काभ्रेमा कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि शव व्यवस्थापनमा चुनौती देखिएको छ।जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ।जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु भएकाको शव अन्त्येष्टि गर्न सरकारी निकायले नै काठमाडौं पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छपशुपति शवदाह गृहमा हाल चाप बढ्दै गएपछि कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा मृत्यु भएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा ठाउँको खोजी गर्न थालिएको होसङ्क्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत मृत्यु हुन थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो।‘पछिल्ला केही दिनदेखि दैनिकजसो मृत्यु हुन थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो,’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने, ‘स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ।’ हाल काभ्रेका दुई स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेका छन्।यसैबीच, धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालय स्कूल अफ इन्जिनीयरिङका विद्यार्थी कोरोना सङ्क्रमणका कारण अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न मानिसले छुनु नपर्ने ‘रोबो–भ्यान’ निर्माणमा जुटेका छन्।रिमोटबाट चल्ने यो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शववाहनसम्म तथा शव वाहनबाट घाटसम्म लैजान सहयोग गर्ने रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले बताए।। कात्तिक महिनाभित्रै निर्माण सक्नेगरी खटेको टोलीका लागि नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)ले आर्थिक सहयोग गरेको छ।काभ्रेमा बिहीबारसम्म ५ सय २५ महिलासहित एक हजार ३ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ।। कूल सङ्क्रमितमध्ये ६५ प्रतिशत अर्थात् ८ सय ८७ सङ्क्रमणमुक्त भएका छन्।सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पताल र ३ सय ७७ होम आइसोलेसनमा उपचाररत छन् । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो सङ्क्रमण देखिएको थियो।

READ MORE NEWS

म कस्तो छोरो, जसलाई आफ्नी आमाको नामसम्म पनि थाहा छैन ?

मानिसको नाम जगत‍्सँग सम्पर्क राख्ने उसको नितान्त अन्तरङ्ग माध्यम हो । अनि जगत्सँग अन्तर्क्रिया गर्ने उसको माध्यम पनि त आखिर नाम नै हो । प्रत्येक मानिस सामाजिक समष्टिको एक विशिष्ट एकाइ हो, र ऊ स्वयंमा एक स्वायत्त सत्ता पनि हो । उसको यो विशिष्टता र उसको यो स्वायत्तता प्रकट हुने माध्यम पनि त उसको नामै हो । तर हाम्री आमा अनाम हुनुहुन्थ्यो । अनाम र यस अर्थमा एकदमै परिचयविहीन पनि । मनमा उध्धुमै विझाउने गरी मलाई यस कुराको चेत तब भयो जब आमा बित्नुभो ।“मलामी कति जना थिए ?” बिर्तामोडमा पुगेर शोकको पहिलो अध्याय समाप्त भएपछि यो प्रश्न मतिर फालियो । यो प्रश्नको उच्चारण वैश्य जातको कोटीमा परेका मेरा दिदी–बहिनीहरूको शिविरबाट भएको थियो ।“थुप्रै थिए” प्रत्युत्तरमा मैले भनेँ ।
“कति थुप्रै ?”

“थिए होलान् सौ–पचासजति ।”

“नाउँ चलेका नेताहरू पनि थिए कि ?”

“सीपी. मैनाली हुनुहुन्थ्यो ।”

“केपी शर्मा ओली पनि हुनुहुन्थ्यो कि ?”

ओलीजी बिर्तामोड क्षेत्रका संसदीय जनप्रतिनिधि हुनुहुँदो रहेछ । त्यसैले यो पछिल्लो प्रश्न स्थानीय भावुकताको रङ्गमा घोलिएर उठेको थियो । सायद रैथाने बासिन्दा साँल्दाइको थियो त्यो प्रश्न ।

“अरु को को थिए ?”

“धेरैजसो लेखक–कलाकारहरू थिए, मेरो परिचित र शुभचिन्तक मित्रहरू ।”

“अनि अरु ?”

“टोल–छिमेकका इष्टमित्रहरू ।”

मलामीको सङ्ख्या र मलामी जाने परिचित र लोकप्रिय व्यक्तित्वहरू हाम्रो परिवारको लागि प्रतिष्ठा र गौरवको विषय बने । सबै जना खुसी भए— एकदम प्रफुल्ल  र पुलकित । तर ती जो जो मलामी गएका थिए, तिनलाई हाम्री आमाको नामै थाहा थिएन । ती त कुनै अनाम शवका अपरिचित मलामीहरू थिए । अर्थात् फलानाकी आमाका मलामीहरू । सामाजिक सम्पर्क, पहुँच र रचनात्मक योगदान हेरी मानिसहरूका पहिचान फराकिला वा साँगुरा हुुनु स्वाभाविकै हो । तर पहिचानको हैसियत जेजस्तो होस्, आफू परिचित भएको सामाजिक परिधिभित्र मानिसको आफ्नो पृथक् र विशिष्ट प्रकृतिको नाम हुन्छ नै । तर हाम्री आमाको पृथक् बिम्बसहितको नामै थिएन । आमाको नामले छोरो चिनिनु र छोराको नामले आमा चिनिनु जीवनको सुसंस्कृत नियम नै हो । तर अनाम आमा छोराको नामले चिनिनु भनेको एकदमै नचिनिनुजस्तै हो ।सम्झेर ल्याउँदा मलाई तिक्तताको तीव्र अनुभूति हुन्छ । हाम्री आमा अनाम हुनु आमाको मृत्युपछि मेरा दिदी–बहिनीहरूका लागि ठूलो विषाद र सन्तापको विषय भइदियो । आर्यघाटमा आमाको देह जलिसक्यो । शेष खरानी बढारेर बागमतीमा सेलाइयो । दाह–संस्कार गर्ने मण्डप पानीले पखालिसकेपछि घाटे पुरोहित पिण्ड–पानी दिने विधिको आतेपातेतिर अग्रसर भए ।

“मृतकको नाम के हो ?” बाजेले मलाई सोधे ।हँ, हाम्री आमाको नाम के हो ? आफैँसँग प्रश्न गर्दै म अकमक्क परेँ । जीवनभरि हाम्री आमाको नामको कहिल्यै, कहीँ खाँचो परेको थिएन । आमालाई विद्यालय जाने अवसर मिलेन । त्यसैले हाजिर कापीमा, वा लब्धाङ्कपत्रमा वा प्रमाणपत्रमा आमाको नाम कहिल्यै चढेन । घरायसी लेनदेनका तमसुक वा अन्य लिखतहरूमा हाम्रा पिताजीकै नामको एकाधिकार थियो । तिनमा हाम्री आमाको नामलाई कहिल्यै ठाउँ भएन । चन्दा, दान आदिमा पनि पिताजीकै नाम अङ्कित हुन्थ्यो । जनगणनामा ? नेपाली भूगोलको सुदूर र विकट त्यो पूर्वी भेगमा, मेरो जन्मथलोमा जनगणना टोली कहिल्यै गयो कि गएन मलाई थाहा छैन । गएको भए त्यसले हाम्री आमाको नाम के लेख्यो त्यो पनि मलाई थाहा छैन । अनि मतदानका निम्ति वालिग नागरिकताको नाम चढाइने सरकारी स्रेस्तामा ? अहँ, मलाई त्यो पनि थाहा छैन । थाहा छैन, बहिनीहरूको न्वारानमा जन्मदातृ माताको नाताले आमाको नाम चाहिन्थ्यो कि ? मैले ध्यानपूर्वक त्यो कहिल्यै सुनिनँ । त्यसैले आमाको नाम मेरा कानमा पर्ने र मलाई पछिसम्म हेक्का रहने सन्दर्भ नै भएन । अहिले घाटे पुरोहित पिण्डदान दिने प्रयोजनका लागि मलाई सोधिरहेछन्, “मृतकको नाम के हो ?”थाहा छैन, बहिनीहरूको न्वारानमा जन्मदातृ माताको नाताले आमाको नाम चाहिन्थ्यो कि ? मैले ध्यानपूर्वक त्यो कहिल्यै सुनिनँ । त्यसैले आमाको नाम मेरा कानमा पर्ने र मलाई पछिसम्म हेक्का रहने सन्दर्भ नै भएन । अहिले घाटे पुरोहित पिण्डदान दिने प्रयोजनका लागि मलाई सोधिरहेछन्, “मृतकको नाम के हो ?कुन प्रभाव वा कुन झझल्कोले गर्दा हो मलाई थाहा छैन, नर्वदादेवी भन्ने नाम मेरो मनसपटमा झल्याक–झुलुक देखापर्‍यो । छोरालाई आमाको नामको सङ्कट परेको बखतमा मलाई ठूलो सहारा मिल्यो । हो, पक्का हो, हामी आमाको नाम यही हो— नर्वदादेवी संग्रौला ! नामको गर्जो टर्न लागेको देख्दा मलाई हाम्री आमाको विस्मृत नामको पुनर्आविष्कार भएझैँ लाग्यो । पुरोहित बाजेलाई मैले हत्तपत्त त्यही कुरा जाहेर गरेँ । नर्वदादेवीको नाममा पिण्ड–पानी दिइयो । त्यसको भोलिपल्ट होला, साप्ताहिक जनएकतामा बडो सद्भावपूर्वक फलानालाई मातृशोक भन्ने शीर्षकमुन्तिर हाम्री आमाको तस्विर छापिएछ । पछि आमाको तस्विर देख्दा मेरा दिदी–बहिनीहरूमा यति ठूलो उमङ्ग छायो मानौ उनीहरूले त्यस घडीमा आमाको मृत्युको शोकलाई चटक्कै विर्सिदिए । उनीहरूको गौरवबोधको भावना समगरमाथाको चुचुरोजत्तिकै अग्लो थियो— धन्य हो जनएकता ! एकबारको जुनीमा हाम्री आमाको तस्बिर पनि छापामा छापियो । तर त्यो “नवर्दादेवी”ले मेरा प्रिय भगिनीहरूको पलभरअघिको त्यो गौरवबोधलाई खरानी बनाइदियो ।“दाइ, यो कसको नाम हो ?” आश्चर्य र रोष–मिश्रित स्वरमा कान्छी बहिनीले मलाई सोधिन् ।

“हँ ! हाम्री आमाको नाम यही होइन र ?”

“काँको हुन्थ्यो ?”

आर्यघाटमा झैँ बिर्तामोडमा म फेरि वाल्ल परेँ ।

“आमाको नाम के हो त ?”

“भागिरथा ।”

म छङ्गाछुर छाँगाबाट खसेँ । म कस्तो छोरो, जसलाई आफ्नी आमाको नामसम्म पनि थाहा छैन ? पश्चात्तापको करौँतीले मेरो हृदयलाई र्‍याइँर्‍याई रेट्न थाल्यो । मलाई एकसाथ विषाद, ग्लानि र लज्जाबोध भयो । दोषी चेतनाले म रन्थनिएँ यद्यपि त्यसमा मेरो केही दोष दिएन । कहिल्यै सुन्ने मौका पाएको भए न मलाई हाम्री आमाको नाम थाहा होस् !म छङ्गाछुर छाँगाबाट खसेँ । म कस्तो छोरो, जसलाई आफ्नी आमाको नामसम्म पनि थाहा छैन ? पश्चात्तापको करौँतीले मेरो हृदयलाई र्‍याइँर्‍याई रेट्न थाल्यो । मलाई एकसाथ विषाद, ग्लानि र लज्जाबोध भयो । दोषी चेतनाले म रन्थनिएँ यद्यपि त्यसमा मेरो केही दोष दिएन । कहिल्यै सुन्ने मौका पाएको भए न मलाई हाम्री आमाको नाम थाहा होस् !हेर्छु, दिदी–बहिनीहरूका अलिवेर अघिसम्म गौरवको सूर्य उदाएका अनुहारमा अहिले उदासीको खग्रास ग्रहण लागेको छ । अघिमात्र दिदी भन्दै हुनुहुन्थ्यो, “हेर् भाइ, हाम्री आमा कति भाग्यमानी ! कहाँको ताप्लेजुङ जिल्लाको बाँदर खेल्ने याङपाङमा जन्मेर पशुपति आर्यघाटमा आफूलाई सेलाउन पुगिन् । हेर, हाम्री आमा कति लच्छिनकी !” तर अहिले “नर्वदादेवी”ले त्यो हर्ष, त्यो गर्व र त्यो सान्त्वना ती सबै भावनालाई धूवामा मिलाइदियो । सके दिदी–बहिनीहरूलाई पीर लागेको थियो, हाम्री आमालाई दिएको पिण्डपानी चिताएको ठाउँमा नपुग्ने भो । त्यो त भागिरथा नामक हाम्री आमाका भागमा हैन, कुनै पराई नर्वदादेवीका भागमा पो परिसक्यो !“दाइ, यो नाउँ सच्याउन मिल्दैन ?”कति अप्ठ्यारो प्रश्न, हकि ?“ढिलो गरी प्राप्त जानकारीअनुसार मेरी आमाको नाम भागिरथा रहेछ । तसर्थ अघिल्लो अङ्कमा अन्यथा हुन गएकोमा त्यसलाई सच्चाई पढ्नुहुन जगत‍्छेउ सविनय अनुरोध छ ।” यस्तो बेहोराको भूल सुधार मैले जनएकतामा कसरी पठाउनु ?लाजले मुख छोपेर म बाहिर निस्किएँ । म आफ्नो कोठामा गएर तौलियाले मुख छोपेर सुस्केराको चाङमाथि पल्टिरहेँ ।

तेइस

चौरासी लाख नारकीय जुनी भोगेर धरतीमा मनुष्यचोला धारण गर्न पाएकाहरू आफूमा कस्ता चिन्ह लिएर आउँछन् ? गरुडको प्रश्नको जवाफमा सुरु भयो अब अर्को झन् कुरूप र वीभत्स कथा— हरि ओम् तत्सत् । चौरासी लाख जुनीअघि जसले ब्रह्महत्या गरेको थियो, त्यो क्षयरोगी हुने रे । गौहत्या गर्ने— कुँजो, कन्या मार्ने— कोढी । ब्रह्मघात, गोघात र कन्याघात यी तिनै घात गर्नेहरू के हुने नि ? उत्तर भन्छ— चाण्डाल । चाण्डाल माने दलित । जसले पहिले गर्भपात गरे–गराएको थियो त्यो के हुने नि बाजे ? तीन त्रिलोक चौध भुवन देख्ने र जान्ने बडीबाजेको भनाइअनुसार त्योचाहीँ किराँत हुने रे । जसले मदिरापान गरेको थियो, पुरोहित बाजे, उचाहिँ कुन चिन्हले चिन्हित हुने नि ? काला वा कैला दाँतरूपी चिन्हले । जसले चञ्चल मन लिएर अभक्ष खाएको थियो उसको चिनारी के हुने नि, गुरु ? उसको भुँडी दमाहाजत्रो हुने रे । मनमनै मुसुक्क हाँसेर म गम खान्छु— ब्राह्मण र छेत्री जातका विकासे पेटयुक्त बेनीबहादुर कार्की, आर.के मैनाली, झलनाथ खनाल, माधवकुमार नेपाल, भवानी घिमिरे, डा. ध्रुवचन्द्र गौतम र अभिनयकर्मी गणेश मुनाल आदिहरूले चौरासी लाख नाटकीय जुनीको चक्र पार गर्नुअघिको मनुष्यचोलामा चञ्चल मन लिएर अभक्ष नै त खानुभएको होला । अनि वैश्य जातकी कवि उषा शेरचनको भव्य उदरचाहिँ कुन भोजनको परिणाम होला ? यसको उत्तर कत्ति वियाँलो नगरीकन पशुपतिनाथका मूल भट्टका मुखारविन्दुबाट प्राप्त हुनु वाञ्चनीय छ ।

बाजे कथा भन्दा छन् – गाई र ब्राह्मणलाई लात्तले हान्ने अर्को जुनीमा लङ्गडो हुन्छ,  मिथ्या बोल्ने भकभके हुन्छ, झुटो बोल्ने बहिरो हुन्छ, कसैका शरीरमा आगो सल्काउने तालुखुइले हुन्छ । तालुखुइलेको प्रसङ्ग उठ्दा मेरो मनोलोकमा प्रत्यक्ष हुँदै केही सुपरिचित तालुहरू चमचम चक्किन थाल्छन् । गिरिजाप्रसाद कोइलाला, केपी शर्मा ओली, डा. डीपी. भण्डारी, डा. अभि सुवेदी, डा. चैतन्य मिश्र, कवि एवम् गद्यकार मिस्टर राजव तथा श्री गोविन्द वर्तमान, हरि रोका एवम् मञ्जुल महोदय आदि इत्यादिका दिव्य तालुहरू ।धुलिखेलस्थित हाइ भ्यू रिजोर्टमाथिको पाखोमा दीर्घ हिम–शृङ्खला अवलोकन गर्दे र घामको न्यानो पहार ताप्दै यी हरफहरू लेखिरहँदा अहिले बान्की परेको मझौला आकारको एउटा दर्शनीय भुँडी हावामा पुल्टुङ–पुल्टुङ गुड्दै मेरा आँखाअघिल्तिर आउँदै गरेको म देख्दै छु । यो यसै रिजोर्टका हर्ताकर्ता मित्र केशव लुइँटेलको भुँडी हो भन्ने कुरामा मलाई कुनै सन्देह छैन । अफसोचको कुरा हो, मृत्युपश्चात् मित्र केशवजीको नियति पनि उति शुभ नहुने भयो !कथावाचक बाजे आफ्नो ट्याम्के भुँडी मुसार्दै गनगन गर्छन्, “श्राद्धमा ब्राह्मणलाई अशुद्ध अन्न दिने पापी कुष्ठ रोगी भएर जन्मन्छ ।”अनि पुस्तक चोर्ने के हुँदो नि, बाजे ? त्यो जन्मजात अन्धो हुन्छ । अमेरिकामा राजदूत हुँदा पुस्तक चोर्ने विश्व प्रधानले अर्को जुनीमा यस्तो कष्टकर अवस्था भोग्नुपर्ने कुरा सम्झेर ल्याउँदा मेरो मन खिन्न हुन्छ । पुस्तकप्रेमी प्रधानजीलाई आफ्नो यस्तो अशुभ नियतिप्रति कत्तिको विश्वास होला ?

बाजे कथा भन्दा छन् – गाई र ब्राह्मणलाई लात्तले हान्ने अर्को जुनीमा लङ्गडो हुन्छ,  मिथ्या बोल्ने भकभके हुन्छ, झुटो बोल्ने बहिरो हुन्छ, कसैका शरीरमा आगो सल्काउने तालुखुइले हुन्छ । तालुखुइलेको प्रसङ्ग उठ्दा मेरो मनोलोकमा प्रत्यक्ष हुँदै केही सुपरिचित तालुहरू चमचम चक्किन थाल्छन् । गिरिजाप्रसाद कोइलाला, केपी शर्मा ओली, डा. डीपी. भण्डारी, डा. अभि सुवेदी, डा. चैतन्य मिश्र, कवि एवम् गद्यकार मिस्टर राजव तथा श्री गोविन्द वर्तमान, हरि रोका एवम् मञ्जुल महोदय आदि इत्यादिका दिव्य तालुहरू । यी दिव्य तालुहरूका स्वामी सज्जनहरूलाई चौरासी लाख जुनीको कष्ट काट्नुअघिको मानवचोलामा कसैका शरीरमा आगलागी गरेको उपध्य्राइँको सम्झना त अवश्य होला नै । स्मरण रहोस्, खुइल्याइको क्षेत्रफलका हिसाबले गिरिजा बाबु र डा. सुवेदी महोदयले एक हैन अनेक जनाका शरीरमा आगो लगाएका हुनुपर्छ । गम्नुस् त, यी तालुका स्वामीहरूको त्यो कत्रो उपध्रयाइँ !बाजे महोदय ! जसले सिकार खेलेर जीविका गरेका थिए, ती के भएर जन्मदा हुन् ? रटानकर्मी बाजेका जिब्राबाट तत्क्षण उत्तर खस्छ— ती कसाइका घरको बाख्रो भएर जन्मिन्छन् । मलाई हाँसोको हुँडलो रोक्न हम्मेहम्मे पर्छ । विकासको क्रममा मानिसका अनेकौँ पुस्ताले सिकार खेलेर जीवन निर्वाह गरेको कुरा ज्ञान–गुनका पोथामा मैले पढेको हुँ । बडा पुरोहितको विराट् कल्पनामा हाम्रा ती यावत् आदिम पुर्खाहरू कसाईका बाख्रोका जुनी लिन पुगेछन् । सिकारी युगका समस्त मानवहरूले बाख्राको चोला धारण गरेपछि मानविकास–क्रमको कडीले कसरी निरन्तरता पायो होला ? चार्ल्स डार्विन महोदयको विकासवादी सिद्धान्त पढ्ने अवसर नपाएका बडीबाजे यसबारे केही आज्ञा गर्दैनन् ।बडा पुरोहितको विराट् कल्पनामा हाम्रा ती यावत् आदिम पुर्खाहरू कसाईका बाख्रोका जुनी लिन पुगेछन् । सिकारी युगका समस्त मानवहरूले बाख्राको चोला धारण गरेपछि मानविकास–क्रमको कडीले कसरी निरन्तरता पायो होला ? चार्ल्स डार्विन महोदयको विकासवादी सिद्धान्त पढ्ने अवसर नपाएका बडीबाजे यसबारे केही आज्ञा गर्दैनन् ।

बडीबाजे अविरल आज्ञा गरिरहेछन् र दाज्यैज्यूको आज्ञानुसार छोटीबाजे कथा सुनाइरहेछन्, “शूद्र अर्थात दलितका घरमा यज्ञ गर्ने ब्राह्मण सुँगुर हुन्छन् ।” लौ बर्बाद भयो ! सुधारवादी र मानववादी धनकुटे महानन्द सापकोटा ? कर्मकाण्डको संसारमा यसको उत्तर बताउन सक्ने सर्वथा योग्य पात्र को होला ? महापण्डित श्री खेमराज केशवशरण ?वाचक बाजे आफैँतिर फर्केर भन्छन्, “धेरै जजमानी गर्ने पुरोहित ब्राह्मण गधा हुन्छ ।” म आँखा फारेर हेर्छु, बाजेका अनुहारको अन्तरमा कतै गधाको अस्पष्ट आकृतिले स्वरूप ग्रहण गर्न लागेको पो हो कि ! अनि बाजेका मुखले बोलिरहेको यो को हो ? भगवान्को दूत कि साक्षात् गधा ?म के गरे के हुन्छको वृत्तान्त सुनिरहेको छु । “विना निमन्त्रणा भोजन गर्ने काग हुन्छ ।” मलाई हठात् एउटा घटनाको सम्झना हुन्छ । पञ्चायतका पछिल्ला कुदिनहरूको कुरा हो । एक दिन केही मित्र डिल्लीबजारबाट पैदल बत्तीसपुतलीतिर आउँदै रहेछन् । दिवङ्गत मित्र विनोदसिंह मिश्र, जीवित मित्र गोविन्द वर्तमान आदि । बाटामा एउट विवाहको स्वागतद्वार गोचर भएछ । चारो निख्रिएर यता मित्र मण्डलीका उदरमा चञ्चल छुचुन्द्राहरू दगुरिरहेका थिए, उता द्वारभित्रबाट चित्ताकर्षक पाकपरिकारको मगमग बासन आउन थाल्यो । हुलमुलमा को को हो कसले पो चिन्ला र ? मित्रमण्डली किञ्चित् सङ्कोच मान्दै बहादुरीका साथ स्वगतद्वारबाट मित्र पस्यो र विद्युत् गतिमा सुस्वादु मेवा–मिष्ठान्न उदरस्थ गरी ड्याउ–ड्याउ डकार्दै स्वागतद्वारबाट टाप कस्यो । घरअगाडिको हाइटेन्सन लाइनको लठ्ठामा लामेताँती भएर बस्ने प्रभातकालीन कागहरूलाई सम्झेर म कल्पना गर्छु— हाम्रा विनोद दाइ तीमध्ये कुनचाहिँ काग हुनुहोला ? कथावाचक बाजे निरुत्तर छन् । दरवारिया वडा गुरुज्यू यसको उत्तर दिन समर्थ हुनुहोला कि ?

कसलाई के धन्दा कसलाई के धन्दा घरज्वाइँलाई खानकै धन्दा भनेझैँ गरुड पुराणका रचनाकार बडीबाजेलाई आफ्नौ उपकार गर्नाको धन्दा छ। अतः बाजे आज्ञा गर्छन, “ब्राह्मणलाई दिन्छु भनी नदिने स्याल हुन्छ ।” अब आयो जातिवादी, लिङ्गभेदी र अत्याचारी वर्णाश्रम धर्मसम्बन्धी नीतिवचन । नीतिमा पारङ्गत भएका बडीबाजे गर्जिन्छन्, “वर्णाश्रम धर्मको निन्दा गर्ने वनको परेवा हुन्छ ।” लौ, मर्का पर्ने भो ! मेरा मित्रहरू डा. हर्क गुरुङ, वसन्त थापा, सुरेश आले मगर, डा. कृष्णबहादुर भट्टचन, नोवल किशोर राई, रणेन्द्र बराली, आहुति, चक्रमान विश्वकर्मा, मोतिलाल नेपाली, हिरा विश्वकर्मा, वीरबहादुर विश्वकर्मा, दुर्गाबहादुर दर्जी आदिहरू परेवा हुने भए । मन्दिरका परेवा भए त परेवारूपी मित्रमण्डलीलाई राम्रै होला तर काटिखाने घर–पालुवा परेवा हुनुपर्‍यो भने !नीतिमा पारङ्गत भएका बडीबाजे गर्जिन्छन्, “वर्णाश्रम धर्मको निन्दा गर्ने वनको परेवा हुन्छ ।” लौ, मर्का पर्ने भो ! मेरा मित्रहरू डा. हर्क गुरुङ, वसन्त थापा, सुरेश आले मगर, डा. कृष्णबहादुर भट्टचन, नोवल किशोर राई, रणेन्द्र बराली, आहुति, चक्रमान विश्वकर्मा, मोतिलाल नेपाली, हिरा विश्वकर्मा, वीरबहादुर विश्वकर्मा, दुर्गाबहादुर दर्जी आदिहरू परेवा हुने भए । मन्दिरका परेवा भए त परेवारूपी मित्रमण्डलीलाई राम्रै होला तर काटिखाने घर–पालुवा परेवा हुनुपर्‍यो भने !

जबजब नारी प्रसङ्गको उठान हुन्छ, मलाई लाग्छ— कथाबाचकको स्वरमा उमङ्गको पाइन चढ्छ । “सासु–ससुरालाई गाली गर्ने, नित्य झगडा गरिरहने, धम्की देखाएर पतिलाई तर्साउने यस्ती स्त्री जुको र जुम्रो हुन्छे ।”गरुड पुराणका रचनाकार विष्ट–बाजे ब्राह्मणको धन–सम्पत्तिको सुरक्षाप्रति औधी संवेदनशील छन् । भनूँ भने सिङ्गै गरुड पुराण ब्राह्मण बाजेहरूको धन–पुराण नै हो । त्यसैले त ब्राह्मणको धन कसैले तलमाथि गर्‍यो भने त्यस्तो पापी ब्रह्मराक्षस हुन्छ भनी बाजे रौद्र मुद्रामा घोषणा गर्छन् ।  “ब्रह्मस्वले पापीलाई सात कुलसम्म डढाउँछ ।” सम्पत्तिको मोहमा लिप्त भएका बडीबाजे क्रोधाग्निले जल्दै हाँकयुक्त भाषामा कुर्लिछन्, “जसले ब्राह्मणको धन पचाउँछ, उसले फलामको चूर्ण, पत्थरको चूर्ण र हलाहल विष त पचाउला तर ब्राह्मणको धन तीन त्रिलोक चौध भुवनमा कसरी पचाउन सक्ला र ?”धनमहिमा बुझेका पुराण लेखक दान–दक्षिणामाथि पूर्ण एकाधिकार कायम गर्न चाहन्छन् । त्यसैले त उनी जजमानहरूलाई कडा चेतावनी दिँदै दण्डका कोर्राले यसरी ठोक्छन्, “आफूले पुजीआएका ब्राह्मणलाई छाडेर अरुलाई जो दान दिइन्छ, त्यसलाई अतिक्रमण कहिन्छ । यस्तो अतिक्रमण गर्ने पापी अन्धो भएर जन्मिन्छ र त्यो मागी खाने हुन्छ ।”धनमहिमा बुझेका पुराण लेखक दान–दक्षिणामाथि पूर्ण एकाधिकार कायम गर्न चाहन्छन् । त्यसैले त उनी जजमानहरूलाई कडा चेतावनी दिँदै दण्डका कोर्राले यसरी ठोक्छन्, “आफूले पुजीआएका ब्राह्मणलाई छाडेर अरुलाई जो दान दिइन्छ, त्यसलाई अतिक्रमण कहिन्छ । यस्तो अतिक्रमण गर्ने पापी अन्धो भएर जन्मिन्छ र त्यो मागी खाने हुन्छ ।”ब्राह्मण, ब्राह्मण र फेरि पनि ब्राह्मण ! यता–उताका कथा–किस्साको जाल बुन्दै पुराण फेरि उही ब्राह्मणलाई चुम्बन गर्न आइपुग्छ । “ब्राह्मणको जीविका चलाइदिनाले लाख गाईदान गरेको फल मिल्छ ।” अध्यायको पुछारमा पुगेका कथावाचक जलवर्षाले प्रहार गरी श्रोतागणलाई थकाइ र उङाइबाट झस्काउँदै उच्च स्वरमा भन्छन्, “ब्राह्मणलाई दान नदिनाले मनुष्य दरिद्री हुन्छ र दरिद्री भएपछि पाप गर्छ, पापका प्रभावले नरकमा जान्छ र बारम्बार दरिद्री र पापी हुन्छ । इति श्री गरुण पुराणे …… ।”

 


Your Views
Related News