राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यसलाई ‘ई–सेन्सस’ नाम दिइएको छ । यस्तो जनगणना पहिलो पटक गरिन लागेको हो । परराष्ट्र मन्त्रालयमार्फत इन्टरनेट कनेक्सन गरी विभागको वेबसाइटमा जोडेर जनगणना गरिने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले जानकारी दिए ।जनगणना गर्दा विभागमा रहेका कर्मचारीले ट्याब्लोइडबाट प्रश्नावली सोध्नेछन् । सफ्टवेयरमार्फत सीधै त्यो गणना डाटा सेन्टरमा प्रविष्ट गराइन्छ । सफ्टवेयर राख्ने प्रक्रिया अहिले जारी छ । त्यसका लागि आवश्यक कर्मचारी सोही प्रक्रियामार्फत भर्ना गरिँदै छ । ई–सेन्ससमा भाग लिँदा दूतावास, वाणिज्य दूतावास र अन्य कूटनीतिक निकायमा रहेका नेपाली कर्मचारीले नै सहजीकरण गरेर भर्ने व्यवस्था मिलाइएको छ । नेपालमा २५ वटा आवासीय दूतावास तथा विदेशी कूटनीतिक नियोग र ८२ वटा अस्थायी कूटनीतिक नियोग छन् । जनगणनाका लागि सामान खरिद प्रक्रियामा छ ।अनलाइन तालिम दिन सफ्टवेयर डिजाइन भइरहेको छ । यसको काम सकिएलगत्तै कर्मचारी भर्ना सुरु हुनेछ । यसपालि विभागले वेबसाइटसँगै सामाजिक सञ्जालको भरपूूर उपयोग गर्ने सोच राखेको छ । यसमार्फत आफ्ना कर्मचारीसँग सहजै पहुँचमा रहने र देशभर भइरहेको जनगणनाको जानकारी तत्कालै लिन सक्ने गरी आवश्यक तयारी भएको छ ।प्रविधिमैत्री जनगणनाको उच्चतम नमुना काठमाडौँँ महानगरपालिका हुँदै छ । महानगरमा ट्याब्लोइडमार्फत जनगणना हुँदै छ । विगतमा जस्तो कागजी प्रश्नावली बोकेर घरघरमा गणकले सोध्ने छैनन् । सीधै प्रविधिमैत्री ट्याब्लोइडमा सोधिएका प्रश्नावलीको उत्तर डाटा सेन्टरमा प्रविष्ट हुनेछ ।पहिलो चरणमा सुपरीवेक्षकले वैशाख २६ देखि जेठ १५ सम्म जनगणना गर्नेछन् । यसले परिवारको अवस्था, घरको सङ्ख्या, तला, कृषि प्रयोगमा रहेको जग्गा, बैङ्क कारोबार, रोजगार तालिम, भूकम्पलगायत क्षतिपछि अनुदानबाट बनेका घरसहितको घरपरिवार सूचीकरण विवरण आउनेछ ।दोस्रो चरणमा जेठ २५ देखि असार ८ सम्म गणकले मूल गणना गर्नेछन् । यसले पहिले सुपरभाइजरले गणना गरेको सूचीकृतका घरघरमा पुगेर व्यक्ति–व्यक्तिको विवरण दिनेछ ।

READ MORE NEWS

एल क्लासिकोअघि कोम्यान र जिदान यसो भन्छन्

स्पेनिस ला लिगा अन्तर्गत शनिबार साविक विजेता रियल म्याड्रिड र उपविजेता बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ । विश्व फुटबलमा नै बेग्लै महत्त्व बोकेको यो खेल शनिबार नेपाली समयानुसार साँझ ७:४५ सुरु हुनेछ ।

खेलअघि पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले रियलबाट कडा प्रतिस्पर्धाको आशा गरिएको बताए । ‘रियलले पछिल्ला खेलमा गरेका गल्ति पक्कैपनि यस खेलमा सुधार्नेछ । हामीले रियलबाट कडा प्रतिस्पर्धाको आशा राखेका छौं । रियलका लागि रामोसको उपस्थितिले पनि ठूलो सहयोग पुग्नेछ,’ उनले भने ।‘रामोस विश्व फुटबलका उत्कृष्ट डिफेन्डरमा पर्छन् । उनको नेतृत्व क्षमता र व्यक्तित्वले पनि खेलमा रियललाई सहज हुनेछ । क्लासिकोमा रामोसको महत्त्व हामीले पनि बुझेका छौं,’ उनले थपे ।यता जिदानले भने प्रशिक्षक परिवर्तन भएपनि बार्सिलोना सधैं बलियो टोली रहने अभिव्यक्ति दिए । ‘ बार्सिलोना सधैं बलियो टोली रहेको छ । हरेक प्रशिक्षकले फरक शैली ल्याएपनि बार्सिलोना कहिल्यै परिवर्तन भएको छैन । राम्रो फुटबल खेल्न सक्ने टोली सधैं विपक्षीका लागि कठिन चुनौती हुने गर्दछ,’ जिदानले भने ।‘म अहिले बार्सिलोनाको खेल्ने शैली र टोलीबारे विस्तृतमा भन्न चाहन्न । हामीले बार्सिलोनासँग खेल्न पाउनु राम्रो हो । खेलको पहिलो मिनेटदेखि नै के अपेक्षा गर्ने भन्नेमा हामी प्रष्ट छौं । हरेक मिनेट महत्त्वपूर्ण हुनेछ,’ जिदानले भने ।

आजदेखि लागू भयो क्लिन फिड, बन्द भए यी विदेशी टिभी च्यानल

काठमाडौं । लामो समयदेखि चर्चाको विषय बन्दै आएको क्लिन फिड अन्ततः आजबाट लागू भएको छ । राति १२ बेजदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित भएका छन् । यसको अर्थ अब नेपाल प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन हेर्नुपर्ने छैन ।विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो ।त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि विगत केही समयदेखि सरोकारवालहरुलाई कात्तिक ८ गतेबाटै क्लिन फिड लागू गर्नुपर्न भन्दै निर्देशन नै दिएको थियो ।उक्त निर्देशन र कानूनी प्रावधानकै कारण आजबाट क्लिन फिड लागू भएको हो । क्लिन फिडको अनुगमनका लागि मन्त्रालयले विज्ञापन बोर्ड समेत गठन गरिसकेको छ ।यसरी नेपालमा प्रसारण हुने च्यानलमा विज्ञापन बजाउन नपाउने निर्णय नेपाल र नेपालको विज्ञापन बजारका लागि एउटा महत्वपूर्ण कदमको रुपमा हेरिएको छ । क्लिन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार थप ३ देखी ४ अर्ब ठुलो हुने अपेक्षा गरिएको छ ।
तर, अर्कोतर्फ तयारी पुरा नहुँदा केही विदेशी च्यानालको प्रसारणमा भने रोक लागेको छ । यस विषयमा डिसहोम, नेट टिभी, भायो टिभी, क्लियर टिभी, प्रभु टिभी, सिम टिभी लगायतका सेवा प्रदायकले जानकारी समेत गराइसकेका छन् ।उनीहरुले सरकारको निर्णय र विज्ञापन ऐन–२०७६ को प्रावधान अनुसार केही च्यानल शनिबारबाट प्रसारण नहुने भन्दै जानकारी गराएका छन् । सेवा प्रदायकका अनुसार सोनी टिभिले अन्तिम समयमा आएर भएतापनि विज्ञापन रहित च्यानल उपलब्ध गराउन सफल भएको छ ।त्यसका अलावा, स्टार अन्तर्गतका च्यानल भने बन्द भएका छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।साथै कलर्स, कलर्स एचडी, बीबीसी, सीएनएन लगायतका च्यानलको पनि प्रसारण रोकिएको डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्य बताउँछन् । उनका अनुसार कोरोनका महामारीको बिचमा यी च्यानलले आवश्यक तयारी गर्न नपाएकाले पनि यस्ता अवस्था सिर्जना भएको हो।क्लिन फिडका लागि आवश्यक सामाग्री रोकिँदा हाल सर्भिस दिन नसकेता पनि दसैं पश्चात भने यी च्यानलको पूनः प्रसारण हुने जनाइएकाे छ । तर, त्यती बेलासम्म हाल चलिरहेको आईपीएल लगायतका खेल भने टिभीमा हेर्न नपाइने भएको छ ।त्यस्तै क्लिन फिड लागू भएसँगै सब्सक्रिप्सन बिना पनि हेर्न सकिने फ्रि-टु-एयर सर्भिस अन्तर्गतका ५० देखि ६० च्यानलकाे प्रसारण पनि राेकिएकाे छ ।

Your Views
Related News