अमेरिकी राष्टपतिय निर्वाचनामा जो बाइडेनसँग नराम्ररी पराजित भएका डोनाल्ड ट्रम्पले चुनाव आफैले जीतेको ठोकुवा गरेका छन् । भारी मतान्तरसहित आफूले चुनाव जितेको भन्दैँ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि उक्त स्टाटसलाई अहिलेसम्म बोलेका मध्य सबैभन्दा ठूलो झुठ भन्दैँ ट्रोल बनाईएको छ ।

 

 

पदमा रहेको राष्ट्रपतिले यति धेरै मत पहिलोपटक ल्याएको डोनाल्ड ट्रम्पले दावी गरेका हु्न् । आफूले ७१ मिलियन वैध मत ल्याएको र अमेरिकाको इतिहासमा पदमा रहेका राष्ट्रपतिले ल्याएको यो नै सबैभन्दा धेरै मत रहेको भन्दै ट्रम्पले ट्वीट गरेका छन् ।

 

 

 

मतगणनास्थलमा पर्यवेक्षकहरुलाई अनुमति नदिइएको दावी गर्दै ट्रम्पले आफूले चुनाव जीतेको बताएका छन् । आफ्ना पर्यवेक्षकहरुलाई मत गणना हेर्न नदिइएको र खराब कुरा भएको ट्रम्पको भनाई छ । यस्तो कहिलेपनि नभएको उनको भनाई छ । कहिले नै मतपत्र अनुरोध नगरेकाहरुलाई दशौं लाख मतपत्रहरु हुलाकबाट पठाइएको ट्रम्पको दावी छ ।

 

 

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा भएको झण्डै ५ घण्टापछि ट्रम्पले यस्तो ट्वीट गरेका हुन् । ट्रम्पको पहिलो ट्वीट ट्वीटरले विवादास्पद भन्दै फ्लाग गरेको छ ।

 

यसैबीच आज राती ८ बजे नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले विशेष सम्बोधन गर्ने भएका छन् । बाइडेनलाई चर्चित रिपब्लिकनहरु मिट रोम्नी र जेब बुस लगायतले बधाई दिइसकेका छन् । त्यस्तै पूर्व राष्ट्रपति बराक ओबामा लगायतले पनि बाइडेनलाई बधाई दिएका छन् ।

 

ट्रम्पले चुनाव हार्ने कल्पना समेत गरेका थिएनन् । तर हारे । कोभिड १९ को नियन्त्रणमा देखाएको उदासिनता उनको हारको मुख्य कारण बन्यो । उनको विभेदी, दम्भी, घमण्डी, रिसालु र उग्र स्वभाव हारका सहायक कारण थिए । यही स्वभावका कारण उनलाई मन नपराउने धेरै छन् । उनको व्यक्तीत्वको पुजारी पनि कम छैनन् । उनी सफल व्यावसायी हुन् । उनी अहिले दुनियाको सबैभन्दा धनाढ्यहरुको सूचीमा पर्छन् । हार सजिलो हुदैँन भन्ने उनको भनाई विश्वचर्चित छ । अन्ततः हारेका उनी अब के गर्छन् त्यो भने हेर्न बाँकी छ ।
read more-

बिहेपछी महिलामा आउने १० परिवर्तन र कारण !

काठमाडौ । प्राय जसो बिहे पछी महिलाहरुको शारीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ । साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ ।

सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हिपको आकारमा धेरै परीवर्त भएको देख्न सकिन्छ । हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शारीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणपनि बिहेपछी हिपको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।

तर अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् ।हिपको आकार ठुलो भएका महिलाहरुलाई गर्भवती हुदा खासै समस्या नहुने समेत एक अनुसन्धानले बताइएको थियो । बिहेपछि महिलाहरु किन धेरै मोटाउछन् । किन यति धेरै परिवर्तन आउँछन् । कारण यस्तो छ ।

१, अनिन्द्राः बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।

२, हर्मोनको परिवर्तनः बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ, जुन तौल बढाउन जिम्मेवार छ ।

३, उमेरको असरः विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।

४, सामाजिक दबाब कम हुनुः महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।

५, धेरै टिभी हेर्नुः प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।

६, टेन्सन बढ्नुः बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वाताबरणमा घुलमिल गर्न असहज हुन्छ । यसले तनाब बढ्छ र साथसाथै तौल पनि ।

७, गर्भवती अवस्थाः सामान्यतया बिहे भएको १–२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ।

८, लापर्वाहीः बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन। तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न । त्यसैले तौल बढ्छ ।

९, खानपिनमा परिवर्तनः बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन , यसले तौल बढाउँछ।

१०, प्राथमिक्तामा परिवर्तनः बिहेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्नेगर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैन्न र तौल बढ्छ ।


Your Views
Related News