामा सहभागी भए। सामालिङ गुम्बाका मुख्य लामाज्यूले पूजा सकिएपछि हिउँ चितुवा पासोमा पर्ने बताउनुभएको थियो।त्यसको १३ दिनपछि १६ नोभेम्बर बिहान करिब ६ बजेतिर चाकार्बो ट्राप स्टेसनको सिग्नल पोजिटिभ आएको खबर टावरबाट प्राप्त भयो। लगभग ७ः३० बजे जेवोरोङ हिउँ चितुवा संरक्षण समितिका अध्यक्षले टावरलाई हिउँ चितुवा परेको खबर दिनुभएको हामी सबैको वाकीटकीमा घन्कियो। उक्त आवाज सकिन नपाउदै हामीले उत्साहित हुँदै एक अर्कालाई अंगालो हाल्यौँ। हाम्रो प्राविधिक टोली हतार हतार चाकार्बाेतर्फ लाग्यो।हिउँ चितुवाको अगाडिको खुट्टा पासोमा परेको थियो। त्यो हिउँ चितुवा अतालिएको अवस्थामा धुपीको बुट्यान वरिपरि फन्को लाइरहेको थियो। सुरुमा प्राविधिक टोलीले हिउँ चितुवालाई औषधिको प्रयोगले लठ्यायो। त्यसपछि स्याट्लाइट जीपीएस कलर घाँटीमा लगाउने, शरीरको मापन गर्ने र भाइटल र नमुनाहरु लिने काम भयो।सबै काम एक घण्टाभित्र सकाई उक्त हिउँ चितुवालाई एण्टिडोट लगाईसकेपछि हामी सबै त्यहाँबाट टाढा लाग्यौं। त्यस लगतै हिउँ चितुवा उठेर बिस्तारै अघि बढ्यो। केहि समयपछि १०० मिटर टाढाको खोचभित्र छिरेर हरायो।यसरी प्रथम पटक डोल्पामा सफलतापूर्वक हिउँ चितुवामा स्याट्लाइट जीपीएस कलर जडान सम्पन्न भयो। जिन्दगीमा पहिलो पटक हिउँ चितुवा देख्दा म धेरै उत्साहित थिएँ। माया भावले हिउँ चितुवालाई दर्शन गरी उसको जुँगा मुसार्दाका ती पल मेरो मानसपटलमा कहिल्यै नबिर्सिने मिठो सम्झना भएर बसेका छन्।नोभेम्बर १८ मा बिहान सबेरै फेरि ङोवोङ ट्राप स्टेसनमा हिउँ चितुवा परेको खबर आयो। पहिलेको हिउँ चितुवा पासोमा परेको स्थान चाकार्बो र ङोयोङको दूरी झन्डै १.५ किलोमिटर थियो। पहिलो हिउँ चितुवा परेको एक दिनपछि नै अर्को हिउँ चितुवा पासोमा परेको थियो। त्यसलाई पनि घाँटीमा स्याटलाइट जीपीएस कलर लगाएर छाडियो।१६ र १८ नोभेम्बर २०१९ हाम्रो लागि मात्र नभई सिंगो संरक्षण क्षेत्रमैं अविस्मरणीय र महत्वपूर्ण छन्। किनकि दुई वटा हिउँ चितुवामा स्याटलाइट जीपीएस कलर लगाई अनुसन्धान थालिएको थियो। स्याट्लाइट जीपीएस कलर लगाईएका हिउँ चितुवाको नाम जेवोरोङ हिउँ चितुवा संरक्षण समितिले ‘जेवोरोङ’ र ‘सामलिङ’ राखेको थियो। यी नाम गाउँ र गुम्बाको सम्झनामा राखिएको थियो।कार्यक्रम समापनपछि जुम्लाका खस सिंजाली राजा सोनाम देले भिजेरमा बनाएको ९०० वर्ष पुरानो नासार गुम्बा हेर्न पाइयो। यो अरु गुम्बाहरु भन्दा भिन्न शैलीको थियो। गुम्बाका प्रमुख लामाले हिउँ चितुवा र नाउरसँग जोडिएका रोचक सत्य कथाहरु बडो मजाले सुनाउनु भयो।धेरै वर्ष पहिले पुरानो नासार गुम्बामा पूजा हुँदै गर्दा गुम्बाबाट मण्डला हराएछ। त्यहाँ हिउँ चितुवाको पाइला देखिएछ। गुम्बाको तल खोलामा हिउँ चितुवाले मण्डला मुखमा च्यापिरहेको रहेछ। तर, मण्डला लिन जाँदा हिउँ चितुवाले भुईंमा नखसाली मुगुको डोल्फुसम्म पुगेछ।नासार गुम्बाका तत्कालीन लामाज्यू पनि हिउँ चितुवालाई पछ्याउदै कष्टपूर्वक भीर चढेर डोल्फुसम्मै पुग्नुभएछ। बल्ल हिउँ चितुवाले मण्डला भुईंमा झारेछ। त्यहि बखतमा उता सिंजाली खस राज्यकी रानी गम्भीर बिरामी हुनुहँदोरहेछ। राजाले डोल्फुमा डोल्पाको भिजेरका लामा आउनु भएको खबर पाउनुभयो। त्यसपछि लामालाई सिंजा खस राज्यमा बोलाई रानीको उपचारमा लगाउनु भएछ। करीब पाँच दिनको पुजापाठपछि रानीलाई सन्चो भएछ।त्यही खुसीमा राजाले लामाज्यूलाई गुम्बा बनाई दिने घोषणा गर्नु भएछ। राजाले भिजेरबाट आउने कर तीन वर्षको लागि त्यस गुम्बा निर्माणमा खर्च गर्न आदेश दिनु भएछ। लामासँगै राजदरबारका कालिगढ समेत पठाई नासार गुम्बा निर्माण भएको इतिहास नासार गुम्बाका वर्तमान लामाज्यूले बताउनुभयो। उहाँले बौद्ध धर्मअनुसार हिमालमा भगवान हुने र भगवानका रक्षक हिउँ चितुवा भएको सुनाउनु भयो। जुन गुम्बाको वरिपरि प्रशस्त नाउर र हिँउ चितुवा हुन्छ, त्यो गुम्बा सम्पन्न मानिने कुरा पनि सुनाउनु भयो। हिमालको काखमा रहेका बौद्ध गुम्बाहरु वन्यजन्तु संरक्षणका पुराना संस्था हुन् भन्दा फरक पर्दैन।  भिजेरको भुगोल विकट, हिउँदमा सुख्खा र उराठलाग्दो भए पनि वस्तीहरु सुन्दर छन्। स्थानीयको सहयोग सद्भाव र हिउँ चितुवाको संरक्षणप्रतिको लगाव प्रशंसनीय छ। स्थानीय यूवाहरु जो ‘नागरिक वैज्ञानिक’को रुपमा विभिन्न हिउँ चितुवा संरक्षण उप–समितिमा रहेर संरक्षणमा खटिन्छन्, उहाँहरुको जोस, जाँगर र संरक्षण प्रतिको भावना बढ्दो छ।हिउँ चितुवा संरक्षणमा नेपाल सरकारको नेतृत्वदायी भूमिका उदाहरणीय छ। विशेषगरी राष्ट्रिय निकुञ्जका अधिकारीहरुको फिल्डस्तरको नेतृत्व सराहनीय छ। करीब २३ दिनको सामलिङ गुम्बा बसाइपछि हामी सुलिगाड फर्कियौँ।


Your Views
Related News