दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।

धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ। दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् । दुप्चेश्वर महादेवको उत्पत्ति पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि।

जीवित दाहिने संख बिल्कुलै बेवास्ता नगरी एकपटक तस्बिर छोएर ॐ लेखी दर्शन गर्नुहोस् ७ दिन भित्र तपाईको भाग्य बद्लिनेछ

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ।जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो यो समुन्द्रको किनार मा पाईने गर्दछ।धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ।

तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ ।विषयसूची [लुकाउने] १ किसिम२ हिन्दू धर्ममा प्रयोग३ औषधीका रूपमा प्रयोग४ सन्दर्भकिसिम[सम्पादन गर्ने]शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ । लाखौं शंखमा दाहिना शंख एउटा पाइन्छ ।

हिन्दू धर्ममा प्रयोग[सम्पादन गर्ने]रामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ ।शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो। यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ। यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ। बिहान र बेलुकी आरती गर्दा शंख बजाइन्छ । पूजापाठ सुरू गर्दा र सकिने बेलामा पनि शंख बजाइन्छ । कतिपय जातिमा मुर्दालाई घाट लैजाँदा शंख बजाउने चलन छ ।

औषधीका रूपमा प्रयोग[सम्पादन गर्ने]आयुर्वेद उपचारमा शंख भस्मको ठूलो महत्त्व छ । शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच/छ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ । यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रसस्त पाइन्छन् ।शंख भस्म अम्लपित्त, अनुहारको चाया, डण्डीफोर र खत हटाउन उपयोगी हुन्छ । अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ भने शंख जलले मुख धुँदा अनुहार उज्यालो हुन्छ ।कान पाक्ने रोगको उपचारमा प्रयोग हुने शंख मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगमा पनि लाभदायक मानिन्छ । आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन्।

 

 


Your Views
Related News