वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन र रुसको हावा सबैभन्दा खराब भएको बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि शुक्रबार भएको अन्तिम टेलिभिजन बहसका क्रममा उनले भारत, चीन र रुसको हावा सबैभन्दा खराब भएको बताएका हुन् । राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति भारतीयहरुले यस विषयमा वभिन्‍न चासो, चिन्ता र आक्रोश व्यक्त गरेका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । तर, केहीले भने राजधानी नयाँ दिल्लीमा विश्वकै सबैभन्दा बढी वायु प्रदुषण रहेको स्वीकार गरेका छन् । पछिल्लो साता राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको स्तर निकै खराब बनेको छ । स्थानीयहरुले श्वासप्रश्वासमा समेत समस्या भइरहेको बताइरहेका छन् । भारतमा वायु प्रदुषणको स्तर २.५ पीएम पुगेको छ । जुन अति खतरानक अवस्था हो । पछिल्लो साताहरुमा राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको औषतमा १८० देखि ३०० माइक्रोग्राम प्रति घनमिटर रहेको छ । यो भनेको विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डभन्दा १२ गुणा बढी हो । पेरिस जलवायु सम्झौताका विषयमा बोल्दै राष्ट्रपति ट्रम्पले भने , “त्यहाँ भारतमा हेर्नुहोस्, रुसमा हेर्नुस्, चीनमा हेर्नुस् । वायु प्रदुषणको अवस्था कस्तो खराब छ । पेरिस सम्झौतामा हामीलाई अन्याय भएको थियो । त्यसकारण बाहिरिने निर्णय गरिएको हो ।” भारतमा जाडो मौसममा वायु प्रदुषणको अवस्था निकै खराब हुने गरेको यथार्थ हो । राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्‍जाल ट्विटरमा ‘फिल्थी’, ‘हाउडी मोदी’ ट्रेन्डिङमा पुगेका थिए ।

READ MORE NEWS

सञ्जय दत्तले जिते क्यान्सरको लडाईं

बलिउडका दिग्गज अभिनेता सञ्जय दत्तले अन्ततः क्यान्सरको लडाई जितेका छन् । यस खबरले बलिउडसहित उनका फ्यान माझ निकै खुसी बढाएको छ ।सञ्जय दत्तले आफुले क्यान्सर जितेको बिषयमा आफ्ना फ्यानहरुलाई आफै जानकारी दिएका छन् । उनले ट्वीटमार्फत आफ्नो परिवार, साथीभाइ र फ्यानहरुलाई धन्यवाद दिदैं आफ्नो अप्ठेरो परस्थितीमा साथ दिएकोमा आभार ब्यक्त गरेका छन् ।सञ्जयले ट्वीटमा लेखेका छन्, ‘विगत केही साता पहिले म र मेरो परिवारका मुस्किल अवस्थामा थियौं । तर भनिन्छ नि भगवानले सबैभन्दा कठिन परीस्थितीमा साथ दिन्छन् आज म छोराको जन्मदिनको अवसरमा यो लडाई जितेर आउँदा अत्यन्त खुसी छु । यसका लागी तपाईंको सहयोग मेरा निम्ती शक्ति बनिदियो ।’सञ्जयलाई फोक्सोको क्यान्सर भएको थियो । उनलाई श्वास लिन अहसज भएपछि अस्पताल भर्ना गरीएको थियो ।

हामीले अब अर्को लडाईं गर्न बाँकी नै छ : प्रभु साह

गौर, ७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर–३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि लड्नु पर्ने बताएका छन् ।रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले एकात्मक सत्ता र सामन्तवादविरुद्ध लामो संघर्ष गरिसकेकाले अब विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताए ।नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका सांसद साहले जनता र सबै तहको सरकारको सहकार्य हुन सके तीव्र गतिमा विकासको लक्ष्यतर्फ अगाडि बढ्न सकिने बताए ।‘हामीले लामो समयसम्म राजतन्त्र र सामान्तवादका विरुद्ध संघर्ष गरेर देशमा परिवर्तन ल्याएका हौं । हिजोको लडाई आम जनताको साथ बिना सम्भव थिएन । तर लडाई त्यही रोकिएको छैन, हामीले अर्को लडाई लडन बाँकी नै छ। अबको लडाई विकासका लागि, समृद्धिका लागि । हिजो जस्तै तपाईहरुले यस लडाईमा पनि साथ दिन जरुरी छ’, पूर्वमन्त्री समेत रहेका सांसद साहले भने ।उनले बकैया बगरको डिलमा ठूला शहर निर्माण गर्न आफूले योजना अगाडि बढाएकाले त्यसलाई सार्थक बनाउनु आम नागरिक लाग्नुपर्ने बताए । सामन्तवादको अवशेषका रूपमा रहेका शक्तिहरु जति बल गरे पनि समृद्धिको अभियान रोक्न नसक्ने भन्दै उनले सचेत गराए।कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह एवम् मनोज यादव, देवाही गोनाहीका मेयर प्रत्यासी धर्मेन्द्र पटेल र प्रेमलाल साह लगायतका नेताहरूको उपस्तिथि थियो ।

संयमित भएर चाडपर्व मनाऔं : अध्यक्ष प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्यमित भएर चाडपर्व मनाउन आग्रह गरेका छन् ।शुक्रवार अध्यक्ष प्रचण्डले दशैं, तिहार तथा छठ पर्वका लागि शुभकामना सन्देश जारी गर्दै सुरक्षाका मापदण्डको पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेका हुन् ।उनले कोरोनाका कारण अहिले चाडपर्व मनाउने अवस्था नभएको भन्दै उनले संयमित हुनुपर्ने सन्देशमा बताएका छन् ।अध्यक्ष प्रचण्डले नेपाली समुदायले मनाउने विभिन्न चाडपर्वले आपसी संहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्ने समेत जनाएका छन् ।

अध्यक्ष दाहालद्वारा जारी शुभकामना 

हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा, अधिकांश घाटामा

क्षेत्रफलको आधारमा देशकै सबै भन्दा ठूलो औद्योगिक क्षेत्र हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका सबै उद्योग संचालनमा आएका छन् । लकडाउनका कारण बन्द भएका ६० प्रतिशत उद्योग एक साताअघिदेखि सुचारु भएसँगै औद्योगिक क्षेत्रका सबै एक सय ११ वटै उद्योग संचालनमा आएका हुन् ।लकडाउनमा अत्यावश्यक र खाद्यान्न सामाग्री उत्पादन गर्ने विस्कुट, चाउचाउ, बेकरी, पानी, दाना र दुग्ध उद्योग बाहेकका ६० प्रतिशत पूर्ण रुपमा बन्द थिए । सार्वजनिक यातायात सुचारुसँगै मजदुर आउन थालेपछि सबै उद्योग संचालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले बताए ।उनका अनुसार अत्यावश्यक सामाग्री र खाद्यान्न उत्पादन गर्ने ८० प्रतिशत र रसायनिक पदार्थ, निर्माण सामग्री, मेशिनरी, धुम्रपान, पियेपर्दाथ र प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने उद्योग ५० प्रतिशत क्षमतामा संचालन भइरहेका छन् । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब ५ अर्ब ५० करोड र सरकारी लगानी ९० करोड रहेको कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रका उद्योगमा हाल १० हजार ५ सय रोजगाररत् छन् ।

अधिकांश उद्योग घाटामा

हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग संचालनमा आएपनि अधिकांशले नोक्सानमै सुचारु गरेका छन् ।उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलका अनुसार उद्योग संचालनमा आएपनि अधिकांशले ४० प्रतिशतसम्म घाटा व्यहोरिरहेका छन् । उत्पादन क्षमता घटाएका उद्योगहरुले ४० प्रतिशतसम्म घाटा व्यहोरेको उनको दाबी छ ।अत्यावश्यक र खाद्यान्न सामाग्री उत्पादन गर्ने बाहेकका उद्योगले अहिले ५० प्रतिशतसम्म उत्पादन क्षमता कटौती गरेको छन् ।’ उनले भने ‘माग कम हुँदा उत्पादन र बिक्री कम हुने हुँदा ४० प्रतिशतसम्म घाटा व्यहोरे ६० प्रतिशत उद्योग संचालन भइरहेका छन् ।’ उनले फर्निचर फर्निसिङ, मेटल उद्योगहरु अहिले पनि शत प्रतिशत घाटामा रहेको बताए .।अब शुक्रबारबाट ६ दिन ९० प्रतिशत उद्योग बन्द हुने उद्योग संघले जनाएको छ । दसैं बिदाका कारण दुग्ध, पानी उत्पादन गर्ने बाहेकका सबै उद्योग बन्द हुने अध्यक्ष पोखरेलले जानकारी दिए ।


Your Views
Related News