मुम्बई । अभिनेत्री दीपिका पादुकोण लकडाउनको सुरुका दिनमा सामाजिक सञ्जालमा सक्रिय थिइन् । यद्यपि बलिउड लागुऔषध मुद्दामा उनको नाम बारिहएपछि भने दीपिका इन्स्टाग्राम र ट्विटरमा देखिनै छोडिन् ।उनको इन्स्टाग्राममा अन्तिम पोस्ट २३ सेप्टेम्बरमा थियो । एक महिनापछि दीपिका पुनः इन्स्टाग्राममा देखिएकी छिन् । उनले इन्स्टाग्राम स्टोरीमा खास सन्देश पोस्ट गरेकी छन् । दीपिकाले बाहुबली फेम्ड अभिनेता प्रभासको जन्मदिनको विशेष अवसरमा एक महिनापछि सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् ।उनले अभिनेता प्रभासको फोटो राखेर यसरी शुभकामना लेखेकी छन्, “डियर प्रभास, तपाईं सधै खुशी र स्वस्थ रहनू । आशा गर्दछु आगामी वर्ष तपाईंको लागि उत्कृष्ट हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका र प्रभास एउटा नयाँ चलचित्रमा सँगै काम गर्दछन् । सुशान्त मृत्यु प्रकरण लागुऔषधको मुद्दामा अघि बढेसँगै अभिनेत्रीहरु दीपिका, सारा अली खान, श्रद्धा कपूर र रकुल प्रित सिंहसँग एनसीबीले सोधपुछ गरेको थियो । साथै लागुऔषध मुद्दामा दीपिकाको ह्वाट्स एप च्याट पनि बाहिरीएको थियो, भने उक्त गु्रपको एडमिन दीपिका रहेको खुलासा पनि भएको थियो । यद्यपि दीपिका एनसीबीलाई बयान दिने क्रममा आफूले लागुऔषध कहिले पनि सेवन नगरको तर चुरोट भने लिने गरेको बताएकी थिइन् । र चुरोटको लागि उनीहरु कोड वर्ड्स प्रयोग गर्ने गरेको पनि बताए ।
READ MORE NEWS
ओलीलाई प्रदेश सचिव शर्माको प्रश्न : नेकपामा कार्यकारी अध्यक्ष खारेज भएको हो ?
दशैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

काठमाण्डाै – आश्विन शुक्ल सप्तमीका दिन शुक्रबार अपराह्न पूजाकोठा एवं दशैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व शुक्रबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, उहाँले भन्नुभयो ।
देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नवदेवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद् प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
हनुमानढोकामा भित्र्याइयो फूलपात
हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डाैकाे जमलसम्म काठमाण्डाैबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधिमात्र गरेर पूरा गरिएको छ । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह र मङ्गल धुन गाउने मङ्गलिनी समूहको सहभागिता रहेको उहाँले बताउनुभयो ।
हनुमानढोका दरबार नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष भने कोरोनाका कारण औपचारिक कार्यक्रम नगरि परम्परागत रुपमा मात्र फूलपाती भित्र्याइएको छ । आश्विन शुक्ल प्रतिपदामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरुकाे महान् चाड दशैँको सामाजिक चहलपहल भने यही दिनदेखि बढ्ने गरेकामा यस वर्ष त्यति छैन । यही दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ । नेपालका ग्रामीण भेगमा यही दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे, जाँते र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण सहर बजारमा भिड हुने गरी पिङ हालेको देखिँदैन । बजारमा भने किनमेल गर्नेको भिड देखिन्छ । विशेषगरी खाद्य सामग्रीका पसलमा मानिसको भिड छ ।