काठमाण्डौ । अाज साँझ ६ बजे काठमाडौं काँडाघारीको विरेन्द्र चोकमा बा १६ च ९७७१ को एक प्राइभेट कारले चोकमा रहेको तरकारी तथा फलफूलको ठेलागाडामा ठक्कर दिई झण्डै १ दर्जन मान्छेलाई घाइते बनाएको छ । ठक्कर दिइसके पछि करिब १०० मिटरसम्म घिसार्दै लगेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

    

घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उपचारको लागि घटनास्थल नजिक रहेको पेप्सीकोला चोकस्थित मदरल्याण्ड अस्पताल लगिएको छ । घाइते मध्ये एक गर्भवती महिला रहेको समेत थाहा हुन अाएको छ । उक्त दुर्घटना गराउने चालक यतिबेला प्रहरी नियन्त्रणमा छन् । हेर्नुहोस् भिडियो:


Your Views
Related News