विराटनगर — बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएका उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ
पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवास छन् ।
मोरङ प्रहरीका डीएसपी मानबहादुर राईका अनुसार भदौ २४ गते धनपालथान–५ स्थित आफ्नो खेतमा मल छर्ने क्रममा ३२ वर्षीय सुरेशकुमार खवासले २१ वर्षीया युवतीलाई बलात्कार गरेका थिए । सुरेशकुमार बेलबारी नगरपालिका–८ का बासिन्दा हुन् ।
उनले आफन्तको घरमा बसेकी ती युवतीलाई मल छर्ने काममा सघाइदिन भन्दै फकाएर लगेको र एक्लै भएको मौकामा नहरछेउमा लगेर बलात्कार गरेको युवतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आफन्तसँगको सल्लाहपछि युवतीले घटनाको एक महिनापछि २५ असोजमा रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । अनुसन्धान चलिरहेकै बेला सुरेशकुमार फरार भएको डीएसपी राईले बताए ।
रार अवस्थामै खवासलाई रंगेली नगरपालिका–७, बजार क्षेत्रबाट मंसिर १९ गते दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो । हालै मन्त्रिपरिषद्बाट पारित नयाँ अध्यादेशमा बलात्कार कसुर मिलापत्र गराउनेमाथि ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ ।
२६ मंसिर, मोरङ । मोरङमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ परेका छन् ।
घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार २०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले ती युवतीलाई जबरजस्ती करणी गरी फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले सुरेशलाई मंसिर १९ गते नै रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा गाउँमै पीडित पक्षलाई उक्त रकम दिने प्रलोभनमा पारी मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
60%
खुसी
0%
दुःखी
20%
अचम्मित
0%
उत्साहित
20%
झापाको अर्जुनधारामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ।
मानसिक सन्तुलन गुमाएकी वृद्धा आइतबारदेखि बेपत्ता रहेकी थिइन्। उनको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो।
वृद्धाको शव जंगलको कल्भर्टमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले वृद्धाको बलात्कारपछि हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका ३५ वर्षीय विशाल बिर्जाले आफूले बलात्कारपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्।
वृद्धाको शव पोष्टमोर्टमका लागि मेची अस्पताल भद्रपुरमा लैजाने तयारी भइरहेको छ।
Related News
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनालाई झैझगडा भएको भनी पीडित किशोरीलाई ललाईफकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउने कार्यमा संलग्न वडाध्यक्षसहित ६ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका–३ का वडाध्यक्ष ४५ वर्षीय शेर सिंह साउद छन्।
यस्तै सोही ठाउँ बस्ने ४० वर्षीय मनोज सिंह धामी, ४० वर्षीय अमर सिंह धामी, सोही गाउँपालिका–३ मैनोला बस्ने ३२ वर्षीय राजेन्द्र सिंह धामी, सोही गाउँपालिका-३ ढुम गाउँ बस्ने ३५ वर्षीय नरेन्द्र भन्ने नर बहादुर धामी र अर्का ३१ वर्षीय पुरुष छन्।
स्थानीय २१ वर्षीय दीपक सिंह धामीले २३ जेठ बिहान ती किशोरीलाई जबरजस्ती करणी गरेका थिए।
घटनाका विषयमा वडाध्यक्ष साउदलाई जानकारी गराउँदा उनले घरमै मिलाउनु पर्ने भन्दै दीपकको कसूर लुकाउन मिलापत्र गरेको खुलासा भएको हो।
मिलापत्र गराएको खुलासा भएपछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मनोज र अमरलाई बिहीबार तथा साउँदसहित अन्य ४ जनालाई शनिबार पक्राउ गरेको हो।
बलात्कार गर्ने दीपक सिंह धामी फरार छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।