३अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दसैंमा पनि नरोकिने भएको छ ।कोरोना महामारीपछि देशव्यापी लकडाउनका बाबजुद रंगशाला निर्माण कार्य जारी राखेको फाउन्डेसनले दसैंमा कामदारकै चाहनाअनुसार काम जारी राख्न लागिएको फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेलले जानकारी दिए ।‘वैशाखको २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेका हौं । साउनदेखि करिब २ सय जना र अहिले २ सय ३३ जना मजदुर कार्यरत छन्,’ अध्यक्ष कट्टेलले भने, ‘अहिलेको परिस्थिति र निर्माणकार्यको अवस्थालाई मध्यनजर राख्दै सबैसँग प्रतिक्रिया माग्दा धेरैजसोले रंगशाला उभ्याएर मात्रै घर जाने र आफूहरूका लागि यही नै चाडपर्व भएको बताएपछि काम सञ्चालन गर्न लागिएको हो ।’ रंगशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीं दसैं मनाउने धुर्मुसले बताए ।गत वर्षको मंसिर १ देखि मुख्य रंगशाला निर्माणको काम सुरु भएको हो । सुरुआतमा २२ लाख लिटरको ड्रेन निर्माण र प्यारापिटको पिलरको फाउन्डेसन तयार गर्न फागुनसम्मको समय लाग्यो । चैत महिना लकडाउनका कारण काम सञ्चालन हुन नसके पनि वैशाखयता रंगशालाको पूर्व (स्टान्ड बी) र पश्चिम (स्टान्ड ए) मोहडामा रहने प्यारापिटको काम सुरु गरिएको हो । यो प्यारापिट ३० हजार दर्शक क्षमताको हुनेछ ।रंगशालाको ३ सय ६० वटा पिलरमध्ये २ सय वटा पिलर ठड्याइसकिएको छ । स्टान्ड ए मा सबै पिलर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड बिमा ६५ वटा पिलर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।परियोजना व्यवस्थापक जनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै टाइबिमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यक मालसामग्रीहरूको अभाव, कामदारहरूको समस्या, बर्खा र निरन्तरको झरीका बावजुत पनि रंगशालाको काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । ‘कोरोना भाइरसका कारण देखाउँदै धेरैजसो विकास आयोजनाहरूको काम प्रभावित भएका छन्, तर यो राष्ट्रिय गौरवको परियोजनामा भने निरन्तर काम भइरहेको छ,’ कट्टेलले भने ।२०७५ साल माघ १६ गते राष्ट्रिय सभागृहमा बृहत् घोषणासभा आयोजना गरी रंगशाला निर्माण अभियान सुरु गरिएको हो । रंगशाला निर्माणको सामाजिक अभियानमा जोडिएर बोलकबोल भएका रकमहरू समयमै उठेको भए रंगशाला निर्माणको कार्यप्रगति अझै धेरै हुन सक्थ्यो । तर काम भएको दिनको गणना गर्ने हो भने पनि धेरै प्रगति भएको कट्टेलले जानकारी दिए ।रंगशाला निर्माणमा अहिलेसम्म २४ करोड १४ लाख ६० हजार रुपैयाँको आर्थिक स्रोत जुटेको छ । निर्माणमा असोज मसान्तसम्म ३० करोड ५५ लाख १२ हजार रुपैयाँ खर्च भएको फाउन्डेसनका आर्थिक प्रशासन प्रमुख मुक्ति तिमल्सिनाले जानकारी दिए । यसो हुँदा फाउन्डेसन अझै ६ करोड ४० लाख ५२ हजार रुपैयाँ ऋणमा छ ।सरकारी तवरबाट रंगशालालाई वाग्मती प्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाबाट २ करोड, हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ । अन्य केही स्थानीय तहले बालुवा, ढुंगा र गिट्टी सहयोग गरेका छन् । रंगशाला निर्माणमा खर्च भएको ठूलो हिस्सा जनस्तरबाट प्राप्त सहयोग नै रहेको फाउन्डेसनले जनाएको छ । रंगशालाका लागि गएको माघमा लगाइएको बृहत् धनधाञ्याचल महोत्सवबाट ८ करोड ४६ लाख ३० हजार नगद संकलन भएर काम अघि बढेको थियो ।

READ MORE NEWS

उत्तर प्रदेशमा दारी पाल्ने मुसलमान प्रहरी निलम्बित, निर्णय साम्प्रदायिक भएको भन्दै विरोध

भारतको उत्तर प्रदेशस्थित बागपतमा एक मुसलमान सब-इन्स्पेक्टरलाई विनाअनुमति दारी राखेर अनुशासन पालन नगरेको आरोपमा निलम्बन गरिएपछि विवाद उत्पन्न भएको छ। धेरैले उत्तर प्रदेश प्रहरीप्रति साम्प्रदायिक निर्णय गरेको आरोप लगाएका छन्।बागपत थाना रमालाका सब-इन्स्पेक्टर इन्तेसार अली निलम्बनमा परेका हुन्। उत्तर प्रदेशका प्रहरी अधीक्षक अभिषेक सिंहले कानूनको दायरामा रहेरै कारबाही गरेको दाबी गरेका छन्। इन्तेसार अलीले अनुमति नलिइ दारी पालेर अनुशासन पालन नगरेको उनको भनाइ छ।तर, सइ अलीले भने आफूले गएको वर्ष नोभेम्बरमा नै दारी राख्न अनुमति मागेको भए पनि नदिइएको बताएका छन्। जरुरी परे आफू अदालत पनि जान तयार रहेको उनले बताएका छन्। यता प्रहरी अधीक्षक सिंहले आफू पनि अदालतको सामना गर्न तयार रहेको प्रतिक्रिया दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।यूपी पुलिसको निर्णयप्रति धेरैले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन्। उनीहरुले यूपी पुलिसले धर्मबाट प्रेरित भएर पक्षपात गरिरहेको आरोप लगाएका छन्। तर, प्रहरी अधीक्षक सिंहले भने यो कारबाही धर्मसँग नजोडिएको दाबी गरेका छन्। उनले भनेका छन्, “यूपी पुलिस अनुशासित फोर्स हो। कमान्डिङ अफिसर हुनुको नाताले मैले अनुशासन पालना गराएको हुँ। सइलाई दारी काट्न सूचना दिए पनि नटेरेपछि कारबाही गरिएको हो।”पुलिस नियमानुसार सिख प्रहरीबाहेक अन्य सबैले दारी राख्नका लागि अनुमति लिनु अनिवार्य छ। त्यसकारण यो प्रहरीको आन्तरिक मामिला भएको भन्दै यूपी पुलिसले यसलाई साजिक सञ्जालमा चर्चाको विषय नबनाउन आग्रह गरेको छ।तर, ट्विटरमा विरोध गर्नेहरुले यूपी पुलिसको धार्मिक कार्यलाई उल्लेख गरेका छन्। भीम आर्मीसँग जोडिएका हिमांशु वाल्मीकिले ट्विटरमा लेखेका छन्, “उत्तर प्रदेशका हरेक पुलिस थानामा मन्दिर छन्, मस्जिद, चर्च, गुरुद्वार किन छैनन्? भारत देश संविधानबाट चल्छ, मनुस्मृतिबाट होइन।”पूर्व आईपीएस अफिसर विभूति नारायण रायले भने एक प्रहरीको निलम्बनलाई जबर्जस्ती साम्प्रदायिक रङ दिइएको बताए। प्रहरीले हरेक दिन दारी फाल्नुपर्ने नियम छ। उनी भन्छन्, “म आईपीएस बनेपछि दारी नकाटेको भन्दै मलाई पनि दुई तीन पटक त कारबाही गरियो। पुलिस अनुशासित बल भएकाले पुलिस अधीक्षकको कारबाही जायज छ।”तर, प्रहरीले मुसलमान प्रहरीलाई मात्र पेल्न थालेको विरोधी मत राख्नेहरुको आरोप छ। पत्रकार रोहिणी सिंहले ट्विटरमा एक प्रहरी अधिकारीको फोटो राखेकी छिन्, जसमा ती प्रहरी यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको अघि घुँडा टेकेर हात जोडी टीका लगाइरहेका छन्।उनले लेखेकी छिन्, “यदी सेवा नियम दारी राख्ने अनुमति दिँदैन भने कोही राजनीतिक व्यक्तिको अगाडि झुक्ने अनुमति पनि दिँदैन। वास्तवमा यो त दारी राख्नुभन्दा बढी नराम्रो हो। यी प्रहरीलाई पनि निलम्बन गर्न आवश्यक छ।”

गाउँ पस्न पीसीआर रिपोर्ट अनिवार्य

जिल्लाका केही स्थानीय तहले गाउँ प्रवेश गर्दा पीसीआर परीक्षण रिपोर्ट अनिवार्य गरेका छन् ।पूर्वखोला र बगनासकाली गाउँपालिकाले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरेका हुन् । दुवै स्थानीय तहले सीमा जोडिएका अर्को स्थानीय तहमा आवतजावत बन्द गर्ने निर्णय गरेका छन् । भारतलगायत तेस्रो मुलुक र मुलुककै विभिन्न स्थानबाट गाउँपालिका प्रवेश गर्दा कोरोना संक्रमण फैलिने भन्दै रिपोर्ट अनिवार्य गरिएको ती पालिकाको भनाइ छ ।‘जतासुकै संक्रमणको त्रास बढेको छ,’ पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले भने, ‘त्यसैले गाउँपालिका प्रवेश गर्दा पीसीआर रिपोर्ट चाहिने निर्णय भएको हो ।’पछिल्ला केही दिनयता गाउँमा दसैं मनाउन भित्रने नागरिकको संख्या वृद्धि भएको छ । पूर्वखोलामा समुदाय स्तरमा संक्रमितको संख्या बढेको छ । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका र वडा कार्यालय सिल गरेको छ ।


Your Views
Related News