‘परिवारसँग भिडियो कल गरेर दिनभरको थकान मेटाउँछु’

काठमाडौं : मुलुक कोभिड-१९ को महामारीसँग जुधिरहेको छ। सबैतिर कोभिडको त्रास छ। सँगसँगै हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमी सबैको घर-आँगनमा आइपुगिसकेको छ।यसपटकको चाडपर्व विगत वर्षका जस्ता छैनन्। परिस्थितिले परिवार तथा आफन्तसँग बसेर हर्षोल्लासमय वातावरणमा मनाउन सक्ने दशैँ बनेको छैन। कारण एउटै हो कोरोना महामारी र मृत्युदर बढिरहनुले पनि मानिसमा दशैँभन्दा पनि दशा आएको  प्रतीत भएको छ।धेरै मानिसहरू जो जहाँ बसेर काम गरेका छन् त्यहीँ ठाउँमा रमाएर चाडपर्व मनाउनुपर्ने अवस्था छ। सबैका मुहारमा हर्ष हुनुपर्नेमा चिन्ता र निराशाको बादलले ढाकेको छ।अस्पतालमा बिरामीको चाप बढेर बेड पाइएका छैनन्। कतिपय संक्रमित इमर्जेन्सीमा उपचार गराउन बाध्य छन्। केही स्वास्थ्यकर्मीहरू दिनरात नभनी संक्रमितको सेवामा तल्लिन रहँदै अस्पतालमा बसी दशैँ मनाउने तयारीमा छन्।यतिखेर कोरोना महामारी नभएको भए बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालकी नर्सिङ इन्चार्ज सुमित्रा थापा भक्तपुरस्थित घरमा जमरा राखेर आफ्नो ड्युटीमा जाने आउने गरिरहेकी हुन्थिन्। तर, समय सधै एकनास नहुने भएकोले दशैँको पहिलो दिन घटस्थापना यानिकि जमरा राख्ने दिनसमेत उनले बिर्सिन्।सशस्त्र प्रहरी अस्पताललाई कोभिड उपचार केन्द्र बनाएपछि १४ दिनमा एकपटक उनी घर जान्छिन्। वैशाखदेखि अस्पतालमा कोभिड संक्रमितलाई उपचार गर्न थालेपछि घर गएको समय गन्न सकिने उनी बताउँछिन्। कोभिड हुदैन थियो भने घरबाट अस्पताल आइरहेकी हुन्थिन्।सुमित्राले यसपालिको दशैँ घरमा होइन अस्पतालमै मनाउँदै छिन्। आफ्नै सहकर्मी साथीहरूसँग बसी काम गर्दै रमाइलो मान्ने योजनामा छिन्।दशैँमा सुरक्षित हुन सक्यो र सबै बिरामीको सेवा गरी बाँच्न र बचाउन सकियो भने अर्को सालको दशैँ घर-परिवारसँग रमाइलो गरेर मनाउन सकिने उनको बुझाइ छ। देशमा दशैँभन्दा ठूलो कोरोना महमारी छ।‘दशैँ लागेको जस्तो महसुस भएको छैन। पहिले-पहिले घरबाट जाने आउने गरिन्थ्यो। दशैँ कहिले पर्छ सबै थाहा हुन्थ्यो,’उनले भनिन्,’ घटस्थापना पनि मैले बिर्सेको थिएँ। दिउँसो मोबाइल हेरेर थाहा पाएँ। अहिलेको समयमा अस्पतालमा २४ घण्टा सेवा गरिरहनु परिरहेको छ।‘सुमित्राले अस्पतालमा २४ घण्टा सेवा दिइरहेकी छिन्। बिहान र बेलुकाको दुवै सिफ्टमा हुन्छिन्। ड्युटीमा रहँदा खाना खानको लागि समय हुँदैन दिउँसोको १ बजे र रातिको ८ बजे खाना खान्छन्। उनीसहित ८ जना नर्सिङ स्टाफले दशैँमा अस्पतालमा सेवा दिने भएकी छन्।सुमित्रा जस्तै देशभरका धेरै स्वास्थ्यकर्मीहरूले यसपटक घरमा दशैँ मनाउने छैनन्। कोभिडको महामारी नआएको भए सबै स्वास्थ्यकर्मीहरू यतिखेर यात्रामा हुन्थे वा आ-आफ्ना घरमा पुगिसकेका हुन्थे।संक्रमितको उपचारमा खटिनुपर्ने भएकोले होला साताको बार पनि बेलाबेलामा बिर्सिने गर्छिन्। सातै दिन काम गरेपछि पुनः सात दिन क्वारेन्टाइनमा बसेर स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा २-३ दिनको लागि उनी घर जान्छिन्।सुमित्राको घरमा वृद्ध आमा, बाबा, श्रीमान् र ९ वर्षको छोरा छन्। भौतिक दूरीले टाढा भए पनि धेरै मानिसलाई प्रविधिले मानिसलाई नजिक बनाएको छ।अस्पतालबाट थोरै फुर्सदको समय निकालेर साँझ परिवारसँग भिडियो कलमार्फत गफ गरेर दिनभरको थकान मेटाउने प्रयास गर्छिन्। प्रविधिले टाढालाई भएकालाई सम्पर्क गर्न सजिलो बनाइदिएको उनी सुनाउँछिन्।

बिरामीको सेवा गर्न पाउँदा दुःख छैन

‘दशैँमा सबैभन्दा बढी सम्झना आउने भनेको परिवारको रहेछ, सन्तानको आमा भएपछि सन्तानको मायाले सताउँदो रहेछ,’ उनी सम्झिन्छिन्,’ मेरो करियरको जीवनमा पहिलोपटक दशैँमा टाढा भएँ। तर, देश र जनताको लागि सधैँ खटिनुपर्ने भएकोले दुःख धेरै लागेको छैन।‘नर्सिङ सेवामा लागेको १४ वर्षपछि महामारीको कारणले पहिलोपटक परिवारसँग दशैँ मनाउन नपाउने भएकी छन्। पहिलोपटक जागिरे जीवन सशस्त्र अस्पतालबाट सुरु गरिन्। यसपटक काम गरेर घर जाँदा पूर्णिमाको टीका लाउन पाउने उनले आशा गरेकी छन्।स्वास्थ्यकर्मीको काम भनेको बिरामीहरूको सेवा गर्नु रहेको सुमित्रा बताउँछिन्। फ्रन्टलाइनरको रुपमा काम गरिरहँदा हामीजस्तो स्वास्थ्यकर्मीले घरपरिवार, चाडपर्व भन्न नहुने उनको भनाइ छ। महामारीको समयमा पहिलो प्राथमिकतामा बिरामीले उपचार पाउनुपर्ने र हामी जस्ताले संकटको समयमा बढी जिम्मेवार भएर काम गर्नुपर्ने उनी बताउँछिन्।

सबै संक्रमित निको भएर जाऊन्

बलम्बु अस्पतालमा केही संक्रमितले ज्यान पनि गुमाइसकेका छन्। अस्पताल परिसरमा ज्यान गुमाउनेभन्दा निको भएर घर जानेको संख्या बढी छ। दैनिक १० जनाभन्दा बढी संक्रमित निको भएर घर जाने गरेका छन्।उनी अघिल्लो दिन बोलिरहेका केही संक्रमितहरूको भोलिपल्ट ड्युटीमा जाँदा मृत्यु भइसकेका हुन्छन्।‘कतिपय बोल्दाबोल्दै पनि आँखा अगाडि मृत्यु भएको छ। त्यस्तो अवस्था देख्दा भने असहज महसुस हुन्छ, ’ सुमित्रा भन्छिन्,’ चाहेर पनि केही गर्न सकिँदैन। सबै निको भएर घर जाऊन् भन्ने चाहना हुन्छ। हाम्रो काम भनेको बिरामीहरूको सेवा गर्ने र उपचार गर्ने हो। जतिसक्दो बिरामीलाई बचाउने प्रयास हुन्छ।‘

दीर्घरोगी बढी जोखिममा

लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको हो। सडक र बजारको वातावरण देख्दा कोरोना भाइरस केही होइन जस्तो देखिएको छ।अहिले पनि आम मानिसले सामाजिक दूरी कायम गरी, स्यानिटाइजर र मास्कको प्रयोगको प्रयोग गर्ने हो भने धेरै हदसम्म यसबाट बच्न सकिने उनको बुझाइ छ।अहिलेको समयमा सबैभन्दा वृद्ध उमेरका मानिसहरू बढी जोखिममा छन्। उनले चाडपर्वमा मानिसको बढी भिडभाड हुने भएकोले वृद्ध उमेर समूहका मानिसलाई सुरक्षित राख्नुपर्ने सुझाव दिइन्।यसबाट बच्नको लागि मानिसले आफ्नो शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्नुपर्छ। मधुमेह, किड्नी र दीर्घ रोग भएका मानिसहरू यस रोगको उच्च जोखिममा रहेको उनको अनुभव छ।

अभिनेत्री कंगना रनावतको मुस्किल बढ्दै

खरीबोट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावतको मुस्किल बढिरहेको छ । उनीविरुद्ध एकपछि अर्को मुद्धा दायर भएपछि अभिनेत्री झन् विवादमा परिरहेकी छन् ।पछिल्लो घटना उनले सामाजिक संजालमा अदालतको बारेमा अग्रेको टिप्पणीलाई लिएर विवादमा आएको छ ।कंगनाले ट्वीटरमा गरेको पोष्टलाई आधार बनाएर न्यायपालिकाविरुद्ध ट्वीट गरेको भन्दै अपराधिक मुद्दा दायर गरिएको छ ।मुद्धामा कंगनाविरुद्ध राजद्रोह र धार्मिक समुहका बीच विवाद पैदा गरेको आरोप लगाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।मुद्धामा कंगनाले विभिन्न समुदाय, कानुन, सरकार निकाय र न्यायपालिकाको मजाक उडाएको आरोप लगाइएको छ ।यसअघि मेट्रोपलिटन मजिस्ट्रेटको आदेशमा कंगनाविरुद्ध मुद्धा दायर भएपछि प्रहरीले अर्को साता कंगना र उनकी बहिनि रंगोली चंदेललाई बयानका लागि बोलाएको छ ।बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्धा दायर गर्न आदेश दिएपछि कंगनाले ट्वीटरमा अदालतलाई ‘पप्पु सेना’ भनेर टिप्पणी गरेकी थिइन् ।बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणपछि कंगना महाराष्ट्र प्रहरी र महाराष्ट्र सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुदै आएकी छन् । जसको जवाफमा मुम्बई महानगरले कंगनाको कार्यालय रहेको भवन अघिल्लो महिना अवैधानिक भन्दै भत्काइदिएको थियो ।

कोभिड–१९ पछिको पर्यटनमा उत्साह दैनिक २० देखि २५ समूहलाई अनुमति

कोभिड–१९ को संक्रमणबीच पनि नेपाल भ्रमणमा विदेशी पर्यटक आउन थालेका छन् । सरकारले सात महिना बन्द गरेको पर्यटन क्षेत्र यही कात्तिकदेखि विदेशी पर्यटकलाई खुला गरेको हो । पर्यटकलाई खुला गर्नेबित्तिकै दैनिक २० देखि २५ वटा समूहले अनुमति पाइरहेका छन् । ११ चैतदेखि कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै बन्द गरिएको विदेशी पर्यटकको आगमन १ कात्तिकबाट खुलाइएको हो । ७ महिनामा ७० अर्बभन्दा बढी क्षति व्यहोरेको पर्यटन क्षेत्र पर्यटकलाई खुला गरेसँगै उत्साहित देखिएको छ । सरकारले कोभिड–१९ कायमै रहेका कारण सहरी क्षेत्रमा भन्दा पनि पहाडी र हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणको प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । महामारीमै खुलेको पर्यटन क्षेत्रमा विदेशी पर्यटकको आगमनको सुरुवातले पर्यटन क्षेत्र उत्साही भएको छ । ‘हामीले नसोचेको उत्साह आएको छ, सन् २०२१ मा नेपालमा पर्यटक संख्या राम्रै  आउने संकेत गरेको छ,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले भने । अहिले मुख्य सिजन भएकाले पदयात्राका लागि बढी बुकिङ र अनुमति जारी गरिएको छ । पुराना बुकिङ अधिकांश रद्द भए पनि केही नयाँ तथा केही पुराना आइरहेकाले पर्यटन क्षेत्र केही उत्साही भएको अध्यक्ष सुवेदी बताउँछन् । अहिले पदयात्रा र पर्वतारोहणमा मात्रै पर्यटक आउने भएकाले दैनिक २० देखि २५ समूहले अनुमति लिइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए । गत ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले यसअघि नै खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् । सरकारले पर्यटकलाई ५ हजार डलरबराबरको बिमा अनिवार्य गरिएको छ र ७ दिन क्वारेन्टाइनले केही आउन खोजेका पर्यटक पनि रोकिएको र रद्द भइरहेको अवस्थालाई भने सरकारले तत्काल सम्बोधन गर्नुुपर्ने उनको भनाइ छ । सरकारले विदेशी पर्यटकलाई अनिवार्य ७ दिने क्वारेन्टाइनको व्यवस्था गरेको छ । ५ हजार डलरको बिमासमेत अनिवार्य भएकाले समस्या आएको उनको भनाइ छ ।पर्यटकले नेपालमा कोरोना सार्नेभन्दा पनि पर्यटकलाई संक्रमण हुने खतरा भएको अवस्थामा ५ हजार डलरको बिमा राख्नु व्यावहारिक नभएको उनको भनाइ छ । यता पिसिआर रिपोर्टलाई मान्यता दिने र नेपालमा पनि तुरुन्त परीक्षण गरेर घुम्न जान दिनुपर्ने उनको भनाइ छ । अहिलेको अवस्थाले लामो समय बस्न आउने पर्यटक मात्रै आउने भएकाले तत्काल समस्या समाधान भए रिकभरीको चरणमा प्रवेश गर्ने दाबीसमेत सुवेदीले गरेका छन् । ‘पर्यटन क्षेत्र खोल्नेबित्तिकै सकारात्मकतर्फ गएको छ, यसमा हामी सबै उत्साहित छाैँ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने । बिमाको प्रमियम २ सय डलर मात्रै भएकाले खासै भार पर्दैन, तर क्वारेन्टाइनको विषयमा भने छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने रेग्मीले बताए ।विश्वभर विदेशी पर्यटकलाई स्वास्थ्य मापदण्ड लागू गरेर खुला गरिरहेको सन्दर्भमा नेपालमा पनि खुलाएर सकारात्मक सन्देश गएको होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘खोल्नेबित्तिकै पर्यटकहरू आइहाल्ने भन्दा पनि नेपालमा वर्षमा एकपटक आउनेहरू जसले पहिले नै प्याकेज किनेर राखेका छन्, ती पर्यटक आएका छन्,’ शाहले भने । नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिई नेपाल आउन सक्ने व्यवस्था गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहणअनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ ।


Your Views
Related News