मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्कीअड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंशमा सानो छँदाको दशैं, र दर्शन गर्न जाने विभिन्न मन्दिरहरूबारे हामीसित गरेको कुराकानीमा आधारित छ, वहाँकै शब्दमाः

माइतको रमाइलो दशैं

हामी सानो छँदा दशैं कहिले आउँछ जस्तो लाग्थ्यो। रमाइलो मात्र हुन्थ्यो। त्यो बेला जे कुराले आनन्द भयो अहिले त्यो छैन बा !ढोकाटोलमा दशैंकोठा, पूजाकोठाभन्दा अर्कै हुन्थ्यो। साना केटाकेटीहरू जान नपाउने। छोराहरूले मात्र पूजा गर्न पाउँथे। सब कुरा सटासट हुन्थ्यो। हामीहरूको नवमीमा कन्या पूजा गथ्र्यौं। मलाई त मैले थाहै नपाउने बेलामा पनि मेरो धाईले बोकेर कन्या पूजा गराउन हाम्रो नातेदार कहाँ लान्थिन् रे ! मलाई पूजा गर्ने त कति कति। छोरी म मात्र जन्म्या थिएँ। अरू सबतिर– डिल्लीबजारमा, रक्तकालीमा छोरैछोरा मात्र पाएका थिए। अनि त धाईले सब गुरुज्यूहरूको घरमा पु¥याउँथी। दिदीको बिहे भइसकेको थियो। ढोकाटोलमा सबले पूजा गर्थे, बडमुवा (शिवकुमारी पाण्डे) ले पनि। हुन त दुल्हा बितेदेखि बडमुवा अलग्गै लङमा बस्ने हो। तर, बोकेर ल्याउँथे। हिंड्नै नसक्ने। चार वटा सुसारेहरू राख्या थियो, बडमुवालाई बोक्ने। कहिले थपक्क अघिल्तिर बोक्ने, कहिले पछिल्तिर। कन्या पूजामा त लुगा, गहना, थुप्रो खानेकुराहरू पाइन्थ्यो। त्यो बेला त सामान राम्रो, असल हुन्थ्यो। फेरि हाम्रो खलक त सब गोरखाबाट आएका, अनि गोरखालीको चलन गजबको हुन्थ्यो। दशैंमा ढोकामा उभिन थप आर्मीहरु आउँथे। टीकाको दिन सब बनिबनाउ हुन्थ्यो। अनि धमाधम सब जर्नेलहरू (राणाजीहरू) त्यहीं आउँथे, गुरुमा (बडमुवा) को दर्शन गर्न र टीका लाउन। बडमुवाले टीका जमरा लगाइदिबक्सिन्थ्यो। अनि उनीहरूले दक्षिणा दिन्थे। राम्रै रुपियाँ पैसा दिन्थे। टीका लगाउन आउने सबलाई खुवाउनुपर्थ्यो। सब पकाएर राख्या हुन्थ्यो। खीर, सेल, बारा, अचार तयार हुन्थ्यो।अष्टमीको दिन पूजाको लागि बारा बनाउथे, ठूलोठूलो अनि सानोसानो पनि। बारा पकाउने बेलामा बोल्न हुन्न, नैवेद्यमा थुक जान्छ भनेर। ओठ टप्प। मेरो हजुरआमाले पकाउने बेलामा सबै चुप।टीका लगाउन हामी सबतिर जान्थ्यौं, रक्तकाली, डिल्लीबजारमा। एकैदिनमा हुन्थ्यो। फुपूहरू चैं ढोकाटोलमै आउने, त्यहीं टीका लाउँथ्यौं। हामीले एक एक रुपियाँ दक्षिणा पाउँथ्यौं क्यार। त्यो पैसा अनि कन्या पूजाको पैसा आ–आफ्नो काठको खुत्रुकेमा पनि राख्थ्यौं। पछि काम आउँथ्यो। त्यसको गहना बनाउँथ्यौं। सुन सस्तो थियो नि बा। हुन त उ बेला हामी केटाकेटीलाई पैसाको मतलबै थिएन। दशैंमा त जाडो भइसक्थ्यो। कुहिरो लाग्थ्यो। चंगा उडाउन भाइहरूले सिकाएकाथे, तर उडाइएन। बारीमा ठूलो, अग्लो पीङ हाल्या हुन्थ्यो। बच्चाहरूलाई छुट्टै, अलि सानो पीङ हुन्थ्यो। कस्तो रमाइलो हुन्थ्यो ! हामी त खेल्थ्यौं, बुवा मुवा चाहिं यसो बस्ने मात्र हो। बडमुवा सकिबक्सिन्नथ्यो।

हाम्रो चोकमा लाखे नचाउन ल्याउँथ्यो। नचाएपछि उनीहरूलाई पैसा पनि दिने, खान पनि दिने।  

ससुरा श्री चन्द्रकान्त जोशीले बुहारी(चन्द्रकुमारी) लाई दशैँमा काशीबाट लेखेको चिठ्ठी । पत्र २१ असोज १९९२ सालको र पोस्टमार्क त्यसको दुइ दिनपछि  – ९ अक्टोबर १९३५ भएको हो । तस्वीरमा देखिएका जमरा र प्रसाद ८५ वर्ष अघि उनले खामेकै हुन् !  घरको दशैंडिल्लीबजारको घरमा त दशैंमा खास क्यै हुँदैनथ्यो। ‘वैद्य’ (जोशी) हरूको त मैले खासै क्यै पनि थाहा पाइनँ। बुढाबुढी (सासूससुरा)हरू हुँदैनथे, मधेशमै हुन्थे। अनि घर बस्नु पर्दैनथ्यो। उनीहरू आएको बेलामा चैं डिल्लीबजार जानुपर्थ्याे। त्यस्तो बेला दशैं कोठा राख्याथे। टीकाको दिन कुलदेउताको पूजा गर्थे। के–के गर्थे खै, म त केटाकेटी थिएँ। पूजा सकिएपछि बल्ल टीका लगाउने। उनीहरू काशी गएपछि ससुरा (चन्द्रकान्त जोशी)ले दशैंको प्रसाद, टीका जमरा चिठ्ठीमा पठाउँथे, म र बल्लाम (छोरा बलराम जोशी) लाई। (बाजेले नाति बलरामलाई नारायण बाबु भनेर बोलाउनुहुन्थ्यो।)टीकाको दिन कुलदेउताको पूजा गर्थे । कुलदेउताकाे पूजा सामग्री ।दुई दशक अघि जोशी परिवारको कुल देउता दक्षिणकालीको दर्शन गर्दै चन्द्रकुमारी जाेशी।वैद्य (जोशी) हरूको कुलदेउता भएकोले दशैंमा या अरू कुनै बेला, वर्षको एक चोटि दक्षिणकाली जानुपथ्र्यो। अनि बोका पनि चढाउँथे। प्रसाद त्यहाँ पनि बाँड्ने, घरमा पनि ल्याउने। त्यैं हो चिसापानीबाट ल्याएको बोका चढाएको। बल्लामलाई खूब मनपरेको थियो त्यो बोका, नचढाउने भन्थ्यो। तर अरूहरूले ‘ओहो ! त्यस्तो भाकल गरेको बोका राख्नु हुन्न’ भने। बल्लामले राति लुकाएर राख्या रै’छ बुइँगलमा। त्यहाँबाट लिएर गएर चढाएको। काटेर ल्याए। बल्लाम धुमधाम रुन थाल्यो। उसले त्यो प्रसाद मासु छुँदै छोएन। ‘अलच्छिना हुन्छ, खानुपर्छ !’ भन्थे, तर खान्न भन्यो। अनि त मासु खानै छोड्यो। उसले छोडेपछि सानीमैया (बुहारी अंगूरबाबा जोशी)ले पनि छोडिन्। दशैंमा नेपाल (काठमाण्डू) का सबै देउताथान जानुपथ्र्यो। तलेजु र भगवतीथानहरूमा दर्शन गर्न जान्थ्यौं। बज्रयोगिनी र दक्षिणकाली जाने। मेरो बडमुवालाई खूब घुम्न मन पर्थ्याे, त्यसैले वर्षेनि जाने जता सुकै। तर, हिंड्न नसक्ने, अनि सबैतिर तामदानमा जाने। हामीहरू चाहिं वहाँको पछिपछि लागेर जान्थ्यौं।मन्दिर जाँदा बग्गीमा जान्थ्यौं। पछि बुवाले मोटर झिकाइबक्स्यो, अनि मोटरमा। मोटर आएपछि सजिलो भयो। ड्राइभर थियो मोटर हाँक्ने। त्यो बेला त अरू कसको मोटर हुन्थ्यो र ? राणाजीहरूको त हो नि !पाँच वर्ष अघि चन्द्रकुमारी जोशीको १००औँ जन्मदिनमा नाति र पनातिनीको सहयोगमा साँखुको बज्रयोगिनी मन्दि तर्फ ओर्लंदै।  पछाडि देखिएको जोशी सानो छँदा परिवारसँग साँखु जाँदा बस्ने गरेको घर हो र साँखुको बज्रयोगिनी मन्दिर।

बज्रयोगिनीमा वनभोज 

हामी वनभोज गर्न बराबर साँखु जान्थ्यौं। बज्रयोगिनी गुरुज्यूहरू, पाण्डेहरूको कुल देउता पनि हो। पूजा हुन्थ्यो, धुमधामको। दशैंमा जानुपथ्र्यो, टीका अगाडि। बग्गी तलसम्म जान्थ्यो। त्यसपछि ढुंगाको सिंढी थियो। ओहो, तलदेखि कत्ति माथिसम्म हिंड्नुपथ्र्यो। बीचमा ठूलो सत्तल थियो, एकैछिन थकाइ मार्न। अहिले त माथिसम्म गाडी नै जाने बनाइसके, अलिकति मात्र हिंड्नुपर्छ।साँखु बज्रयोगिनीमा चढाइएका घन्टाहरू, जसमध्ये लोकराज पण्डित (चन्द्रकुमारी जेशीको बाजे) को नाममा पत्नी शिवकुमारी पाण्डेले चढाएको  घन्टा ।बाथले बुवा (बडा गुरुज्यू विश्वराज पण्डित) को खुट्टा दुख्थ्यो, अनि बडमुवा र मुवा (पद्मकुमारी पाण्डे) पनि हिंड्न सकिबक्सिन्नथ्यो, त्यसैले तामदानमा माथि जाने। त्यहीं वनभोज गर्थ्याै। कस्तो रमाइलो दिन थिए ती। सब कहाँ गए कहाँ !त्यहाँ वर्षेनि जान्थ्यौं, बस्दै गरी। कहिले त चार पाँच रात र बढी पनि बस्ने। धेरै पहिले गुरुज्यूहरूले बनाएको घर अहिले पनि तयार छ। गज्जबको घर थियो, चर्पी भएको। तल पकाउने ठाउँहरू, माथि बस्ने ठाउँ। सुत्ने बस्ने सामान सब त्यहीं हुन्थ्यो। एकदम सुबिस्ता। एक चोटि त अलि दिन बस्ने भनेर पाल टाँगेर पनि बस्यौं। त्यसरी जाँदा काम गर्नेहरू पनि लगेको हुन्थ्यो। काकाबाजे, काकीबजै सब। पकाउने तुल्याउने उनीहरूले गर्थे। मुख्य खाने त मासु नै हो। हामी त सानै थियौं। साह्रै रमाइलो हुन्थ्यो। यता गयो, उता गयो। डाँडाभरि रूखैरूख। हामी त्यहाँ खेल्न जान्थ्यौं। त्यहाँ फेरि गुफामा एउट सानो प्वाल छ, पापीहरू चैं छिर्न सक्दैनन् भन्थे। हामीहरू त सजिलै छिर्न सक्थेम्। ठूल्ठूलाहरू पनि सक्थे। बडागुरुज्यू हेरम्बराज पण्डित(चन्द्रकुमारी जोशीको जेठा बुबा) ले १९९३ सालमा त्यङ्गलमा  स्थापना गरेको रक्तकाली मन्दिर परिसर ।मन्दिर वरिपरी कुँदिएका अक्षर अनुसार १९९३ साल माघ पूर्णीमाका दिन “श्री ६ गुरूराज धर्माधिकार” नगेन्द्रराज पण्डितका छोरा “श्री ६ गुरूराज” लोकराज पण्डितका जेठा छोरा “श्री ६ गुरूराज धर्माधिकार”  हेरम्बराज पण्डितले उक्त मन्दिर रक्तकालीप्रति समर्पित गरेको हो ।मन्दिरभित्र एक कुनामा रहेको  रक्तकाली/ कुलां भुलु अजिमाको आभूषण बिनाको अवस्थाको मूर्ति । स्थानीय महेन्द्र शाहीका अनुसार, यस मूर्तिको आगाडिपट्टि पानी भुक्लुक भुक्लुक उम्लिएपछि धान रोपाइँ गर्ने बेला भयो भन्ने किंवदन्ती रहेकाे भनाइ छ।


Your Views
Related News