मुख सफा गर्ने औषधि अर्थात् ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’ले काेराेना नियन्त्रणमा भूमिका खेल्ने अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन्।उनीहरूका अनुसार कोरोना संक्रमण हुँदा यदि यस्ता औषधिले मुख कुल्ला गर्ने हो भने भाइरस फैलिन पाउँदैन।प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि भएको वैज्ञानिकको दाबी छ।उनीहरूका अनुसार नाक र मुखको सफाइले पनि कोरोना भाइरसको संख्या घटाउन सकिन्छ।

यसरी भएको थियो अनुसन्धान

अनुसन्धानकर्ता पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरोना भाइरसमा प्रयोग गरिएको थियो।यी अलग अलग चिजको असर भाइरसमा देखियो। हरेक ३० सेकेन्ड, १ मिनेट र ३२ मिनेटपछि असरको जाँच गरियो। जसबाट केही हदसम्म कोरोना भाइरस नष्ट भएको पाइयो। त्यसपछि त्यसमा मानव कोषिका हालियो। कति कोषिका जीवित रहेको पाइयो।

बेबी स्याम्पुले २ मिनेट र माउथवासले ३० सकेन्डमा भाइरस निष्क्रिय बनाएको पाइयो

जर्नल अफ मेडिकल भाइराेलजीमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार बेबी स्याम्पुले एक प्रतिशत अंशले २ मिनेटमा ९९.९ प्रतिशतसम्म कोरोना भाइरस निष्क्रिय पार्न सक्छ।माउथवासले एक मिनेटसम्म गरगर गरियो भने ९९.९९ प्रतिशतसम्म कोरोना निष्क्रिय बनाउन सकिन्छ।कोरोना संक्रमित एवं क्वारेन्टिनमा रहेका व्यक्तिले यो प्रयोग गरेका खण्डमा निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ।

जबसम्म खोप बन्दैन, तबसम्म संक्रमण रोक्ने नयाँ तरिका खोज्न आवश्यक
पेनसिलवेनिया विश्वविद्यालयको माइक्रोबायोलोजिस्ट क्रेग मेयर्सका अनुसार जबसम्म खोप तयार हुँदैन, तबसम्म कोरोना संक्रमण रोक्ने यस्तै नयाँ-नयाँ तरिका खोज्न आवश्यक छ। उनी भन्छन्, ‘हामीले कोरोना भाइरसको संख्या घटाउन ओरल एन्टिसेप्टिक र माउथवास प्रयोग गर्ने गरेका छौं। यी सजिलै पाइने वस्तु हुन्। जसलाई मानिसले दैनिक प्रयोग पनि गरिरहेका छन्।’अहिलेसम्मका अनुसन्धानले नाक र मुख नै कोरोना भाइरको प्रवेशद्वार भएका देखाएका छन्।

READ MORE NEWS

जो सधैं संक्रमितसँगै हुन्छन्

अस्पतालमा भर्ना भएका संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले दुई महिनादेखि काठमाडौंमै भएका आफन्तलाई समेत भेटेका छैनन् ।

काठमाडौँ — कसैलाई जागिर पाए कस्तो न हुन्छ भन्ने लाग्छ । पाएपछि जब आफूले सोचेजस्तो हुँदैन, जागिरप्रति नै नकारात्मक सोच आउँछ । तर टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार बिहान भेटिएकी नर्स रिया गुरुङ खुसी थिइन् । उनका आमाबुबा काठमाडौं ढल्कोमा बस्छन् । दुई महिनादेखि भेट्न पाएकी छैनन् । तैपनि उनलाई कुनै गुनासो छैन ।सम्झना आउँदा आमाबुबालाई भिडियो कल गर्छिन् । अस्पतालका दिनभरिका दुःखसुखका कुरा साट्छिन् । आमा, बुबा र आफन्तको खबर फोनबाटै लिन्छिन् । संक्रमितको उपचारमा खटिने कसम खाएर ६ महिनाअघि जागिर प्रवेश गरेकी उनलाई घरपरिवार सँगै नहुँदा होस् वा सँगै बसेर दसैं मनाउन नपाउँदा पनि दुःख लागेको छैन । जागिरप्रति वितृष्णा छैन । कोरोना संक्रमण बढेसँगै घरपरिवारबाट स्वास्थ्यकर्मीलाई जागिर छाड्न दबाब हुन्छ । तर, उनी भने ६ महिनाअघि कोराना संक्रमितको मात्रै उपचार हुने टेकु अस्पतालको सेवामा प्रवेश गरेकी हुन् ।६ घण्टाको ड्युटी सकेर उनी घर जान पाउँदिनन् । होटलको कोठामा पुग्छिन्, जुन होटल अस्पतालले आइसोलेसनका लागि बुक गरेको छ । एउटा कोठामा दुई जना राखेको छ । होटलको खर्च अस्पतालले नै बेहोर्ने गरेको छ । अरू बेला घर नजाँदा खासै न्यास्रो नमानेका रियाका आमाबाबुले छोरी दसैंमा पनि नआउने भएपछि भने खल्लो मानेका छन् । ‘फोनमा चाडबाडका बेला पनि किन नआउने भन्नुभएको छ । घर आउँदा कोरोना सर्न सक्छ भनेपछि उहाँहरूले न्यास्रो मान्नुहुन्छ तर सम्झाइरहेको छु,’ उनले भनिन्, ‘नियमित बिरामीसँगै हुँदा कहिले त घरपरिवार पनि बिर्सन्छु । हामी सधैं संक्रमितका साथमा हुन्छौं । यदि मलाई संक्रमण भएको रहेछ भने त बुबाआमालाई सर्छ कि भन्ने डर हुन्छ । त्यसैले घर जान मन छैन ।’ सिकिस्तै भएर आइपुगेका संक्रमितलाई निको पारेर पठाउँदा आमाबुबाको न्यास्रोसमेत मेटिने उनले बताइन् ।

बिहीबार बिहानको आफ्नो पालो सकिएपछि उनले सँगै जागिर प्रवेश गरेकी सिरहाकी विद्या कार्कीलाई ड्युटी हस्तान्तरण गरिरहेकी थिइन् । कुन बिरामीको अवस्था के छ भन्ने विद्यालाई सुनाइन् । उनले पनि काठमाडौंको तीनकुनेमा रहेका आमाबुबालाई नभेटेको एक महिना भइसकेछ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनबाट नर्सिङ सकेकी विद्याको पनि टेकुमा पहिलो जागिर हो । ड्युटी ‘हेभी’ भए पनि रमाइलो लागिरहेको उनले बताइन् । ‘पहिला १२ घण्टा ड्युटी हुन्थ्यो, अर्को दिन बिदा हुन्थ्यो । अहिले दैनिक ६ घण्टा गर्नुपर्छ, बिदा छैन,’ उनले भनिन्, ‘ड्युटी सकिएपछि घरमा होइन होटलमा जान्छौं । घरमा नगएको एक महिना भयो ।’ उनको पनि घरमा आमा र बुबा मात्रै छन् । ‘संक्रमित बढेपछि घर जान छाडेकी हुँ । पहिला दुई सातामा एकछिन बुबाआमा भेटेर फर्किन्थें । अहिले त फोन र म्यासेन्जरमा मात्रै भेट हुन्छ ।’ दसैंमा पनि उनको ड्युटीको पालो परेको छ । ‘घरबाट दसैंमा छुट्टी मिल्छ कि भन्नुभएको थियो मिल्दैन भन्दा आमाबुबा निराश हुनुभएको छ,’ उनले भनिन् ।१७ औं निजामती सेवा दिवसमा उत्कृष्ट निजामती कर्मचारीबाट पुरस्कृत अस्पतालको आईसीयू नर्सिङ इन्चार्ज उषादेवी देवकोटाको दैनिकी पनि उस्तै छ । दैनिक १२ घण्टाभन्दा बढी अस्पतालमा बिरामीसँगै हुने उनी चैतदेखि नै होटलमा बसिरहेकी छन् । प्रायःजसो उनी बिहान ६ देखि बेलुका ८ बजेसम्म अस्पतालमै हुन्छिन् । होटलमा बस्दा घरको काम बर्बाद भयो भन्ने गरेको उनले बताइन् । छोरीको न्यास्रो लाग्दा फोनमा गफिन्छिन् । दुई साता काम गरेपछि पीसीआर गर्दा नेगेटिभ देखिए घरमा परिवारलाई भेट्न जाने गरेको उनले बताइन् । ‘एक छुट्टै कोठामा बस्छौं फेरि फर्कन्छौं,’ उनले भनिन्, ‘परिवारदेखि हामीलाई डर लाग्छ, हामीदेखि परिवारलाई ।’अस्पतालमा जति पनि संक्रमित छन् उनीहरूलाई आडभरोसा दिने र उपचारको नेतृत्व गर्ने डा. अनुप बाँस्तोलाको सास्ती पनि अरूको भन्दा कम्ती छैन । बिहीबार त बिहानको खाना पनि बेलुका ५ बजे खाइरहेका थिए । बिहानै अस्पताल पुगेका उनले दिनभरि के गर्ने भनेर टिमसँग छलफल गरे । २१ जना आईसीयूमा र २० जना वार्डमा संक्रमित भर्ना भएका छन् । राउन्डमा उनीहरूलाई भेटे । ‘अरू बेला राउन्ड सकाएर खाना खान्थें आज त सीसीएमसीमा मिटिङ भएकाले त्यतातिर गएँ । खाना खानै बिर्सेछु,’ उनले भने । आकस्मिक कक्षमा ल्याएका तीन जनाको अवस्था बुझ्न उनी साँझ फेरि अस्पताल पुगे । ‘दिनभरि अस्पतालमै बिताएर घरमा आराम गरिरहेको हुन्छु । अस्पतालबाट बिरामीलाई समस्या भयो भनेपछि गाडीको गति बढाउँदै पुग्छु,’ उनले भने, ‘मुलुकमा संक्रमित देखिन थालेपछि कुनै पनि दिन बिदा बस्नसमेत पाएको छैन ।’सिकिस्त भएर आएका बिरामीलाई निको बनाउँदा उनी सबै दुःख भुल्छन् । सधैंजसो संक्रमितसँगै हुने भएकाले १५ महिने बच्चालाई समेत टाढैबाट हेरेर चित्त बुझाउँछन् । कोरोना सुरु हुँदा उनको बच्चा ६ महिनाको थियो, अहिले १५ महिनाको भइसक्यो । ‘यो अवधिमा उसलाई टाढैबाट हेरेर चित्त बुझाइरहेको छु,’ उनले भने, ‘सधैंजसो संक्रमितसँगै हुने भएकाले परिवारदेखि टाढै बसिरहेको छु ।’ अस्पतालबाट फर्केपछि उनी माथिल्लो तलामा एक्लै बस्छन् । परिवारसँग पनि दूरी कायम गरेर भेट्ने गरेको उनले बताए । उनको घरमा ६७ वर्षे बुबा र ६५ वर्षीया आमा छन् । ‘उहाँहरूलाई कोरोना सर्नबाट जोगाउनु छ,’ उनले भने । परिवारले ल्याएर अलग्ग राखिदिएको खाना खाएर ड्युटी जान्छन्, अनि छुट्टै कोठामा सुत्छन् । कोरोना देखिएपछि जागिरको समय पनि निश्चित नभएको उनले बताए । उनी अस्पतालका प्रवक्ता पनि हुन् । जतिसुकै व्यस्त भए पनि कोरोनासम्बन्धी पत्रकारले राखेको जिज्ञासाको उत्तर दिन होस वा होम आइसोलेसनमा बसेका संक्रमितलाई परेको समस्याको समाधान दिन पनि उनी भ्याउँछन् । अस्पतालमा कति बेड खाली छ ? भन्ने स्वास्थ्य मन्त्रालयले बारम्बार सोध्ने जानकारी दिन पनि उनले भ्याइरहेका हुन्छन् ।राज्यका उच्च तहका व्यक्तिलाई संक्रमित हुँदा सबैले सम्झने उनै बाँस्तोलालाई नै हो । कतिपयले घरमै बोलाउँछन् । उनी सकेसम्म फोनबाटै समस्या समाधान गर्छन् । ‘पछिल्लो दिन त आईसीयू चाहियो भन्ने फोन बढी हुन्छ । बेड खाली छैन भन्दा साह्रै दुःख लाग्छ,’ उनले भने । संक्रमितको उपचारमा प्रत्यक्ष सहभागी हुने टिममा उनीसहित ११ जना कन्सल्ट्यान्ट छन् । डा. अनुपजस्तै अन्य १० जना कन्सल्ट्यान्ट र स्टाफ नर्सहरूले घरपरिवार बिर्सेर संक्रमितको उपचारमा मात्रै व्यस्त हुन्छन् ।‘दिनभरि अस्पतालमा हुन्छौं,’ डा. शम्भु अधिकारीले भने, ‘राति होटलमा बसे पनि अनड्युटी भएकाले जुन बेला पनि जानुपर्ने हुन्छ ।’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले चिकित्सक र स्वास्थ्यकर्मीको मिहिनेतकै कारण भर्ना भएका सबैजसो बिरामीलाई निको पारेर पठाउन सकिएको बताए । ‘अस्पतालमा आवश्यक पर्दा जुन बेला पनि उपस्थित भएर काम गर्न हाम्रा टिम तयार छन्,’ उनले भने ।अस्पतालको सेवाबाट प्रभावित भएकै कारण निजी अस्पतालमा भर्ना भएका बिरामीले समेत यहीं उपचार लिन पालोसमेत कुर्ने गरेका छन् ।

सरकारी अस्पताल होस् त टेकुजस्तो

– कृष्णदास मानन्धर, प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

मलाई कोरोना देखिएपछि ५ दिनसम्म घरमै आइसोलेसनमा बसें । ज्वरो १०४ भन्दा घटेन । सास फेर्न पनि गाह्रो भएपछि टेकु अस्पतालको इमर्जेन्सीमा गएँ । मेरो सीटीस्क्यान, एक्सरे, ईसीजी तत्काल भयो । रिपोर्ट हेरेपछि तत्काल आईसीयूमा भर्ना गरियो । मेरो अवस्था गम्भीर भएपछि डाक्टर सबै जम्मा हुनुभयो । फटाफट उपचार भयो ।अस्पतालको टिमवर्कबाट म साह्रै प्रभावित भएँ । स्टाफहरूको लगनशीलता देखें । मलाई राखेको कोठामा ६ वटा बेड थिए । एक जना बूढीआमै हुनुहुन्थ्यो । उहाँहरूलाई खुवाउने, ट्वाइलेटको व्यवस्था गर्ने, प्याड फेरिदिन त्यहाँका स्टार्फ नर्सहरूले कहिल्यै झन्झट मानेको देखिएन । मलाई सरकारी अस्पताल सेवा कस्तो हुने हो ? भन्ने लागेको थियो, सोचेभन्दा धेरै राम्रो । यतिसम्म कि नर्सिङ इन्चार्ज आफैं सफा गर्नुहुन्छ । खाजा र खाना व्यवस्था उत्तिकै राम्रो छ ।


Your Views
Related News