काठमाडौं । स्पोर्टी बाइकका लागि चर्चित टीभीएसले अब क्रुजर सेग्मेन्टमा पनि बाइक उत्पादन गर्ने भएको छ ।

टीभीएसले सन् २०१८ को इन्डियन अटो एक्स्पोमा आफ्नो पहिलो क्रुजर मोटरसाइकल ‘जेप्लीन आर’को कन्सेप्ट सार्वजनिक गरेको थियो । टीभीएसले उक्त कन्सेप्टलाई यथार्थ रुप दिएको छ र सम्भवतः सन् २०२१ को शुरुवातदेखि नै टीभीएसको पहिलो क्रुजर बाइकको बिक्री शुरु हुने छ ।

टीभीएसले ‘जेप्लीन आर’ ब्राण्ड नाम दिएर आफ्नो क्रुजर बाइक बजारमा ल्याउने भएको छ ।

यो बाइकको डिजाइनमा थुप्रै युनिक फिचर समावेश हुने जनाइएको छ । यो बाइकमा अक्टागनर इन्स्ट्रुमेन्ट कन्सोल, रेक्ट्यागुलर रियर भ्यू मिरर, राइट साइड फ्यूल ट्याङ्क जस्ता नौला मानिएका प्रयोग हुनेछन् ।

याथै, यो बाइक बेल्ट ड्राइभमा आधारित हुने छ । अर्थात् यो बाइक चेनमा आधारित नभइ बेल्टमा आधारित भएर गुड्ने छ । बेल्ट ड्राइभको फाइदा भनेको १०–१२ हजार किलोमिटर गुडिसकेर चेन स्पोर्केट बिग्रिएला भन्ने झन्झट हुँदैन । बेल्टको आयु चेनको तुलनामा ७ गुणासम्म बढी हुन्छ । यस्तै, चेन ड्राइभका कारण उत्पन्न हुने भाइब्रेसन पनि यसमा महशुस हुने छैन ।

यो बाइकमा हुने अर्को युनिक फिचर भनेको ‘वायो कि’ हो । ‘वायो कि’को मतलव हो तपाईंले आफ्नो फिङ्गर प्रिन्टको मद्दतबाट बाइक स्टार्ट गर्न सक्नुहुनेछ । बाइकमा फिङ्गर प्रिन्ट स्क्यानर दिइएको हुनेछ, जसमा तपाईंले आफ्नो फिङ्गर प्रिन्ट सेट गर्नुपर्ने हुन्छ ।

यो बाइकको अगाडि (हेडलाइटको छेउमा) इन्ट्रिगेटेड एचडी क्यामेरा पनि हुनेछ । यसका अतिरिक्त इन्टरनेट कनेक्टिभिटी, गोल्डेन कलर यूएडी फर्क, मोनोशक सस्पेन्सन, डबल च्यानल एबीएस जस्ता अन्य धेरै फिचर यो बाइकमा हुनेछन् ।

टीभीएसले आफ्नो जेप्लीन कन्सेप्टमा हाइब्रिड पावरट्रेन दिएको थियो । जसअनुसार बाइकमा २२० सीसीको सिंगल सिलिन्डर पेट्रोल मोटर (इन्जिन) हुने छ । यस्तै, १२०० वाटको रिजेनेरेटीभ इलेक्ट्रिक मोटर जडान गरिएको हुनेछ ।

पेट्रोल मोटर र इलेक्ट्रिक मोटर एकआपसमा जोडिएका हुनेछन् । इलेक्ट्रिक मोटरले बाइकलाई थप पावर प्रदान गर्ने छ ।

१२०० वाटको रिजेनेरेटीभ इलेक्ट्रिक मोटरले इन्धनको खपतलाई पनि कम गर्ने छ । सामान्यतः २२० सीसी इन्जिनको बाइकले प्रतिलिटर पेट्रोलमा ३० किलोमिटरको आसपास माइलेज दिने अपेक्षा गरिन्छ । १२०० वाटको रिजेनेरेटीभ इलेक्ट्रिक मोटरका कारण यो बाइकले ५० किलोमिटरसम्मको माइलेज दिने छ ।

यद्यपि, २०२१ मा बजारमा आउने ‘जेप्लीन आर’ कुन इन्जिन र हाइब्रिड टेक्नोलोजी रहने छ भन्ने विषय अहिलेसम्म पक्का भइसकेको छैन ।

मूल्यका हिसाबले भारतीय बजारमा यो १ लाख ५० हजार भारु (अनरोड)मा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
Read more news

कोरोनामुक्त भएका पूर्व स्वास्थ्य मन्त्री गगन थापा दम्पत्तिले प्लाज्मा दान गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्लाज्मा दान गर्ने भएका छन् । कोरोना संक्रमण भएर निको भएका व्यक्तिको प्लाज्मा जटिल अवस्थामा पुगेका कोरोनाका विरामीको उपचारमा सघाउ पुग्छ । कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी देएिकाले प्लाज्मा दान गर्ने निर्णय गरेको उनले बताए ।

थापासहित उनकी पत्नी अन्जना के.सी.ले पनि प्लाज्मा दान गर्ने निर्णय गरेको जनाएका छन् । थापा दम्पत्ति कोरोना संक्रमण भएर केही दिन अघि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमितको उपचारमा सहयोग पुगोस भनेर कांग्रेसका अर्का नेता प्रदिप पौडेलले सुरु गरेको प्लाज्मा एप्समा आफ्नो नाम दर्ता गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । रक्तदान जीवनदान भन्ने नारालाई सघाउ पु¥याउन पौडेलले एप्स सुरु गरेका छन् ।

कोरोना मुक्त भएकाले प्लाज्मा दिन चाहे उक्त एप्समा नाम दर्ता गर्न सक्छन् । त्यहाँबाट सम्पर्क गरेर प्लाज्मा आवश्यक पर्ने विरामीले लिन सक्छन् ।

के हो प्लाज्मा थेरापी?
भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माका अनुसार कन्भालेसेन्ट प्लाज्मा थेरापी एक प्रकारको ’प्यासिभ एन्टीबडी थेरापी’ हो “प्यासिभ एन्टीबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टीबडी अर्को व्यक्तिलाई दिनु हो । अरू रोगमा पनि तत्काल उपचार गर्ने क्रममा यो विधि अपनाइन्छ।“ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार निको भएका व्यक्तिबाट एन्टीबडी झिकेर आईसीयूमा बस्नुपर्ने र गम्भीर प्रकृतिका बिरामीलाई दिइन्छ। “सरल भाषामा भन्नुपर्दा यो एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत दिइने जस्तै हो,“ उनी थप्छन् ।


Your Views
Related News