हिन्दू धर्ममा शंखलाई निक्कै नै पवित्र र शुभ मानिन्छ । वरिपरीको वातावरण सफा र शुद्ध राख्न मद्दत गर्छ । त्यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शंख बजाईन्छ । धार्मिक मान्यता यो छ कि शंख बजाएर कार्य गर्दा राम्रो फल प्राप्त हुन्छ । यति तपाईले शंखको फाइदा थाहा पाउनुभयो भने तपाई साँझ र बिहान शंख नबजाई बस्नै सक्नु हुन्न । आँउनुस् तपाईं पनि पढ्नुस् के के रहेछन् शंख बजाउनको फाइदा ।

१. शंखले यस्तो रोग पनि हटाउँछ:

शंख बजाउँदा हाम्रो स्वास प्रस्वासमा अनुकुल प्रभाव पर्दछ । जसको कारण फोक्सो सम्बन्धी रोगहरू हटेर जान्छन । आयुर्वेदका अनुसार शंख बजाउँदा दम, मुटु र इंफ्लूएंजा नामक रोगहरू दुर भाग्दछ । यसले मृगौला र यौनअंगमा पनि अनुकुल प्रभाव पार्दछ ।

२. मनमा शान्ति ल्याउछ:

शंख बजाउँदा निस्कने ध्वनीले भ्रामरी प्राणायामले जस्तै गरी मसितष्कमा एक प्रकारले थर्कावट भाईब्रेसन पैदा गर्छ जसका कारण मस्तिष्कमा आराम हुने र शान्ति पैदा हुन्छ । यसै कारण धेरै प्रकारका तनाव हट्छन् र मानसिक रोग हुन दिंदैन साथै स्मरण शक्ति ह्रास हुन नदिन पनि सहयोग गर्छ ।

३.  शंखले मानसिक विकासमा पनि सहयोग गर्छ:

शास्त्रमा भन्या छ कि शंखबाट निस्कने ॐ.. को धुनले मानसिक रोग सन्चो बनाउँदछ । शंखबाट निस्कने सुमधुर धुनले मन शान्ति हुनुका साथै शरीरमा उर्जा थप्दछ । यसले मनसिक विकासमा पनि मद्दत गर्दछ ।

४. बच्चाको बोली राम्रो, तिखो र स्पष्ट पार्न शंखको प्रयोग हुन्छ:

यदि तपाई आफ्नो बच्चाले राम्रो र तिखो बोली बोलोस भन्ने चाहानु हुन्छ भने गर्भ अवस्थाको बेला स्त्रीलाई शंखमा पानी भरेर खुवाउनु पर्छ । भकभकाउने र तोले बोल्ने बच्चालाई पनि शंखमा भरेको पानी पिलाउनु निक्कै नै फाईदा जनका हुन्छ ।

५. शंखले सन्तान प्राप्तिमा सहायक भूमिका खेल्छ:

जुन दम्पति सन्तान चाहान्छन् र कुनै कारण उनीहरू सन्तान सुखबाट टाढा छन् भने उनीहरुले नियमित रुपमा शंखमा दूध भरेर शालिग्रामको स्नान गर्नु पर्दछ । अनि यसरी चढाईएको दूध स्त्रीलाई पिलाउनु पर्छ । यसो गर्दा सन्तान सुखमा आउँने बाधा अड्चन हट्ने धार्मिक विश्वास रहेको छ ।

६. सावधान यस समयमा शंख झुकिएर पनि नबजाउँनुहोस्:

शंख बजाउनु निक्कै शुभ मानिन्छ तर शास्त्रमा भने अनुसार राति सन्ध्या कालको आरती सकिएपछि शंख बजाउनु हुन्न । भनिन्छ यसो गर्नाले लक्ष्मी रिसाउँछिन् र हामीलाई आर्थिक नोक्सान हुन सक्छ । अहिले चिकित्सकका अनुसार गर्भ अवस्थामा रहेकी महिलाको अगाडि शंख बजाउनु हुन्न, यस्ले गर्भ रहेको बच्चामा असर गर्दछ ।

READ MORE NEWS

के हो छोरीभन्दा छोरा बढी जन्मिरहनुको कारण

यो अनुपात किन अस्तित्वमा छ भन्ने कुरा पूर्णतया बुझिएको छैन तर यससम्बन्धमा अनेकौं सिद्धान्त छन् ।

विकासक्रम
पहिलो सिद्धान्त विकासक्रममा आधारित छ । त्यसअनुसार, वयस्क अवस्थामा पुरुष र महिलाको संख्या बराबर बनाउनका लागि अलिक बढी पुरुषको जन्म हुनुपर्छ । त्यो किनभने पुरुष हुनु खतरनाक काम हो । महिलाका तुलनामा पुरुषको मृत्यु बालककाल र जीवनका अन्य चरणमा हुने सम्भावना बढी रहन्छ र यसमा दुर्घटना, जोखिम मोल्ने बानी, आत्महत्या र स्वास्थ्य समस्या कारणका रूपमा रहेका हुन्छन् । ‘प्रत्येक उमेरमा जुनसुकै समय र स्थानमा महिलाभन्दा पुरुष मर्ने सम्भावना बढी हुन्छ,’ प्राध्यापक डेभिड स्टेनसाल्ज बताउँछन् । उनी अक्सफोर्ड विश्वविद्यालयमा तथ्यांक विषयका एसोसिएट प्राध्यापक हुन् । यो सिद्धान्त अनुसार, त्यसैले जीवनको शुरूआतमा महिलाभन्दा पुरुषको संख्या बढी हुनु भनेको वयस्क अवस्थामा पुरुष र महिलाको संख्या बराबर हुनु हो ।वास्तवमा बेलायतमा वयस्क महिला वयस्क पुरुषभन्दा बढी नै रहेको र धेर बाँच्ने गरेको राष्ट्यि तथ्यांक कार्यालयको आँकडाले देखाउँछ ।

वीर्य र समय
महिलाको डिम्ब सेचन गर्नका लागि हुने दौडमा (वाई क्रोमोजोम बोक्ने) पुरुष वीर्य कि (एक्स क्रोमोजोम बोक्ने) महिला वीर्य पहिलो हुन्छ भन्ने विषयमा विभिन्न तत्त्व रहेका हुन्छन् । त्यसमा मातापिताको उमेर, महिलाको डिम्बोत्सर्जन चक्र, दबाबको स्तर र यौन आसन लगायत पक्ष पर्छन्। एक लोकप्रिय सिद्धान्त के पनि छ भने डिम्बोत्सर्जनभन्दा कैयौं दिनअघि यौनकर्म गर्दा छोरी पाउने सम्भावना बढी हुन्छ । अनि त्यसपछि यौनकर्म नगर्दा बढी बाँच्ने तर पुरुष वीर्यभन्दा कम गतिमा पौडने महिला वीर्य बढी समय
रहिरहन्छ । यसको विपरीत डिम्बोत्सर्जनको समय वरपर यौनकर्म गर्दा राम्रोसँग पौडने वीर्य डिम्बमा छिटो पुग्छ र छोरा जन्मिन्छन् । मातापिताले यी तरिकाहरूको गुणगान गरेपनि वैज्ञानिकहरूले यस्ता कुराले फरक पार्ने विषयमा खासै प्रमाण नरहेको बताएका छन् । केही अनुसन्धानहरूले के देखाएका छन् भने मातापितामा दबाब हुँदा बढी छोरी जन्मिन्छन् भने युद्ध र द्वन्द्वका समयमा बढी छोरा जन्मिन्छन् ।

गर्भमा जीवन
यौनकर्मलाई योजना बनाएर गर्दा लिंगनिर्धारणमा प्रभाव पार्दैैन भने गर्भाधानको समयमा केही अन्य क्रियाकलाप हुन्छ त ? महिला र पुरुष उत्पादन गर्ने वीर्यको समान संख्या छ भने र लगभग उत्तिकै गर्भधारण हुन्छन् भने महिला भ्रूण बढी संख्यामा हराएर पुरुष भ्रूणलाई बढी संख्यामा राख्छन् । केही अनुसन्धानहरूले गर्भाधानको शुरूआतमा गर्भमै महिला बढी मर्ने सम्भावना हुने देखाएका छन् तर अन्य अध्ययनले पुरुष भ्रूण गर्भवती अवस्थाको अन्त्यतिर बढी कमजोर हुने र जन्मिनुअघि नै मर्ने देखाएका छन् । वैज्ञानिकहरूले ठ्याक्कै के हुन्छ र यसका कारण के हुन् भनी खुट्याउन गाह्रो हुने बताएका छन् । हामीलाई के चाहिँ थाहा छ भने पुरुष भ्रूणहरू बढी विकसित हुन्छन् र बढी पुरुष शिशु जन्मिन्छन् ।
केहीअघि


Your Views
Related News