हात्तीको मुखबाट बाहिर निस्किएका दुई दाँत बहुमूल्य मानिन्छ ।मानिसहरु तिनै दाँतका लागि हात्तीको शिकार गर्छन् । यस्तै मानिसहरु स्पर्म ह्वेलको दाँतका लागि पनि त्यसको शिकार गर्दछन् ।यसको शिकार मानिसहरु पैसाको साथै आफ्नो मनपरेको युवतीको विवाहका लागि पनि गनेृ गर्छन् ।

In Fiji, Nothing Says 'I Love You' Like a Sperm Whale Tooth - The New York Times

द्वीप समूह फिजीमा युवतीका पिता आफ्ना हुनेवाला ज्वाईसँग ह्वेलको दाँत माग्न सक्छन् । फिजीमा यस्तो प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।उक्त प्रचलन तबुआको नामबाट प्रचलित छ । द इन्डिपेन्डेन्टका अनुसार फीजिमा यो प्रथा १८ औँ शताब्दीदेखि चल्दै आएको छ ।यो माछोका दाँत २० देखि २६ वटा हुन्छन् । हरेक दाँतको लम्बाई १० देखि २० सन्टीमिटरको हुन्छ । तर यसको हरेक दाँत एक किलो भन्दा धेरैको हुन्छ ।यो माछा अब दुर्लभ भईसकेको छ । यसको मूल्य पनि करोडौँ रुपैयाँ भन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

READ MORE NEWS

एभोकाडोमा भएका गुणहरूले शरीरमा क्यान्सरका कोशिकाहरू बन्न दिँदैनन् । अनि फ्री र्‍याडिकलसँग लड्दै यसले क्यान्सरको खतरालाई पनि कम गर्छ । रक्तचापको समस्या भएकाहरूले एभोकाडो अवश्य खानुपर्छ । यसमा भएको पोटेसियमले रक्तचाप नियन्त्रणमा राख्छ । यसले मुटुलाई पनि स्वस्थ बनाउँछ । हृदयघात र मुटुरोगको जोखिम यसले घटाउँछ । यसमा भएको मोनोअनस्याचुरेटेड फाइबर र भिटामिन ईले मस्तिष्क विकास गर्छ । अनि काम गर्ने क्षमता पनि बढाउँछ । बालबालिकालाई अवश्य पनि एभोकाडो खुवाउनुपर्छ । यसमा भएको पोषक तत्त्वले आँखा स्वस्थ राख्छ । आँखाको तेज बढाउनुका साथै मोतियाविन्दु जस्ता रोग पनि लाग्न दिँदैन । यसमा भिटामिन, प्रोटीन र फाइबर अत्यधिक हुनाले घरीघरी खाइरहन मन लाग्ने समस्या आउँदैन । त्यस्तो अवस्थामा शरीरको तौल पनि नियन्त्रणमा रहन्छ । अनि शरीरको मेटाबोलिजम रेट बढेर ऊर्जा र राम्रो क्यालोरी प्राप्त हुन्छ । यसको सेवनले पाचनप्रणाली बलियो हुन्छ र रोगप्रतिरोधक क्षमता पनि मजबूत हुन्छ। पेटको समस्या यसले निराकरण गर्छ । प्रोटीन र क्याल्सियम हुनाले यसले मांसपेशी र हाड बलियो बनाउँछ । अनि शरीरमा स्फुर्ति आउँछ । यसको सेवनले छाला भित्रैबाट स्वस्थ हुन्छ । परिणामस्वरूप अनुहारमा चाउरी पर्ने अनि बुढ्यौलीका अन्य लक्षणहरू देखिँदैनन् । यसको रस वा तेल छालामा लगाउँदा सुक्खा वा क्षतिग्रस्त छालाको समस्या हुन पाउँदैन । छाला दागरहित, चम्किलो र नरम हुन्छ । शारीरिक सुगठन गर्ने पुरुष र महिलाले एभोकाडोको सेवन गर्दा फाइदा हुन्छ । यसले मांसपेशी र हाड बलियो बनाउँछ र दिनभरि फुर्तिलो अनुभव गराउँछ । दूध र मह मिसाएर एभोकाडो खानुभयो भने दोब्बर काम गर्छ ।

नजिकको सरकारसित जनअपेक्षा बढी

सूर्यमुखी

सूर्यमुखी

उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमूखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेट एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाटै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ ।कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरामा समातेर भनूँ- ‘सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस् । नमार् आफ्नो प्रतिभालाई !’तर म त्यसो गर्न सक्दिनँ । मेरी सूर्यमुखी अचेल सहरभरिका ठिटाहरूकी रमा मात्र शेष रहन गएकी छ । ऊ जुन सडकबाट हिँड्छे, सडक नै उचालिदिन्छे । होटेलमा काम गर्ने ठिटाहरूदेखि लिएर रिक्सावाल, ट्याक्सी ड्राइभर र बाह्रमासेहरूसम्म सुसेली हाल्दै अनेकवली भनेर गिज्याउन लाग्छन् उसलाई । कतिपल्ट यस्ता घटना आफ्नै आँखाले देखेको हुँ र ऊप्रति असाध्य घृणा उब्जेको थियो मेरो मनभरि । उसलाई चटक्कै बिर्सिदिने चेष्टा पनि गरेँ तर सकिनँ । रही-रही ऊ फक्रिरही-ओइलिरही-झरिरही ।वास्तवमा ऊ त्यस्ती थिइन, न त्यस्ती होली भन्ने नै चिताएको थिएँ । मलाई राम्रो थाहा छ, उससँग मैले पहिलो नाटक ‘राम वनवास’ खेलेको थिएँ र त्यसमा ऊ सीता भएकी थिई र मचाहिँ राम भएको थिएँ । नाटकमा ऊ नायिका हुन्थी, आवश्यक पर्दा नाच्थी र बेला-बखतमा गाउँथी पनि । यसरी उसले हाम्रो टोलीमा प्रसिद्धि कमाइसकेकी थिई ।म अझै त्यही नाट्यशालामा काम गरिरहेको छु । अब नायकको अभिनय गर्न छाडेर म बूढो मान्छेको अभिनय गर्न लागेको छु । वैंश ढल्किसकेकाले पनि होला, अचेल कसैले मलाई नायक बनाउने प्रसङ्ग नै उठाउँदैन । कथंकदाचित् त्यस्तो कुरा चलिहाले पनि केटीहरू हच्किन्छन् । सायद उनीहरूका लागि म अब नसुहाउने भइसकेको छु ।

अचेल नाट्यशालामा धेरै नयाँ-नयाँ कलाकारहरू थपिएका छन् र अघिभन्दा दोब्बर चहलपहल पनि बढेको छ । तर मलाई कता-कता ती जम्मै अनुहारहरूभन्दा पर सूर्यमुखीको अनुहारको सम्झना भइरहन्छ । यस्तो लाग्छ, हामीचाहिँ अझै नाट्यशालाभित्र कल्पित नाटक खेल्नमै व्यस्त छौँ र ऊचाहिँ त्यो परिधि नाघिसकेर यथार्थ नाटक खेलिरहेकी छ । एकपल्ट उसले भनेकी पनि थिई- ‘सुन्नुभो दाइ, हाम्री आमाको बिहे नहुँदै म जन्मेकी रे ! मेरो बाबु म नजन्मिँदै गाउँ छाडेर भागेको रे ! लोग्नेमान्छे कति निष्ठुर हुन्छन् हो कि ? कहिले त जम्मै लोग्नेमान्छेसँग प्रतिशोध लिऊँ जस्तो लाग्छ मलाई ।’सोच्छु- कतै ऊ प्रतिशोध त लिइरहेकी छैन ? दिनहुँ कति लोग्नेमान्छे उसका पछि लागिरहेका हुन्छन् । कतिले आफ्नो दिनभरिको कमाइ नै फुकिदिन्छन् उसका लागि । सायद ऊ धेरैलाई बिगारेर आमाको इज्जत लुट्नेहरूसँग प्रतिशोध नै लिन लागिरहिछ ।उसलाई नाट्यशालाबाट निकाल्नमा पनि मेरै प्रमुख हात थियो । रहँदा-बस्दा ऊभित्र गुम्सिरहेको ज्वाला नाट्यशालाभित्रै दन्किन लागेको थियो । बिस्तार-बिस्तार हाम्रो टोलीका धेरै केटाहरू त्यस ज्वालाको लप्कामा परिसकेका थिए र नाट्यशाला नै जल्ने सम्भावना देखिन लागेको कुरा मैले स्पष्ट बुझिसकेको थिएँ । एक-दुई पल्ट चेताएको पनि हुँ, तर काम लागेन र अन्त्यमा नचाहँदा-नचाहँदै पनि उसलाई नाट्यशालाबाट बिदा दिनै परेको थियो ।यी जम्मै कुरा हुँदाहुँदै पनि सूर्यमुखी मेरा आँखामा एउटा बेग्लै मूल्य लिएर उभिन्छे । ऊभित्र रहेको कलाकार मलार्ई सधैँ भनिरहेको हुन्छ- ‘दाइ, जस्तै रोल दिनुहोस्, म खेल्न सक्छु ।’साँच्चै, ऊ जस्तै रोल पनि खेल्न सक्दी रहिछ भन्ने कुरा नाट्यशाला छाडेपछि सडकभरि, सहरभरि खेलेर देखाइरहेकी छ । एकान्तमा बसेको बेला मभित्र जब ऊ फक्रिँदै जान्छे, अनि एउटा चिसो आशंकाले मलाई अँचेट्छ- सूर्यमुखीको भविष्य के होला ?

 


Your Views
Related News