जनवार क्रुरतापूर्वक मार्नु राक्षसीपन हो । तपाईं यस्तै धारणा राख्नुहुन्छ । फेरी तपाईं पोल्ट्री फर्मबाट ल्याइएको कुखुराको मासु पनि खानुहुन्छ । तपाईंले एकपटक आफैमा मन्थन गर्नुहोस् त । के तपाईंको धारणा र व्यवहार आफैमा विरोधासपूर्ण छैन ?जनवारलाई क्रुुरतापूर्वक मारिएको तपाईंलाई मन पर्दैन । तर, बजारमा उपलब्ध आकर्षक ढंगले राखिएको मासु खानमा भने तपाईंलाई कुनै समस्या छैन । यस्तो दोहोरो व्यक्तित्व राख्ने तपाईं एक्लो हुनुहुन्न । पश्चिमा देशदेखि लिएर एशियाली देशसम्म जहाँ पनि यस्तो दोहोरो रवैया देख्न पाइन्छ ।जनावरमाथिको क्रुरता हामी सहन सक्दैनौं । तर क्रुरतापूर्वक मारेको जनावरको मासु भने हामी निकै स्वाद लिएर खान्छांै ।अष्ट्रलियाका मनोवैज्ञानिक ब्राक भेस्टियन र स्टीभ लोनन यसलाई ‘मासुको विरोधाभास’ भन्ने गर्छन्  ।उनीहरुका अनुसार यो त्यस्ता मानिसहरुको मनोवैज्ञानिक तथा नैतिक द्विविधाको उपज हो, जो मासु खान त चाहन्छन्, तर जनावरमाथि क्रुरता कुनै हालतमा सहदैनन्् ।परिणामस्रुप, उनीहरुभित्र अन्तरद्वन्द चल्छ । उनीहरु सोच्छन्, यसको विरोध कसरी गर्ने ? अनि फेरी मासुको स्वाद कसरी लिने ?नैतिक संघर्षमा आधारित यो अन्तरद्वन्द्वको नतिजा, मासु खान मन त लाग्न नै छोड्छ, आफ्नो पहिचानलाई लिएर समेत हामी द्विविधामा पर्छौं ।मानिसहरुले आदिम कालदेखि नै मासु खान थालेका हुन् ।तर, नैतिकताको प्रश्न भने धेरै पुरानो होइन । जनावारलाई फर्ममा पालेर त्यसको विक्री वितरण बढेदेखि मात्र मानिसहरुले यो प्रश्न उठाउन थालेका छन् । समाजिक दबाव पनि यसको लागि जिम्मेवार छ ।कोही शाकाहारी छ र मासु खान चाहँदैन भने उनिहरु माथि विभिन्न किसिमको प्रश्न गरिन्छ । उनसलाई गलत र आफूलाई सही सावित गर्ने प्रयास गर्छौं ।जब एउटा कुरा गर्छांै र अर्को कुरा भन्छौं भने मनोवैज्ञानिक भाषामा त्यसलाई ‘दिमागी विरोधाभास’ भनिन्छ। ‘दिमागी विरोधाभास’ शब्दको आविष्कार लियोन फेस्टिंगर नामक वैज्ञानिकले १९५७ मा गरेका थिए । उनले जेम्स कार्लस्मिथसँग मिलेर यसको अनुसन्धान गरेका थिए । सन् १९५९मा यस सम्बन्धि अनुसन्धान पेपर प्रकाशित गरेका थिए ।कुनै व्यक्तिलाई आफ्नो राय विपरित कुनै काम गर्नु परेमा उसको सोच कस्तो हुन सक्छ  ?यो प्रश्नको जवाफ खोज्न फेस्टिंगर र कार्लस्मिथले ७१ जना मानिसमा अनुसन्धान गरेका थिए । यिनीहरुलाई एउटा झ्याउ लाग्ने काम गर्न दिइएको थियो ।

त्यसपछि यिनीहरुलाई तीन समूहमा विभाजित गरिएको थियो, जसमा एउटा समूहलाई पैसाको प्रलोभन देखाएर अर्को समूहलाई उक्त काम निकै रमाइलो छ भन्न लगाइएको थियो ।जबकी दोश्रो समूहलाई साँचो कुरा बोल्न लगाइएको थियो । तेश्रोलाई भने केही भनिएको थिएन ।त्यसपछि के पाइएको थियो भने पैसाको प्रलोभनमा परेर मानिसहरु झ्याउ लाग्ने कामलाई पनि निकै रमाइलो र चाख लाग्दो भएको बताउन तयार भएका थिए ।फेस्टिंगरले आफ्नो सोचलाई सन् १९६२मा अझ विस्तारमा बताए । उनले भने, ‘हामी सोच्छौं, हाम्रो विचार स्थिर छ । वास्तविकता त यही हो की यो सोंच र व्यवहार गलत भइदिन्छन् । यही नै विरोधाभास हो, हाम्रो सोच र व्यवहारमा ।’जब हाम्रो सोंच र व्यवहार फरक हुन्छ, तब हामी यो फरक हटाउने तथा कम गर्ने प्रयास गर्छौं । यो विरोधाभास कम नभए हामी असहज महसुस गर्छांै ।जस्तो की हामी भोक लागेमा खाना खोज्छांै, त्यसैगरी हाम्रो सोंच वा व्यवहारमा अन्तर भएमा हामी त्यो अन्त कम गर्ने उपाय खोज्न थाल्छौं ।जनावरको हकमा पनि यही कुरा लागु हुन्छ । हामी जनावर माथि हुने अत्याचारको विरोध गर्छौं । तर फेरी उनीहरुकै मासु खान्छांै । अनि फेरी यो विरोधाभासको अन्तर मेटाउन हामी नयाँ नयाँ तरीका अपनाउन थाल्छौं ।समाजशास्त्री लिञ्ज ग्रायुरहोल्जका अनुसार उत्पादन गरिएका जनावरलाई हामी अक्सर आर्कषक देखाउने प्रयास गर्छौ । यसबारे के सन्देश दिने गर्छौं भने उनीहरु कुनै जोर जर्बजस्ती वा कुनै अन्याय वा अत्याचारको सिकार होइनन् । त्यसपछि हामी उनीहरुको नाम पनि बदलिदिन्छौं ।पाडोको मासुलाई बीफ, संगुरको मासुलाई ह्याम, पोर्क  तथा अन्य जनावरको सिकारलाई ‘हन्टिङ्ग गेम’ भन्छौ ।मरेको जनावरको शरीर जब टुक्राटुक्रा पारेर प्याक गरिन्छ, तब यसलाई यति आकर्षक ढङ्गले प्याक गरिन्छ की हामीमा भएको विस्मात समेत हट्छ ।लिञ्जले जब मांसहारी उत्पादनको मार्केटिङ्गको तौरतरीकाबारे ध्यान दिए, दुईटा कुरा खुलासा भए । पहिलो त मासुलाई सफा तरीकाले ससाना टुक्रामा काटिन्छ ।दोश्रो, यस्ता मासुलाई प्लाष्टिकमा यति राम्ररी प्याक गरिन्छ की हामी सोच्न समेत सक्दैनौं कि ती मासु  कुनै जनावरबाट निकालिएको हो ।एसियाली देशहरु विशेषगरी जापानमा यस्तो धेरै हुने गरेको लिञ्जले पाएका थिए ।ठूलो आँखा, दुब्लो तथा गोलाकार शरीर भएको जनावरको तस्वीर मासु उत्पादकहरुले प्याकेजिङ्गमा प्रयोग गर्दछन् ।यसो गर्नुको मुख्य उद्देश्य भनेकै जनावरमाथि अत्याचार भएको छैन भन्ने सन्देश दिनु हो ।अब समय आइसकेको छ हामीभित्रको दोरोपनालाई नष्ट गर्ने ।  हामी अन्य व्यक्ति तथा जनावरबारे जसरी सोच्छौं,  त्यसमा ठूलो परिवर्तन ल्याउने । यसको लागि ‘मेरो गोरुको बा¥है टक्का’ भन्नुको सट्टा अब हामीले आफ्नो गल्ती मान्नु पर्छ ।आफ्नो अनैतिक व्यवहारलाई स्वीकार गरेर आफूमा बदलाव ल्याउने प्रयास गरौं । यसले हामी भित्रको अनैतिकको बोझ कम गर्न मद्दत गर्छ । जब हामी राम्रो र नैतिकवान हुन्छौं, तब हामीलाई यो दुनियाँ अझ बढी सुन्दर लाग्न थाल्छ ।

READ MORE NEWS

किन बढ्दैछ दक्षिण एसियाका साना मुलुकका अमेरिका र भारतको दौडधुप ?

८ कात्तिक, काठमाडौं । पछिल्ला केही महिनायता दक्षिण एसियाका साना मुलुकमा भारतीय र अमेरिकी उच्च अधिकारीहरुको भ्रमण बाक्लिएको छ ।अमेरिकामा राष्ट्रपति निर्वाचनको समयमा आउन अब एक हप्ता मात्रै बाँकी छ तर यतिबेला अमेरिकी उच्च अधिकारीहरु भने दक्षिण एसियाका साना मुलुकको भ्रमणमा आउँदैछन् ।अमेरिका विदेश मन्त्रालयले विदेश मन्त्री माइक पम्पियोले भोलिदेखि अक्टोबर ३० सम्म दक्षिण एसियाली मुलुकहरु भारत, श्रीलंका र माल्दिभ्सको भ्रमण गर्ने घोषणा गरेको छ ।सबैभन्दा पहिला भारतको भ्रमण गरी अमेरिकी विदेशमन्त्री पम्पियो अन्य मुलुकहरुको भ्रमणमा जाँदैछन् । यस अवधीमा उनले इन्डोनेसियाको समेत भ्रमण गर्नेछन् । विदेश मन्त्रालयले श्रीलंकामा इन्डो प्यासेफिक रणनीतकिो बारेमा छलफल गर्नेसमेत उल्लेख गरेको छ ।यस अगाडि नै जापान भ्रमणमा आउँदा एसियाली मुलुकहरुको भ्रमण गर्ने तय भएपनि त्यसलाई सारिएको थियो ।अमेरिका मात्र होइन्, भारतले पनि छिमेकी मुलुकहरुसँग कि भर्चुअल माध्यम, कि प्रत्यक्ष भेटघाट मार्फत संवाद अगाडि बढाइरहेको छ । गएका केही हप्तामा भारत र बंगलादेशको बिचमा परराष्ट्रमन्त्री तहको संवाद भएको छ भने त्यसभन्दा अगाडि कोभिडको संकटकै समयमा भारतीय विदेश सचिवले बंगलादेशको भ्रमण गरेका थिए ।यसै बिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे बिच पनि भिडियो संवाद भएको छ । यति मात्र होइन, भारतीय अधिकारीहरुले भुटानको समेत भ्रमण गरिरहेका छन् ।भारतीय खुफिया एजेन्सी रअका प्रमुखले भारतका सबै छिमेकी मुलुकको भ्रमण गरिरहेका छन् । दुई दिन अगाडि मात्रै उनले नेपालको भ्रमण गरेर फर्केका थिए ।

भारत र चीन बिच द्वन्द्व बढीरहेको तथा अमेरिका र चीनको बिच पनि द्वन्द्व चर्केको समयमा दुवै देशका अधिकारीहरुले दक्षिण एसियाका साना मुलुकहरुको भ्रमण गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । चीनसँगको सीमा विवादपछि पछिल्लो समयमा भारत अमेरिकासँग नजिकिएको छ । दक्षिण एसियाली मुलुकमा बढ्दो चिनियाँ प्रभाव भारत र अमेरिका दुवैलाई टाउको दुखाइको विषय हो ।चीनसँग बढ्दो द्वन्द्वसँगै अमेरिकाले दक्षिण एसियाका साना मुलुकसँग इन्डो प्यासेफिक रणनीति (आईपिएस) अन्तर्गत साझेदारीलाई अझ बलियो बनाउने नीति अगाडि सारेको छ । सो नीतिको मुख्य उद्देश्य हो– यी मुलुकहरुमा चीनको प्रभावलाई कम गर्नु र नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीको प्रवर्द्धन गर्नु ।ट्रम्प प्रशासनले बंगलादेश, श्रीलंका, माल्दिभ्स लगायतका अन्य मुलुकहरुसँग व्यापारिक मात्र होइन, इन्डोप्यासेफिक अन्तर्गत रणनीतिक साझेदारी पनि खोजिरहेको छ । अमेरिकाले भारतका छिमेकी मुलुकहरुमा चीनको प्रभाव कम गर्नका लागि पछिल्लो समयमा बढी फोकस गर्न थालेकोसमेत उल्लेख छ ।अमेरिकाले छिमेकी मुलुकहरुमा प्रभाव बढाएसँगै आफ्नो छिमेक पहिलो नीति अन्तर्गत यी मुलुकहरुमा प्रभाव बढाउन सजिलो हुने विश्लेषण भारतीय अधिकारीहरुले गरेका छन् ।अमेरिकी विदेशमन्त्रीले दक्षिण एसियाका साना मुलुकहरुको भ्रमण गर्न लागे पनि नेपाल भने प्राथमिकतामा छैन ।सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालको भ्रमण गरेयता कुनै पनि अमेरिकी विदेशमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । नेपालका परराष्ट्रमन्त्रीले भने सन् २०१८ को डिसेम्बर महिनामा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए ।


Your Views
Related News