काठमाडौं । घर बाहिर कोरोनाभाइरसको महामारी अनि ६ महिनादेखि घरभित्रै केट्केटी र उनीहरुले कुर्ने चाडबाडको समय । तपाईं केट्केटीको व्यवस्थापन कसरी गर्दैहुनुहुन्छ ?केटकेटीले विद्यालय, साथीभाई, उनीहरुको विद्यालयभित्रको नियमित दैनिकि लगायतका कुराहरुको माहोल दिनु चानचुने कुरो हैन । तर आज नेपाल लगायत विश्वका अधिकांश देशहरुले घरभित्रै आफ्ना केटकेटी राख्न बाध्य छन् । जसको कारण हो गत सन् २०१९ नोभेम्भरमा चीनको बुहानमा भेटिएको कोरोनाभाइरस र भूसको आगो झै विश्वभर फैलिएको यस भाइरसबाट हुने स्वास्थ्य समस्या कोभिड १९ । लामो समय देखी घरमा नै रहेका बालबालीकाहरुलाई चाडपर्व र रीतीरीवाजको बारेममा सिकाउने यो उपयुक्त समय हुन सक्छ ।यस पर्वीय उल्लासको यो मनग्य फुर्सदिलो समय केटाकेटीका लागि छुट्याउनुहोस् र सकेसम्म यस बीचमा यी कामहरु गर्न नभुल्नु होलाः

१) दशैंमा हुने काटमार र बलि पूजाबाट तपाईंका नानिबाबुलाई टाढै राख्नुहोस् । उनिहरुलाई सक्दो प्राणीहरुको काटमार विषयमा हुने गफबाट टाढै राख्नुहोस्, उनीहरुको तिब्र विकसित मस्तिष्क विचलित हुनसक्छ ।

२) तपाईंका नानीहरुलाई उनिहरुले गर्नसक्ने कामहरु जस्तो तरकारी केलाउने, धुने र पकाउने अथवा चिया बनाउन सघाउने, घरको सरसफाइ गर्ने, लुगा धुने जस्ता घरायसी कामहरु र खेतबारीमा गरिने कामहरुमा पनि संलग्न गराउनुहोस् जसका कारण श्रमको मूल्य र मिहिनेत बुझ्न सकुन् ।

३) घरमा आउनु हुने पाहुनाहरुको सत्कार गर्न र आफू भन्दा सानालाई माया गर्न प्रेरित गर्नुहोस् ।

४) खाना खाँदा नानिहरुसँगै बसेर खानुहोस् र सङ्गै बसेर खानुको महत्त्व तथा विभिन्न परिकारको विविधता बारे पनि जानकारी दिनुहोस् ।

५) आफ्नो परम्परा, संस्कार र संस्कृति अनुसारकै खाना खान र लत्ताकपडा लगाउन दिनुहोस् जसले गर्दा नानिहरुलाई भविष्यमा हाम्रो परम्परा र संस्कार बुझ्न आत्मसाथ गर्न लाज लाग्ने, अप्ठेरो मान्ने नहोस् ।

६) तपाईंका नानिहरुले ढकमक्क फूल फुलेको ठाउँमा लैजानु होस् र बताई दिनुस् कि मानिसको जीवन पनि फूल जस्तै हो जसरी फूलहरु घाम पानीको पर्वाह नगरी फूली रहेका हुन्छन् त्यसरी नै हामीले पनि सकारात्मक, नकारात्मक प्रभावहरुको सामना जीवनमा गर्नुपर्ने हुन्छ तर अलिकति पनि विचलित नभई भोलिको चिन्ताले आज मुस्कुराउन छोड्नु हुँदैन भन्ने पाठ सिकाउनुहोस् ।

७) तपाईंका नानिहरुलाई आफ्नो टोल, समाजको विभिन्न सामाजिक काममा संलग्न गराउनुहोस्, सहयोग लिन र दिन उत्प्रेरित गर्नुहोस् जसले गर्दा समाजमा मिलेर बस्न सिक्नेछन् ।

८) पाठ्यक्रमको निश्चित घेरामा रहि पाठ्यपुस्तकमा राखिएका विषयवस्तुको अध्ययनले प्राप्त हुने अंक नै नानिबाबुको उच्च उपलब्धि होइन ।तपाईंका नानिबाबुलाई गुणवान्, निस्वार्थी, सहयोगी र मिलनसार मानिस बनाउन तपाईंको अहम् भूमिका रहने कुरा नभुल्नु होला है ।

९) मेला हेर्न लानूहोस, भीडमा हुने रमाईला गतिविधिले केट्केटीलाई जिज्ञासु बनाउँछ र उनीहरुले केही प्रश्नपनि तारन्तार सोध्नसक्छन् । ति प्रश्नहरुको सरल जवाफ दिनुहोस् । भीडले भरीएको जमातमा देखिने फरक अनुहार, रङ, पहिरन तथा यस्तै अनेक विविधताहरु देखेर अपनत्व मिल्नेछ ।

१०) मन्दिर तथा देवस्थलहरुको भ्रमण गराउनुहोस् र धर्म आस्था तथा समर्पण मानिसलाई किन चाहिन्छ र यसले हाम्रो जीवनमा कस्तो महत्व राख्छ भन्ने कुराको वोध गराउनुहोस् । हामी शीर किन निहूराउँछौ? हामी आँखा चिम्म गरेर दुवै हात जोडी किन देवी देउतालाई श्रद्धा अर्पण गर्छौं भन्ने कुराहरु उनीहले करले हैन बुझेर अभिव्यक्त गर्ने वातावरण बनाउन सहयोग गर्नुहोस् ।

READ MORE NEWS

लमजुङका चेपाङलाई दसैं राहत

लमजुङ — गएको वर्ष जनता आवास कार्यक्रममार्फत घर बन्यो । यतिले उनीहरुको ओत ढाक्यो । तर, जग्गा जमीन केही नभएका चेपाङले कोरोना संक्रमण र लकडाउनका कारण काम पाएनन् ।काम नपाएपछि चाडवाडको बेला उनीहरु समस्यामा परे । केटाकेटीले नयाँ लुगा फेर्न पाएनन् । घरमा मिठो मसिनोको जोहो भएन । चारैतिर दसैंको रमझम छाएको बेला चेपाङ समुदायमा दसैंको कुनै रौनक आएन । उनीहरु कोही एक छाक खानाले दिन गुजार्न बाध्य भए ।

‘दसैंमा बेखर्ची चेपाङ’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले शनिबार बिहान राहत लिएर चेपाङ गाउँ पुगेका छन् । बेंसीसहर नगरपालिका–११, बरबोट चेपाङ गाउँका १० घरपरिवार र दोर्दी गाउँपालिका–९, हिलेटक्सार भीरकुनाका ४ घरपरिवारलाई उनले चामल, दाल, नुन, तेल र कुकिज वितरण गरे । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार १४ घर चेपाङ परिवारलाई प्रति परिवार १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, १ पोका सोयाबिन र एक प्याकेट कुकिज दिइएको छ ।राहत पाएपछि पूर्णबहादुर चेपाङले दसैं खर्च टरेको बताए । ‘चामल, भुटुन मसला पाएपछि दसैं राम्रोसँग मनाउने भइयो’ उनले भने, ‘दु:खी गरिबले पैसा पौको छैन । आफ्नो स्थिति के हुन्छ अझै थाहा छैन ।’ अरुकोमा काम गर्न गएर केही कमाउँदै आएका उनले यो वर्ष कुनै काम नहुँदा र साहुले पनि काममात्रै लगाएर पैसा नदिएपछि दसैं खर्चको जोहो गर्न नसकिएको उनले बताए ।स्थानीय राजु चेपाङका अनुसार मिठो मसिनो खान पाएन भनेर छोराछोरी रोएको बेला राहतले सान्त्वना मिलेको बताए । ‘लकडाउनले यता हिन्न पनि पाइएन, उता हिँड्न पनि पाइनँ । भएको सानो गह्रोमा पनि पुल बनाउनेले माटोले पुरिदिए । दसैंमा केही पाइएन’ उनले भने, ‘अहिले राहत पाइयो । खुसी छौं ।’

आँचललाई अष्ट्रेलिया लैजाने इकु र बलेको प्रयास

काठमाडौं। नवगायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत ‘अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डान्सिङ बिटको रमाइलो गीतले विदेशमा होइन स्वदेशमा केहि गर्नु पर्छ भन्ने संदेश बोकेको छ।यस गीतमा स्वर हाल वैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका गायक दिल विश्वकर्माको रहेको छ। यस गीतलाई प्रकाश न्यौपानेले लेखेका हुन् भने तिलक बस्नेतले संगीतवद्द गरेका हुन्। रमेश सेन्चुरीले गीतलाई संगीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर ( इकु) र सागर लम्साल ‘बले’ फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्। विकाश दहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो ।

चिकित्सक भन्छन्– दोस्रो पटक संक्रमण भएका बिरामी देखिन थाले, पहिलोभन्दा दोस्रो पटक हुनेमा गम्भीर लक्षण

नेपाल अनुसन्धान परिषद् भन्छ– अध्ययनबारे अहिले सोच छैन

काठमाडाैंका ४२ वर्षीय एक पुरुषलाई ४ हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । घाँटीमा खसखसबाहेक उनमा गम्भीर लक्षण देखिएका थिएनन् । उनी होम आइसोलेनसमा बसे । १४ दिनपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनी नियमित काममा फर्किए।तर एक हप्ताअघि मात्र उनलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने लक्षणहरु देखिन थाले । उनले सुरुमा त फ्लु होला भनेर चुप बसे । तर, पुनः पीसीआर गराउँदा उनमा कोरोना संक्रमण पोजिटिभ देखियो । उनी अहिले एक निजी अस्पतालमा उपचाररत छन् ।यस्तै धुलिखेलका ५० वर्षीय पुरुषमा डेढ महिनाअघि कोरोना संक्रमण देखियो । उनको पूरै परिवारलाई नै कोरोना संक्रमण भएको थियो । उनमा लक्षणहरु थिएनन् । तर, दोस्रो पटक संक्रमण हुँदा गम्भीर लक्षणहरु देखिए । धुलिखेल अस्पतालका चिकित्सक डा. राम गुरुङले यी दुईबाहेक सो अस्पतालमा हालसम्म ३ जनामा पुनः कोभिड संक्रमण देखिएको दाबी गरे । उनी भन्छन्, ‘दोस्रो संक्रमण हो कि होइन भनेर वैज्ञानिक आधारमा जानुपर्ने हुन्छ तर हामीले क्लिनिकली हेर्दा यो दोस्रो पटक संक्रमण भएको देखिन्छ । अरु देशमा पनि यस्ता केसहरु देखिएका छन् हाम्रोमा नदेखिने भन्ने हुँदैन ।’विश्वभरि नै कोरोनाको पुनः संक्रमणको बहस चलिराखेका बेला नेपालमा पनि यस्ता फाटफुट्ट केसहरु देखिएका छन् तर आधिकारिक रुपमा भने पुष्टि भएका छैनन् ।हङकङका ३३ वर्षीय पुरुषमा सबैभन्दा पहिले दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो पटक मार्च २६ मा कोरोना पुष्टि भएका ती व्यक्तिमा १४२ दिनपछि पुनः कोरोना देखिएको थियो ।त्यसैगरी ‘दोस्रो पटक’ कोरोना भाइरसको संक्रमण पुष्टि भएकी नेदरल्यान्ड्सकी एक महिलाको मृत्यु समेत भएको छ । नेदरल्यान्ड्सकी ८९ वर्षीया महिलाको दोस्रो पटकको कोरोना संक्रमणबाट मृत्यु भएको डच विज्ञहरुको एउटा टोलीद्वारा प्रकाशित लेखमा उल्लेख गरिएको छ । पुनः कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएको यो पहिलो घटनाका रुपमा लिएको छ ।यो घटनाले कोरोना भाइरसबाट संक्रमित भएपछि रोगप्रतिरोधात्मक क्षमता र एन्टीबडीले कति समयसम्म काम गर्छ भन्ने गम्भीर प्रश्न उब्जिएको विज्ञहरु बताउँछन् ।युरोपियन सेन्टर फोर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलको एक अध्ययन अनुसार हालसम्म हङकङ, अमेरिका, बेल्जियम, इक्वाडर, भारत लगायतका देशमा कोरोनाको पुनः संक्रमणका ६ केसहरु मात्रै भेटिएका छन् ।विश्व स्वास्थ्य संगठनकी इपिडिमियोलोजिस्ट डा. मारिया भ्यान केरकोभ भन्छिन्, ‘हामी अझै पनि संक्रमण र रोग प्रतिरोधात्मक क्षमताको प्रक्रियाबारे बुझिरहेका छाौ । यो कुरा स्पष्ट छैन की इम्युन रेस्पोन्स कति बलियो हुन्छ र यो कति समयसम्म रहन्छ ।’शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पुन: संक्रमण मानिसमा फाट्टफुट्ट देखिएको हो । पछि यस्तो संक्रमण बढ्दै जाने हो कि दुर्लभ मात्र हुने हो, तत्काल भन्न सकिँदैन । तर नजरअन्दाज पनि गर्न मिल्दैन । उनी भन्छन्, ‘अध्ययनहरुले यसको एन्टिबडी लामोसमयसम्म रहन सक्दैन भनेर भनेका छन् । पुनः संक्रमण हुँदा त्यही भाइरसले नै आक्रमण गरेको हो कि थोरै परिवर्तन भएर आक्रमण गरेको हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । यसले खोप निर्माणलाई पनि चुनौती दिन सक्छ ।’
संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले कोरोना भाइरसको पुनः संक्रमणको बारेमा पुष्टि गर्नका लागि नेपालमा वैज्ञानिक जर्नलमा प्रकाशित हुन गाह्रो हुने बताए । ‘यो लेख्नलाई पहिलेको पीसीआर पोजिटिभ र लक्षण हराएको नेगेटिभ रिपोर्ट अनि फेरि लक्षण आएको पीसीआर पनि पोजिटिभ आयो भन्ने शंका गरिन्छ । त्यसमाथि अझै विश्वस्त हुन पहिलेको भाइरस र पछिको भाइरस जेनेटिक सिकेन्विसङ गरेर बुझ्नुपर्ने हुन्छ । जुन सुविधा नेपालमा छैन ।’उनका अनुसार बाहिरजस्तै नेपालमा पनि यी केसहरु भेटिएका छन्, त्यो पनि एकदेखि दुई महिनाको अन्तरालमा । ‘प्राय के भनिन्छ भने मान्छेमा रोग प्रतिरोधात्मक क्षमता आयो भने कम्तीमा ३ महिना धान्छ,’ डा अधिकारी भने, ‘तर कसै कसैको एन्टीबडी नै नआउन सक्छ । अरु भाइरल इन्फेक्सनमा पनि ५ देखि १० प्रतिशत मानिसमा एन्टिबडी नै आउँदैन । त्यस्तो मान्छे पुनः संक्रमण भएको हुन सक्छन् ।’डा. अधिकारीले एन्टिबडी बनेपनि त्यसले कति सुरक्षा गर्छ भन्ने थाहा हुँदैन त्यही अनुसार भाइरसको लोड जति आउँछ फेरि संक्रमण हुनसक्ने बताउँछन् । संक्रमण भएको केसमा पनि पहिले भन्दा दोस्रो पटक गम्भीर लक्षण भएका भेटिएका छन् । एकपटक संक्रमण भयो भने कम्तीमा ३ महिनासम्मको सुरक्षा हुन्छ । यसमा १०० प्रतिशत नै भन्ने हुँदैन । आफूले मास्क लगाउने, हात धुने सजग रहने भन्ने कुरा गरिरहनुपर्यो । पुनः संक्रमण हुने सम्भावना कम रहन्छ र भइहाल्यो भने पनि कोही कोही मान्छेमा अलि गम्भीर पनि देखिएको कारणले भने सजग हुन जरुरी हुने डा. अधिकारीले बताए ।नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले नेपालको सन्दर्भमा कोभिडको पुनः संक्रमणबारे छलफल भएपनि अध्ययन भने अगाडि नबढाइएको बताए । ‘विश्वमा एकदम थोरै मात्र केस देखिएका छन् । नेपालमा पनि देखियो भन्ने सुन्नमा आएको हो तर अध्ययन भने हालसम्म गरेका भने छैनौं,’ उनले भने ।


Your Views
Related News